Saturday October 23, 2021

गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिबमा तेज गुरुङ नियुक्त

२ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1639


गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिबमा तेज गुरुङ नियुक्त

शीतलपाटीन्युज डटकम।
पोखरा। गण्डकी प्रदेश खेलकूद परिषदको सदस्य सचिबमा तेज बहादुर गुरुङ नियुक्त हुनु भएको छ।

गण्डकी प्रदेश मन्त्री परिषदको आइतबार बसेको वैठकले गुरुङलाई सदस्य सचिबमा नियुक्त गरेको हो। सदस्य सचिबका लागि गुरुङ सहित नवराज अधिकारीले आवेदन दिएका थिए। मन्त्री परिषदको बैठक बारे जानकारी दिंदै गण्डकी प्रदेश सरकारका प्रवक्ता राम शरण वस्नेतले गुरुङलाई गण्डकी प्रदेश खेलकूद विकास ऐन २०७७ को परिच्छेद १४ को क बमोजिम सदस्य सचिवमा नियूक्त गरेको बताउठनु भयको हो।

कास्की पोखरा महानगर पालिका वडा नं १६ अर्मला कोटमा जन्मिएका गुरुङ प्रारम्भिक चरणमा पृथ्वी नारायण क्याम्पसबाट बास्केटबल खेलबाट खेल जिवनको शुरुवात गरेका थिए। २०३९ सालमा ह्याण्डबल खेललाई मुख्य खेलको रुपमा अङ्गिकार गर्दै अघि बढेका गुरूङ ह्याण्डबल खेलमा लामो समय योगदान दिएका थिए। हाल नेपाल ह्याण्डबल संघको अध्यक्ष रहेका गुरूङ नेपाल ओलम्पिक कमिटीको उपाध्यक्ष समेत हुन् ।

२०४० को सालको दोस्रो वृहत राष्ट्रिय खेलकूदमा गण्डकीलाई ह्याण्डबल खेलबाट स्वर्ण पदक दिलाउन भूमिका खेलेका गुरुङ अग्रेजी र राजिनिति शास्त्रमा स्नातक उर्तिण गरेका छन। उनीे भारतको पटियालामा एनआइएस प्रशिक्षणमा गोल्ड मेडलिष्ट हुने पहिलो नेपाली हुन भने सन १९८५ देखि १९८८ सम्म नेपाल ह्याण्डबल टिमको कप्तान समेत भयका थिए ।

खेलाडी हुँदै टिमको प्रशिक्षक समेत रहेका उनले २६ भन्दा वढी देश भ्रमण गरिसकेका गुरुङ उनकै प्रशिक्षणमा हङकङमा नेपालले ह्याण्डबलमा पदक समेत जितेको थियो । उनले सन १९८५ मा जेर्डनको अम्मानमा सम्पन्न एशियन च्याम्पियनशिपमा नेपालको टिमको कप्तानी गर्दै मैदानमा उत्रिएका थिए। हाल उनी अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालको अध्यक्ष समेत हुन ।

गुरुङले सात वुँदे उद्धेश्य सहितका कार्ययोजना प्रदेश सरकारमा पेश गरेका छन, खेलकूद मार्फत प्रदेशको समृद्धीका लागि सवै सँग हातेमालो गर्दै अघि वढ्ने प्रतिवद्धता छ।

सदस्य सचिव छनोटका लागि गण्डकी प्रदेश सरकारले सामाजिक विकास मन्त्री नर देवी पुनको संयोजकत्वमा तिन सदस्यिय समिती गठन गरेको थियो। समितीको सदस्यमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद बहादुर कुवर र खेल विज्ञ दिल बहादुर गुरुङ रहेका थिए ।
(पोखरा स्पोर्टस)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?