Wednesday October 28, 2020

प्रहरीलाई सलाम ! अपहरणमा परेको ९ घण्टापछि ५ बर्षीय बालकको सकुशल उद्धार

५ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1331



शीतलपाटीन्युज डटकम ।

धनगढी । कैलालीको कैलारी गाउँपालिका–६ बाट अपहरणमा परेका पाँच वर्षका छेमाङ चौधरीको प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोमबार बिहान करीब ८ बजे कैलारी गाउँपालिकाको आदर्श माध्यमिक विद्यालयको परिसरबाट अपहरणमा परेका बालक चौधरीलाई सोही जिल्लाको भालुवाङबाट साँझ सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।

अपहरणमा संलग्न कैलालीको गोदावरी नगरपालिका लालपुर गाउँका बिर्जु चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

अपहरणकारी चौधरीले बालककी आमा बिना चौधरीलाई घटनापछि गरेको फोनका आधारमा दाङ जिल्ला प्रहरी कार्यालयको सहयोगमा अपहरणकारीको खोजी गरी बालकको उद्धार गरिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।

बालकलाई अपहरण गरी मोटरसाइकलमा राखेर लैजाँदै गरेको अवस्थामा अपहरणकारी चौधरी प्रहरीको फन्दामा परेका हुन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?