Sunday April 11, 2021

वेलायतमा दोहोरी कार्यक्रम हुने।

८ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1322


वेलायतमा दोहोरी कार्यक्रम हुने।

मनसुधन थापामगर,
चैत्र ७, २०७७ ।

बेलायत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाले दोस्रो भर्चुअल लाईभ दोहोरी गर्नेभएको छ ।
आउँदै गरेको यहि अप्रिल ४ तारिखका दिन प्रतिष्ठानले चर्चित लोक तथा दोहोरी कलाकारहरुलाई नेपालबाट निमन्त्रण गरेर जुममार्फ भर्चुअल लाईभ दोहोरी कार्यक्रम गर्ने भएको हो।



कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक बद्री पंगेनी, राजु परियार, चन्द्र शर्मा, सुमन थापा र डिला बि.क.को प्रस्तुति रहनेछ भने केहि स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने संस्थाका अध्यक्ष टङ्क शेरचनले जानकारी दिनुभएको छ ‌। कार्यक्रममा स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई समेत निमन्त्रणा गरिने जनाइएको छ। कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि काठमाडौंमा आलाप स्टुडियो ब्यबस्था गरिएको छ भने नेपालबाट सहभागी हुने सम्पूर्ण कलाकार आलाप स्टुडियो देखि आफ्नो लाईभ प्रस्तुति दिनेछन्।

बेलायतको विभिन्न ठाउँमा रहनुहुने र लोक तथा दोहोरीगीतलाई माया गर्नुहुने व्यक्तित्वहरुले यस कार्यक्रममा सहभागि हुन इच्छुक हुनुहुन्छ भने प्रतिष्ठानका प्रथम उपाध्यक्ष लक्ष्मण राना,सचिव रत्न शाही लगायत कार्यसमितिका साथीहरूको मोबाइल नम्बर पोस्टरमा उपलब्ध गराइएको संस्थाका अध्यक्ष शेरचनले जानकारी दिनुभयो।

स्थानीय समय अनुसार बिहान ११ बजे देखि सुरु हुने यो कार्यक्रमको उद्घाटन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले गर्नुहुनेछ भने लन्डन नेपाल न्यूजबाट प्रतक्ष्य प्रसारण हुने आयोजकले जनाएको छ ।




मतहरू

lhngqqjrw

???????? ?????? ????????? ????? alhngqqjrw lhngqqjrw http://www.g6116s3jll215y3z86fq9wx97eyfqh01s.org/ [url=http://www.g6116s3jll215y3z86fq9wx97eyfqh01s.org/]ulhngqqjrw[/url]

N????????????

?????? ???????n????


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?