Sunday April 11, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -३४

२२ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1297


घान्द्रुकमा स्कूल मेरो अनुभव :  संस्मरण -३४

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि,घान्द्रुक,कास्की।

SLC ६६% पास हुदाको खुसी:


बिद्धार्थीहरु धेरै पास भए SLC मा। तर रेगुलर हैनन्  एक्जाम्टेडमा, पासको पर्सेन्ट पुगेन। शैक्षिक स्तर  उकास्न अतिनै कठिन भयो। म २०४०/४१ को व्याजमा भर पर्न नसकेर ४२ को व्याज तिर मेरो ध्यान पुगेको थियो। त्यहीकारण म झोला बोकेर तिहारको स्कूलमा पुगे। त्यहाँ घान्द्रुक वासीको छोरा थन प्रशाद  पढ्दै थियो। उसलाई मैले विभिन्न तरिकाले संम्झाई  वुझाई गरेँ। उसले सम्झ्यो र मेरो पछि लायो। मैले उसलाई लिएर स्कूल आए। उ पढ्दै थियो उसको हेड सर बाबूरामजी हतारीदै लिन आए। हाम्रो पन्चेमा भेट भयो। एकछिन हामी वीच तनाव भयो। अन्तमा उनले आफ्नो विद्धार्थी लिएरै गए। हाम्रा विद्धार्थीहरु पनि  धेरै नराम्रा थिएनन्। हामीले शिक्षक वनेर पढायौ, अविभाबकले पनि राम्रो वुझिदिनु भयो,केटा केटीहरूले राम्रो पढे।

 


२०४२ को माघमा जाच दिए रास्टिय स्तरको केटाकेटीहरूले। त्यही आउदो बैशाखमा रीजल्ट भएको थिएन। शिक्षा कार्यालयबाट गौरी दुवाडि  स्कूल निरीक्षणमा आए। निरीक्षण गर्ने सिलसिलामा  पहिला उनले कक्षा अवलोकन गरे। कक्षा अवलोकन गरी सकेपछि आफ्नै रोबरमा एउटा शिक्षक मिटिङ् गर्ने  चाहना गरे उनले। हामी सवै अफिसमा जुट्यौ। दुई वर्षको रीजल्ट राम्रो नदेखेर उनी अलि खुलेका  जस्ता देखिएका थिएनन्। पहिला उनले कक्षा अवलोकन गर्दाको बारेमा लिएर छलफल चलाए। त्यहाँका कमि कमजोरी सवै औल्याए।अनि सवै शिक्षकको  योग्यता दरबन्दी,स्थायी वा अस्थायीको बारेमा नोट गरे। हाम्रो शिक्षकहरुमा  हाइस्कूल स्तरमा  दुई जना शिक्षक योज्ञता नपुगेका थिए। तर पढाइमा भने सक्षम नै थिए। तिम्रो रीजल्ट रामो नहुनाको कारण यस्तै कामचलाउ  शिक्षक भएर हो भन्दै मुन्टो वटारे उनले। प्राविलाई अङ्कित गर्दै उनले भने  प्राविमा पनि स्तर छैन। यस्तै प्रश्नहरू धेरै  तेर्शाए उनले। ललीत, तील, प्रेम सरले प्राविका समस्याहरू  वताउनु भयो। शङ्कर सरले पनि अलि कति थप्नु भयो स्कूलको समस्या। त्यो समस्या हल हुन समय लाग्ने खालको थियो। शैक्षिक समस्याहरूका बारेमा  छलफल गर्दा समय धेरै गैसकेको रहेछ, बाहिर पानी  पर्न लाग्यो। भोलि पुन कक्षा अवलोकन गरी फर्कनु पर्ला भन्ने कुरा गर्नु भयो गौरीजीले। हामीले मिटिङ् स्थगित गर्यौ। भोलि पल्ट कक्षा ४,६ र ९ अवलोकन गर्नु भयो। त्यो दिन शुक़वार थियो। हामी मिटिङ् वस्यौ। मिटिङमा मैले शिक्षक नपाउनाका कारणहरु  सवै वताई दिएँ। मेरो विश्लेषण उनलाई चित्त वुझेछ।उनले भावुक भएर भने दुर्गम क्षेत्रका स्कूलमा योग्य शिक्षक पाउन त कठिनै छ। त्यो म वुझ्दछु तोयनाथ दाई भन्दै तै पनि तपाई जस्तो हेडसर भएको स्कूलमा  यस्तो हुन नपर्ने हो भन्दै म तिर आखा फर्काउनु भयो। अन्तमा निरीक्षण पुस्तक माग्नु भयो लेखनको लागि। 'मैले निरीक्षण पुस्तिका दिदै भने,गौरीजी समय परिस्थिति,समाजको संरचना,शैक्षिक वातावरण, हाम्रो कामको प्रयास सवैलाई थ्यानमा राखि लेख्नु पर्छकि भने। तोयनाथ दाई भन्दै खिस्स हाँसेर निरीक्षण पुस्तिकामा सवै मिलाएर लेख्नु भएँछ। त्यो समयको निरिक्षक पुस्तिकामा गौरीजीले लेखेको  लेख अहिले पनि हुनुपर्छ स्कूलमा।

 


दुई दिनको लामो निरीक्षण पछि उहा फर्कन लाग्नु भयो। छुट्ने वेलामा भन्नुभयो, अवको हेडमास्टर मिटिङमा तपाई आउनुहोस्। मिटिङ् पछि जिसिअ सँग तपाई र म वसेर यहाको शैक्षिक समस्याको   वारेमा छलफल गरौला भन्दै गौरीजी दाङ्सिङ्तिर  लाग्नु भयो। बैशाखको अन्तिममा जिल्ला स्तरीय  हेडमास्टरहरूको मिटिङमा म गए। मिटिङ् पछि गौरीजी र म वसेर जिसिअ वीरेन्द्र सिँसँग घान्द्रुक एरीयाका सवै स्कूलहरुको समिक्षा गर्यौ। सवै अति कमजोड भएको निचोड निक्ल्यो। जिसिअले, तोयनाथजी ! तपाईँले घान्द्रुक यरिया भित्र भएका  सवै स्कूलहरु निरिक्षण गर्नुहोस् र राम्रो काम गर्ने शिक्षकलाई शिफारिस गर्नुहोस्, नराम्रो काम गर्ने लाई  त्यस्तै  रिपोर्ट गर्नुहोस। हामी तपाइको रिपोर्ट अनुशार  कारवाही गरौला। अवदेखि महिनाको एक पटक  आफ्नो स्कूलको व्यवस्था मिलाएर निरिक्षण गर्नुहोस् स्कूलहरु भन्नुभयो। हामी तपाइको मुल्याङ्कन  गर्ने छौ भन्दै गौरीतिर फर्कनु भयो। कुरागर्गा गर्दै चिया आयो,हामी चिया खाएर विदा भयौ।

 

 


भोलि पल्ट म घान्द्रुक आएँ। जेठ महिनाको पहिलो हप्तामा मैले गाउवेसीका सवै स्कूलहरु अवलोकन गरे। शैक्षिक गुणस्तर कतै छैन, तिनै भोलिका मेश्रम वराका विद्धार्थीहरु हुन्। तैपनि शिक्षक साथीहरूलाई  अनुरोध गरे र कक्षा ५ का केटाकेटीहरूको जाच म आफै लिन्छु भने। त्यसको अशर राम्रो नै परेछ। विद्धार्थीहरु केही स्तरीय भएका आए। कक्षा ६ मा भर्ना हुन आए पछि ! मिहीनेतको फल राम्रै देखिन लाग्यो। जेस्ट सकियो,आषाढ आयो। स्कूल बिदा भयो। हामी सवै बिदा वस्यौ।  २०४२ को रिजल्ट  भएको थिएन। श्रावणको पहिलो हप्तामा SLC को रिजल्ट भयो। म शिक्षा अफिस गएर पत्रिका हेरेँ। देवसिँ गुरुङ, ललित गरुङ्, श्रीभक्त गुरुङ,शिव गुरुङ  पास भएछन्। प्रायः हेडसरहरु भेट भए त्यहाँ। दुई तीनवटा स्कूलहरु निल भए भन्ने सुने। मेरो त ६६% पास भयो।  सरले सास फेर्यो। खुसी  मन लिएर घर फर्के।

अव घान्द्रुकमा शैक्षिक वातावरण राम्रो हुने सपना देख्दै मार्कसिट लिए लिएर विदा पछि घान्द्रुक फर्के। सवै हँसिला रसिला देखेँ। एक्जाम्टेडहरु पनि थेरै पास भए। वातावरण राम्रो तयार भयो। पासहुनेहरू  सवैलाई वोलाएर धन्यवाद दिई पठाई दिएँ। नजिकै  दशै आयो। सरहरुले एउटा वनभोजको  ईच्छा राख्नु भयो  खुसीयालीमा। हामी सवै एउटा वनभोजको  आयोजनामा जुट्यौ। मीनवहादुरजी प्रायः शिक्षकसँग  वस्न रुचाउने मानिस भएको कारण उहा हामीसँग  जुट्नुभयो। खसीको व्यवस्था पनि वहाले नै गरीदिनु भयो। मासु पनि आफै फकाएर हामीलाई हँसाउदै  खुवाउनु भयो। त्यो कोटगाउको दक्षिण पट्टिको चौरमा   पिकनिक भयको थियो।




मतहरू

Radheshyam Kamaro

Toyanath jee has caliber to win Authorities. He got responsibility to supervise other schools around Ghandruk because of his excellency. It is really praiseworthy.

Jamuna kiran paudel

So intreasting story ..... weating for next one


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?