Sunday April 11, 2021

नेपाली कांग्रेस कास्कीकी नेतृ डम्मर कुमारी गुरुङ सम्मानित

२१ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1098


नेपाली कांग्रेस कास्कीकी नेतृ डम्मर कुमारी गुरुङ सम्मानित

शीतलपाटीन्युज डटकम।
पोखरा। नेपाली कांग्रेस कास्कीकी नेतृ डम्मर कुमारी गुरुङलाई नेपाल आदीवासी जनजाती संघ जिल्ला कार्य समिति कास्कीले नयावर्ष शुभकामना आदान प्रदान कार्यक्रममा सम्मान-पत्र प्रदान गरेको छ ।

 


समाज परिवर्तनका लागि सामाजिक क्रियाकलापमा लागिरहेकी लोकतन्त्रप्रति आस्था राख्ने नेतृ गुरुङले गरेको गरेको योगदानको मुल्याङकन गर्दै संघले सम्मान गरेको हो। नेतृ डम्मर कुमारी गुरुङ माछापुछ्रे  गाउपलिका  वडा न ८ का स्थायी बासिन्दा हुन। नेतृ डम्मर कुमरु गुरुङले यस अघि पनि  संरक्षण पुरस्कार २०५१,  गतवर्ष अन्तर्राष्ट्रिय महिला दिवसमा माइती  नेपालबाट सम्मान पाइसक्नु भएको छ ।

 


न्याय साथै संघले गुरुङको सुख,समृद्धि,सु स्वास्थ्य, दिर्घायु एवम उत्तरोत्तर प्रगतीको कामना गर्दै भविष्यमा पनि समाजको सकारात्मक परिवर्तनका लागि आवश्यक सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका सह महामन्त्रि डा प्रकाश शरण महत , कास्कीका कांग्रेस नेत्री सरस्वती गुरुङ साथै अन्य काँग्रेसका कार्यकर्ताहरु, नेपाल तरुण दलका कार्यकर्ताहरु, भातृसंगठनका कार्यकर्ताहरु,विभिन्न समाज सेवीहरुको बाक्लो उपस्थिति  रहेको थियो । नेपाल आदीवासी जनजाती संघ जिल्ला कार्य समिति कास्कीका सभापति आशबहादुर  गुरुङको अध्यक्ष्यतामा सचिब बिष्णु कुमार श्रेष्ठले संचालन गर्नुभएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?