Sunday April 11, 2021

रोयल ग्रीनवीच नेप्लिज सोसाइटी युकेको बार्षिक साधारणसभा भब्य,अध्यक्षमा निर्विरोध जीत रानाभाट निर्वाचित

२३ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1827


रोयल ग्रीनवीच नेप्लिज सोसाइटी युकेको बार्षिक साधारणसभा भब्य,अध्यक्षमा निर्विरोध जीत रानाभाट निर्वाचित

शीतलपाटीन्युज डटकम।
लन्डन चैत २३। हिजो भयको रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीको बार्षिक साधारणसभा भब्य भयको छ। सो साधारणसभाले अध्यक्षमा जीत रानाभाटलाई निर्विरोध निर्वाचित गरेको छ।

संस्थाकी अध्यक्ष सर्मीला थकालीको अध्यक्षतामा संचालन भयको सो कार्यक्रम एनआरएन युकेकी अध्यक्ष पुनम गुरुड् प्रमुख अतिथी रहनु भयको थियो। पुर्व अध्यक्षहरु,सल्लाहाकारहरु, समाजसेवीहरु र बेलायतस्थित बिभिन्न समाजका अध्यक्षहरुको उपस्थिती रहेको सो कार्यक्रम महासचिव मंजु भण्डारीले संचालन गर्नु भयको थियो।समाजसेवामा अग्रणी भुमिका खेलेको संस्थाको सबै बक्ताहरुले मुक्तकण्ठले प्रशंसा गरिएको थियो।

भर्चुअल माध्यमबाट आइतबार सम्पन्‍न चौथो महाधिवेशनले अध्यक्षमा रानाभाटको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उनी यसअघि उपाध्यक्ष थिए । रानाभाट गैरआवासीय नेपाली संघ बेलायतमा पनि सचिव छन्। अध्यक्षसँगै कार्यसमितिका सबै पद निर्विरोध बनेका छन्। कार्यसमितिका दुई उपाध्यक्षमा लिलादेवी गुरुङ र पुण्य रेग्मी निर्विरोध बनेका छन्।

त्यस्तै, वर्तमान कार्यसमितिकी महासचिव मञ्जु भण्डारी नयाँ कार्यसमितिमा पनि महासचिवमै निरन्तर हुने भएकी छन् । नयाँ कार्यसमितिको सचिवमा खेमराज रानाभाट,कोषाध्यक्षमा रुद्रपसाद गौतम र सहकोषाध्यक्षमा दिलु थापा निर्विरोध बनेका छन्। कार्यसमितिको ४ सदस्यमा विष्णुमाया गुरुङ, दिलिप पौडेल, कमल राना र राम पाण्डेको उम्मेदवारी निर्विरोध बनेको छ भने बाँकी ४ सदस्य पछि मनोनित हुने व्यवस्था छ। भर्चुअल माध्यमबाट आज सम्पन्न भएको संस्थाको चौंथो अधिवेशनले औपचारिक रुपमा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

त्यसअवसरमा संस्थाका वार्षिक,आर्थिक प्रतिवेदनहरुका साथै विधान संशोधनको प्रस्तावमा पनि छलफल भएको थियो। अधिवेशनमा बेलायतका निकै धेरै संस्थाहरुबाट बाक्लो रुपमा उपस्थिति थियो। नयाँ कार्यसमितिको निर्वाचन प्रक्रिया कर्ण शाहीको संयोजकत्वमा रहेको समितिले सम्पन्न गरेको थियो। समितिमा सदस्य सचिव फडिन्द्र भट्टराई सदस्यहरुमा राजन खकुराल,सहदेव गिरी र श्याम शेरचन थिए। सास्कृतिक कार्यक्रम समेत संचालन गर्दै  संस्थाको कार्यक्रम भब्य रहेको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?