Tuesday October 20, 2020

प्रतिभा नक्षत्र कार्यक्रम,जहा मैले मातृभुमी पाए

५ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 2123



शीतलपाटीन्युज डटकम ।

बेलायतमा हालै युवा तथा बालबालीकाहरुमा लुकेर रहेको प्रतिभा खोज्ने प्रतिभा नक्षत्र कार्यक्रमको दोश्रो संस्करण भब्य सम्पन्न भयको छ। ५ बर्ष देखी १२ बर्ष सम्मका बालबालिका र १२ देखी २० बर्ष सम्मका युवाहरुको समुहमा प्रतिष्पर्दा गराईयको प्रतिभा नक्षत्र  कार्यक्रमको सीम्मी पुनको अध्यक्षता भयको थियो । आयोजक प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुमा उपाध्यक्ष केशबहादुर आलेले स्वागत मन्तव्य राखेका थिए ।

 

आफ्नो नेपाली भाषा, कला , साहित्य र संस्कृतिलाई जीवन्त राख्नका लागि अनि बाल प्रतिभाहरुलाई आफ्नो कला संस्कृतिसंग जोडी राख्ने,तिनको प्रतिभालाई उजागर गर्ने पवित्र उदेश्यले गरीयको बिल्कुलै फरक खालको ” प्रतिभा नक्षत्र २०१८” लण्डन प्लमस्टिडको एसीयन कम्युनिटी हलमा भब्य रुपले सम्पन्न भयको थियो भने सो कार्यक्रममा एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी प्रमुख अतिथी रहनु भयको थियो।

बेलायतमा जन्मीयर बेलायत मै हुर्कियका बालबालिका समेतले नेपाली भाषा ,संगीत र नृत्य लगायत बिभीन्न बिधाका मौलिक प्रस्तुती साच्चीकै आकर्षक र नेपालको राष्टीयता ओतप्रोत थिए। ससाना नानीहरुले हिमाल, सगरमाथा, गौतमबुध्द जस्ता कुराहरुको यथार्थ पहिचान दिदै स्टेजमा ब्यक्त गर्दा, नेपाली पोषाक लगायर कलीला नानीहरुले राष्ट्रिय गीत गाउदा र माइक लीयर जजहरुसंग डटेर आफ्नो देश नेपालको पहिचान दिदा सबै दर्शकहरु कलाकार प्रति नतमस्तक भयका थिए। वालवालीकाको तोतेबोलीको लवजमा नमस्ते, धन्यवाद, म नेपाली हु , अहिले लण्डनमा बाबा आमा, दाजु र दिदीसंग बस्छु तर नेपाली हु भनेर पहिचान दिदै मेरो अवको पालो यो डान्स भन्दै छाती चौडा पार्दै कार्यक्रमको गरीमा उचो थियो ।नेपाली मन, नेपाली पन बचाई राख्ने र नेपाली भाषा, संस्कार, संगीत, नृत्यका साथै ब्यबहारले बिदेशमा रहेर पनि नेपालसंग सम्बन्धीत ज्ञान सिकाउन आयोजक प्रतिभा नक्षत्रको प्रयास ज्यादै उदाहरणीय छ । समयका र ब्यवस्थापनका केही कमजोर पक्ष यो उदेश्य प्राप्तीका लागी गौण रहेको महसुस गर्नै पर्छ।

लण्डन आसपास र स्कटलैण्ड समेत गरी बालबालीका १६ र युवा १० प्रतियोगी सहभागी रहेको सो कार्यक्रममा गायिका मिरा राणा, निर्देशक सनमकुमार बैराग, साहित्यकार बासु शर्मा, नृत्य निर्देशक प्रभु गुरुंग र एभरेष्ट सुर्य बोहोराले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।बाल समुहमा ५ बर्षिया श्रीदिका थापा क्षत्री प्रथम बाल नक्षत्र प्रतिभा भयकी र युवा समुहबाट सर्बोकृष्ट सब्रीना चोंगवाग युबा प्रतिभा नक्षत्र बनेकि छिन ।बालबालीकामा दोश्रा समुहमा सास्रिक कार्की रनर अप र रिया गिरी दोस्रो रनर अप भए । युवातर्फ सुभेच्छा भारती मगर दोस्रो र रितिका श्रेष्ठले तेस्रो स्थान प्राप्त गर्न सफल भए । युवा नक्षेत्रका रुपमा विजेताले ५ सय, दोस्रो र तेस्रो हुनेले ३ सय र २ सय पाउण्ड नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बाल समुहका विजेताहरु क्रमशः ३ सय, २ सय र १ सय पाउण्ड नगद सहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत बने ।विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी एनआरएन यूके अध्यक्ष योगकुमार फगामी, प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनसहित पुरस्कारको स्पोन्सर गर्ने बुद्ध फाउण्डेसन अध्यक्ष दिपक श्रेष्ठ, दिपक थापा, संगीता भारती मगर, अनु श्रेष्ठ, जमघट परिवारका तीर्थबहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए । सो अवसरमा एनआरएन यूकेका तर्फबाट ९ सय पाउण्डको सहयोग चेक अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष ललितकुमार न्यौपाने , उपमहासचिव विनय अधिकारी, कोषाध्यक्ष सचिन श्रेष्ठ लगायतले प्रतिभा नक्षेत्रलाई हस्तान्तरण गरेका थिए ।

प्रतिभा नक्षेत्रका संरक्षक मनिषकुमार श्रेष्ठ र परिकल्पनाकार राजेन्द्र खसले कार्यक्रमको लक्ष्य र पृष्ठभुमिबारे मन्तव्य दिएका थिए । महासचिव लक्ष्मण गुरुंगले पहिलो औपचारिक सत्र सञ्चालन गरेका थिए। सुस्मिता थापाले प्रतियोगिताको सञ्चालन गरेकी थिइन् । कार्यक्रमको अन्त्यमा अध्यक्ष सिम्मी पुनले सहभागी सबै प्रतियोगी , तीनका अभिभावक र सहयोगी सबैलाई आयोजकका तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन ।

बेलायतस्थीत पत्रकारहरु, संघसंस्था प्रमुखहरु, प्रतिस्पदीका अभीभावकहरु, कार्यसमीती सदस्यहरु , शुभचीन्तकहरु करीव ३०० को उपस्थीत रहेको एसीयन हल नेपालमय भएको थियो ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?