Sunday April 11, 2021

वेलायतमा दोश्रो भर्चुअल दोहोरी कार्यक्रम सम्पन्न

२३ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1114


वेलायतमा दोश्रो भर्चुअल दोहोरी कार्यक्रम सम्पन्न



 मनसुधन थापामगर, लण्डन,
५ अप्रिल २०२१।

बेलायत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको दोस्रो भर्चुअल लाईभ दोहोरी कार्यक्रम सम्पन्न भएको छ ।

 


हिजो अप्रिल ४ तारिख शनिबारका दिन प्रतिष्ठानले चर्चित लोक तथा दोहोरी कलाकारहरुलाई नेपालबाट निमन्त्रण गरेर जुममार्फत भर्चुअल लाईभ दोहोरी कार्यक्रम आयोजना गरेको हो। भर्चुअल लाईभ दोहोरी कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष रमेश बिजिले चर्चित लोक दोहोरी गायीका डिला बि.क.संग २/२ टुक्का दोहोरी गाएर उद्घघाटन  गर्नुभएको हो । कार्यक्रममा अध्यक्ष रमेश बिजीले पछिल्लो समयमा विभिन्न प्रविधिको विकाससँगै गीत संगितलाई व्यापार गर्न खोज्ने, सस्तो लोकप्रियता कमाउने र भाईरल हुने नाउमा लोकसंस्कृति धरापमा पर्ने सम्भावना बढेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। अर्कि विशेष अतिथि एनआरएन युकेका अध्यक्ष पुनम गुरुङले लोक संस्कृति भनेको हाम्रो देशको चिनारी भएको हुनाले यसलाई जोगाइ राख्नको लागि व्यक्तिगतरुपमा र संस्थाको तर्फबाट सधै समर्थन रहने बताउनुभयो ।

 


कार्यक्रमका सभापति युके शाखाका अध्यक्ष टंक शेरचनले स्वदेश तथा विदेशमा रहेका कलाकारहरूको सम्बन्धलाई अझ सुमधुर बनाउन र लोक संस्कृतिलाई जगेर्ना गर्न यस किसिमका कार्यक्रमहरुले मद्दत गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। कार्यक्रममा स्थानीय कलाकारहरु कुमार गुरुङ,याम पुर्जा,बिल पुर्जा,टंक शेरचन सीता पौडेल र नर्दन आयरल्याण्डबाट छम रेग्मी र उहाँको टोलीले आ-आफ्नो प्रस्तुत दिनुभएको थियो भने नेपालदेखि चर्चित लोक तथा दोहोरी गायक,राजु परियार,चन्द्र शर्मा,सुमन थापा र डिला बि.क.अर्जुन सुनाम लगायत कलाकारहरूको प्रस्तुति रहेको थियो।

 


बेलायतका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु समेत उपस्थिति रहेको सो कार्यक्रम व्यवस्थित बनाउनका लागि काठमाडौंमा आलाप स्टुडियो ब्यबस्था गरिएको थियो भने नेपालबाट सहभागी हुने सम्पूर्ण कलाकार आलाप स्टुडियो देखि आफ्नो लाईभ प्रस्तुति दिएका थिए । एन आर एन युकेको अध्यक्ष पुनम गुरूङ प्रमुख अतिथी रहेको सो कार्यक्रम प्रतिष्ठानका सचिव रत्न शाहीले संञ्चालन गर्नुभएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?