Sunday November 27, 2022

बेलायतमा बसोवास गर्ने नेपाली समुदायको जनगणना सम्बन्धि महत्वपूर्ण छलफल हुदै

५ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 1790



शीतलपाटीन्युज डटकम।

लण्डन । बेलायतमा आउँदो २२ अगस्ट २०१८ बुधबारका दिन अल्डरसट स्थित भेटघाट रेस्टुरेन्टमा बेलुकी ६.३० देखि बेलायतमा बसोवास गर्ने नेपाली समुदायको जनगणना सम्बन्धि महत्वपूर्ण छलफलको कार्यक्रम हुने भयको कुरा बुझीयको छ ।

जनगणना सम्बन्धि छलफल र प्रस्तुती युके नेपाल फ्रेन्डसिप सोसाइटीको पहलमा हुने भएको कुरा गैर आवासीय नेपालीसंघ युकेका पुर्व अध्यक्ष एवम प्रमुख संरक्षक रिटायर्ड मेजर डमर घलेले आफ्नो फेसबुक मार्फत जानकारी दिनुभएको छ ।

घलेले बेलायतमा नेपालीहरुको जनसंख्या २ लाख भन्ने गरिए पनि हाल सम्म आधिकारिक प्रमाण नरहेको भन्दै गैर आवासीय नागरिकता लिन अनि नेपाली पहिचान जोगाउन जनसंख्याको एकिन हुन जरुरी रहेको बताउनु भएको छ ।

यथार्थ जनगणना गरी संख्या पहिचान गर्न बेलायत स्थित सम्पूर्ण गैर आवासिय नेपालीहरुले महत्वपूर्ण योगदान दिन जरुरी रहेको भन्दै  आयोजना हुन लागेको छलफलमा भाग लिन बेलायत स्थित संघ-संस्थाका प्रतिनिधि तथा अग्रजहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

जनगणनाको फारम भर्न जरुरि भएको हुँदा यो कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको  र १ घण्टाको प्रस्तुति रहने कार्यक्रममा आसन , भाषण , खादा नभै सिधै छलफलको कार्यक्रम रहेको छ ।

बेलायतमा पाकिस्तानी, भारतीय , चाइनिज , बंगलादेशीहरुले आफ्नै देशको समुदायमा  दर्ता हुन बेलायतको राष्ट्रिय मान्यता प्राप्त गरिसकेको भएता पनि नेपालीहरुले अन्य एसियन लेख्ने अधिकार मात्र रहेको छ भन्दै घले अगाडी लेख्नु हुन्, छ “यो हाम्रो लागि सुनौलो मौका छ ,  यसर्थ म सबैसँग संस्थाका समाजसेवी अगुवाहरुलाई बिनम्र आव्हान गर्न चाहन्छु ,  समय छ भने एक घण्टाको लागि जनगणना प्रस्तुती (Census Presentation) मा सहभागि भई आफ्नो संस्था र समाजलाइ गणनामा सहभागी हुन सीकौ र बुझाउने प्रयास गरौं “।

(फेसबुक वाल आदरणीय डम्मर घले)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?