Sunday April 11, 2021

गैरआवासीय नेपाली संघ युकेलाई बिधान सम्मत र सबल बनाउँने अबसर नगुमाउँ

२३ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1314


गैरआवासीय नेपाली संघ युकेलाई बिधान सम्मत र सबल बनाउँने अबसर नगुमाउँ

बिदुर खत्री,
युके।

लण्डन। गैरआवासीय नेपाली संघको बिगत करीब १८ बर्षको अबधिमा संघले पजिंजिकृत सदस्यता बितरण प्रणालीलाई व्यवस्थित र प्रभाबकारी बनाउँन नसक्दा यति ठुलो अबधि ब्यतित भईसक्दा समेत २ प्रतिशत भन्दा कम गैर आवासीय नेपिलीहरु मात्र यस संघ संग आबद्ध भएको तितो यथार्थ हामी सबै सामु छर्लङ्ग छ। संघलाई समय अनुकूल सुधार गर्ने यस संघका पदाधिकारीहरूको पवित्र उद्देश्यले पजिंजिकृत सदस्यता बितरण प्रणालीलाई सहज र ब्यबस्थित बनाउँन सुरु गरिएको एमआईएस( MIS) प्रणालीले संघलाई नेपाल बाहिरको नेपाल बनाउँन सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

ससुल्क सदस्यता बितरण सकारात्मक:

निसुल्क सदस्यता बितरण गरी संघमा धेरै गैरआवासीयहरु लाई आबद्ध गर्न सकिन्छकी भन्ने योजनाबाट संघ पछी हट्नु सकारात्मक छ। संघका प्रसासनीक खर्च र बिभिन्न परोपकारी योजनाहरूमा यसरी जम्मा भएको सदस्यता सुल्कबाट व्यभार जुटाउँदा नै सबै गैरआवासीय नेपालीीहरुले संघ प्रती अपनत्व महसुस गरी यसको बिकास र अभिबृद्धिमा सामेल हुने देखिन्छ। यसको बि परीत संघको बिगतको ईतिहाँसलाइ निरन्तरता दिदै संघका बिभिन्न तहका उम्मेदवार बन्दा अनिबार्य बुझाउँनु पर्ने चर्को शुल्क र लेबीलाई संघको आम्दानीको मुख्य श्रोतको रुपमा मान्दासम्म यस संघले आसातित सफलता पाउँने छैन। सबल आर्थिक क्षमता भएका गैरआवासीय नेपालीहरु बाहेक बौधिक ज्ञान र बृहत नेतृत्वकौशल भएका गैरआवासीय नेपालीहरु समेतलाई यस संघमा आबद्ध हुन प्रेरित गर्नु आजको टड्कारो आबश्यकता हो। बिगतमा आर्थिक सबलताको आढमा सयौं पजिंकृत सदस्यता फारमहरुको चाङ बोके र हिन्ने प्रबृतिलाई यस एम आईएस प्रणालीले नियन्त्रण गर्ने अपेक्षा गरिएको छ।

ईलेक्ट्रोनिक निर्वाचन प्रणाली:

बिगतका प्रायः सबै तहका गैरआवासीय नेपाली संघको निर्वाचनहरूमा देखिको नाङ्गो बिकृतीहरुको पुनरावृत्ति हनु नदि न वि श्वासिलो र भरपर्दो ईलेक्ट्रोनिक निर्वाचन प्रणालीमा जानुको बिकल्प छैन। यसबाट मात्रै संघले साधन र स्रोतको बचत गर्दै आफ्नो गिरेको साखलाई बिस्तारै फिर्ता लिन सफल हुने देखिन्छ। यस प्रणालीमा जान अझै सबै पक्षहरु सहजै तयार भएको देखिदैन तर संघको नेतृत्वले ईमान्दारिताका साथ यसबाट समग्रमा संघले हासिल गर्ने सफलताको बारेमा सबैलाई बुझाउँन सके मा सकारात्मक परिणाम आउँने अपेक्षा गर्न सकिन्छ। बिगत एक बर्ष देखी बिश्वलाई कोभिड १९ ले आक्रान्त पारीरहेको परि वेशमा आधुनिक प्रबिधीको उपयोग गरी भेला,सम्मेलन र बैठक संचालन गर्न सहज भईरहेको परिस्थितिको उच्चतम फाईदा उठाउँदै निकट भबिष्यमा हनु गईरहेको गैरआवासीय नेपाली संघका सबै महाधिवेशन र निर्वाचनहरू ईलेक्ट्रोनिक प्रणालीबाट गर्दा नै संघको हितमा हुनेछ।

आफैले बनाएको बिधानको पालना गरौ:

सबै ब्यक्ति,संस्था वा राज्य निश्चित बिधी बिधानको अनुसरण बिना आफ्ना घोषित उद्देश्यहरु पुरा गर्न असमर्थ हुन्छन्। गैरआवासीय नेपाली संघ बेलायतले पनि बिधिवत संस्था संचालनको लागी सन् २००५ मा बिधान बनाई सो बिधानलाई सन् २०१७ मा संसोधन गरेको हो। उपरोक्त बिधानको सर्बपक्ष रूपमा के कती पालन भएको छ वा छैन भनी बिवेचना गर्नु भन्दा पनि विधानको दफा १४ देखी १४(७) बैधानिक ब्यबस्थाको कार्यान्वयनका सम्बन्धमा आफुलाई लागेका केही विचारहरु आदरणिय पाठकहरू समक्ष राख्न चाहन्छु। उपरोक्त बैधानिक ब्यबस्था गैरआवासीय नेपाली संघको अन्तरराष्ट्रिय महाधिवेशनको प्रकृयाहरुलाई अबलम्वन गरेको पाईन्छ। जसरी अन्तर्राष्ट्रिय महाधिबेशनमा सहभागी हुन प्रतिनिधीहरू अन्तर्राष्ट्रिय समन्वय परिषद र यिनका विभागहरू, बिश्वभर रहेका सबै राष्ट्रिय समन्वय परिषद र यिनका विभागहरू र पजिंकृत सदस्यताहरू मध्यबाट प्रतिनिधीत्व गरेर आएका हुन्छन्। ठिक त्यसैगरी गैरआवासीय नेपाली संघ युकेको राष्ट्रिय महाधिवेशनमा पनि राष्ट्रिय समन्वय परिषदका पदाधिकारी र सदस्यहरु,राष्ट्रिय समन्वय परिषदले गठन गरेका बिभाग, समिती वा कार्यदल वा आयोगका प्रमुखहरु,राज्य समन्वय परिषद र काउन्टी स्तरीय पदाधिकारी र सदस्यहरु,संरक्षक एवं राष्ट्रिय समन्वय परिषदका सल्लाहकारहरू, पजिंजिकृत सदस्यहरु मध्यबाट १० जना पजिंकृत सदस्य बराबर १ जनाको अनुपातमा राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरु, संघ संस्था प्रतिनिधि सभाको सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरूको कुल संख्याको १० प्रति शतमा नबढाई राष्ट्रीय संमन्वय परिषदले तोकेका प्रतिनिधीहरु सहितको सहभागितामा महाअधि वेशन गर्नुपर्ने बैधानिक बाध्यता रहेको छ।

तर बिडम्वना गैरआवासीय संघ युकेको सन् २०१९- २०२१ को निर्वाचनमा उपरोक्त बैधानिक ब्यबस्थाको ठाडो उल्लंघन गरी सम्पूर्ण पजिंजिकृत सदस्यताहरूको भिडभाड जम्मा गरी निर्वाचन सम्पन्न गरेको यथार्थता हामी सबै सामु छर्लङ्ग छ। आगामी निकट भबिष्यमा हुने गैरआवासीय नेपाली संघ युकेको महाधिवेशन बिधानले निर्दिष्ट गरेको बैधानिक ब्यबस्था अनुरुप सम्पन्न गर्न सम्पुर्ण जिम्मेवार ब्यक्ति, संस्था तथा हामी सबै गैरआवासीय नेपिलीहरु बेलैमा चनाखो भई योजनाहरू बनाउँनु पर्ने देखिन्छ। यसको लागी यही महिनाको सुरुदेखी एमआईएस प्रणालीबाट पजिंजिकृत सदस्यता बितरण सुरू भई सके को छ। यो अभियान आगामी जुन १० तारेख सम्म जारी रहने छ। गैरआवासीय नेपाली संघलाई नेपाल बाहिरको भावनात्मक नेपालको रूपमा बिकास गर्न युके भर रहेका करीब ३ सय भन्दा बढी संघ संस्थाहरुलाई पजिंजिकृत सदस्यता बितरणमा सहभागी भई सहयोग गर्न अनुरोध गर्नु पर्नेछ। तत्पश्चात गैरआवासीय नेपाली संघ युके अन्तर्गतका चारवटै राज्य संमन्वय परिषदहरुले समयमा नै महाधिवेशन सम्पन्न गरी राष्ट्रिय संमनमय परिषदको महाधिवेशनको लागी तयारी गर्नु पर्ने देखिन्छ ।यसको लागी गैरआवासीय नेपाली संघ युकेको राष्ट्रिय संमनमय परिषदसंग सहकार्य र सल्लाह गरी यथासिघ्र कार्ययोजना बनाउँन ढिला गर्नु हुदैन।




मतहरू

Anil Lamgade

If I had to say briefly, your organisation is the decline and rejected by Nepalese people the way you conducting the last election. As far as I know it's serious conperircy.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?