Sunday April 11, 2021

गुटबन्दीको नभइ समृद्धिको एनआरएन: डिलु पराजुली, एनआरएनए उपाध्यक्षका उम्मेदवार, अमेरिका

२४ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1511


गुटबन्दीको नभइ समृद्धिको एनआरएन: डिलु पराजुली, एनआरएनए उपाध्यक्षका उम्मेदवार, अमेरिका

सुरेश कोईराला ।

न्यूयोर्क। एनआरएनए एनसीसी यूएसए, केन्टकी च्याप्टरका सभापति डिलु पराजुलीले एनआरएनए एनसीसी अमेरिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ। उहाँले उम्मेदवारी घोषणाको क्रममा हामी नेपाली एकबद्ध भइ संगठित हिसावले अघि बढ्नुपर्ने बताउनु भएको छ।

अमेरिकाको  लेक्सिनटन सहरलाई आफ्नो कर्मथलो बनाएका पराजुलीले एनआरएनए एनसीसी यूएसए (सन् २०२१ देखि २०२३ सम्म) को उपाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ। उहाँले उम्मेदवारी घोषणासँगै गुटबन्दीको नभइ समृद्धिको एनआरएन बनाउने प्रण गर्नु भएको छ। समृद्ध एनआरएन समृद्ध नेपाली भन्ने मूल मन्त्र बोक्नु भएको पराजुली एक कर्मठ र कुशल व्यक्तित्वका धनी हुुनुहुन्छ । पराजुलीमा भएको सामाजिक सद्भावको भावनाले नेपालमा बस्दा मात्र नभइ अमेरिकामा समेत समाजसेवीको रुपमा स्थापित गराएको छ।

सामाजिक सेवा र समाज प्रतिको दायित्वलाई कहिल्यै नभुल्ने पराजुलीले भन्नु भयो, नेपाल र नेपालीलाई सहयोग गर्न म जस्तो सुकै अवस्थामा पनि समर्पित छु। ‘नेपालबाट आएका नेपालीले यो नौलो मुलुकमा दुःख पाउनु पर्दैन।’ म जहिले पनि उहाँहरूको साथ र सहयोग रहने विश्वास पनि दिलाउन चाहन्छु ।’

उहाँ २००३ मा अमेरिका आउनु भएको हो। पराजुलीले अमेरिकाको विभिन्न सामाजिक संस्थामा आवद्ध भइ काम गरिरहनु भएको छ। दोहोरो कर मुक्ति सम्झौतादेखि गैह्र आवासीय नेपाली संघले आफ्ना सबै च्याप्टरहरूलाई उत्तिकै सशक्त र जुझारु बनाउन चाहेको छ। विदेशी भूमिका सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालसम्म पुर्याउन मेरो पहल सधै भरि भइरहने छ,’ पराजुलीले भन्नु भयो ‘यसले समृद्ध नेपाल निर्माण गर्न सहयोग पुर्याउँछ।’

अमेरिका आउनु अघि उहाँले नेपाल सरकारको स्वास्थ्य मन्त्रालयल अन्तर्गत स्वास्थ्य चौकीमा प्रमुखको रुपमा काम गर्नु भएको थियो। नेपालमै व्यवसाय शुरु गर्नु भएको उहाँ अहिले एनआरएन एनसीसी यूएसए,केन्टकी च्याप्टरमा दोस्रो कार्यकालको जिम्मेवारीमा हुुनुहुन्छ। उहाँले लेक्सिनटनमा पनि व्यवसाय नै गर्दै आउनु भएको छ। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?