२० चैत्र, २०७७
शीतलपाटीन्युज डटकम।
लण्डन । बेलायत स्थित नेपाली सामाजिक संस्था रोयल बरो अफ ग्रीनविच नेप्लीज सोसाइटी युकेको नयाँ नेतृत्व हस्तान्तरणका लागि आगामी अप्रिल ४ तारिख आइतबार वार्षिक साधारण सभा गर्ने भएको छ।
संस्थाकी महासचिव मञ्जु खरेल भण्डारीका अनुसार आगामी आइतबार भर्चुअल (जुम) मार्फत गरिने चौंथो अधिवेशनले औपचारिक रुपमा नयाँ कार्यसमिति घोषणा गर्नेछ। संस्थाको वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनका साथै विधान संशोधनको प्रस्तावमा पनि छलफल हुने कार्यक्रम छ। निर्वाचन संयोजक कर्ण शाही, सदस्य सचिव फडिन्द्र भट्टराई तथा राजन खकुराल,सहदेव गिरी र श्याम शेरचन सदस्य रहेको समितिले निर्वाचन सम्पन्न गरि घोषणा गर्ने छ। तर शुक्रबारसम्म उम्मेदवारी दर्तामा हरेक पदमा एक एक जनाको उम्मेदवारी दाबी भयकोले कार्यसमिती निर्बिरोध छनौट भयकोले ४ अप्रिल २०२१ अधिवेशनमा घोषणा गरिने छ।
त्यस्तै अध्यक्षमा जीत रानाभाट, दुई उपाध्यक्षमा लिलादेवी गुरुङ र पुण्य रेग्मी,वर्तमान कार्यसमितिकी महासचिव मञ्जु भण्डारी नयाँ कार्यसमितिमा पनि महासचिवमा, सचिवमा खेमराज रानाभाट,कोषाध्यक्षमा रुद्रपसाद गौतम र सहकोषाध्यक्षमा दिलु थापा निर्विरोध बन्नु भयको छ। समितिको ४ सदस्यमा विष्णुमाया गुरुङ, दिलिप पौडेल, कमल राना र राम पाण्डेको उम्मेदवारी निर्विरोध बनेको छ भने बाँकी ४ सदस्य पछि मनोनित गरेर व्यवस्था बिधानमा छ।
संस्थाकी महासचिब भण्डारीले वार्षिक साधारण सभामा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा बिशेष कार्यक्रम गरिने गरि भव्य तयारी भै रहेको शीतलपाटीन्युज डटकमलाई बताउनु भयको छ। कार्यक्रममा कलाकर्मी वसन्त सापकोटा, रचना रिमाल, समिक्ष्या अधिकारी र जोनिशा पौडेलको विशेष प्रस्तुति रहनेछ। संस्थाले वेलायतमा रहेका सम्पूर्ण संघसंस्था, सामाजिक अभियन्ता, पत्रकारहरू एवं शुभ चिन्तकहरुलाई हार्दिक निमन्त्रणा समेत गरेको छ।
रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी (आरजिएनएस) मा महिला सहभागिता उल्लेख्य रहेको छ। संस्थाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ,निवर्तमान अध्यक्ष हरिगोविन्द गुरुङ,वर्तमान कार्यसमिति अध्यक्ष शर्मिला हिराचन थकालीको अध्यक्षतामा रहेको कार्यसमिति लगायतले मातृभूमिको सहयोगका लागि अतुलनीय मानवीय काम गर्दै आएको छ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण भने आरजिएनएसको पेज र लन्डन नेपाल न्यूजबाट प्रसारण हुने भएको छ।
कार्यक्रममा जोडिनका लागि यो लिंक:
Topic: RGNS UK AGM 2021 Time: Apr 4, 2021 01:00 PM London Join Zoom Meeting https://us02web.zoom.us/j/82467373095?pwd=YWVna3N1WEI2WnFETm45L0R0WVg0UT09 Meeting ID: 824 6737 3095 Passcode: rgns2021
mhnjsphxi
???????? ?????? ???? ??????? ?????? ? ?? ????,????????? ???????? ????????? ???? [url=http://www.gy84457e2px4dd7267cl690dxzc5nwr0s.org/]umhnjsphxi[/url] mhnjsphxi http://www.gy84457e2px4dd7267cl690dxzc5nwr0s.org/ amhnjsphxi