Sunday April 11, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -३५

२५ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1352


घान्द्रुकमा स्कूल मेरो अनुभव :  संस्मरण -३५

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि,घान्द्रुक,कास्की।

हाम्रो स्कूल निर्माणमा दुइलाख सहयोग :

बाक्ला ढुङ्गाको छाना भएको कारण भइ रहेको  स्कूल भवनको छाना कोल्टे पर्यो। नयाँ भवन निर्माण गर्नको लागि समिति गठन भै सकेको थियो। भवन वन्दै थियो। भवन निर्माणको लागि नगन्य पैसा थियो।  निर्माण समितिका अध्यक्ष सुन वहादुरजी आजको भोलि नै काम सकौ भन्ने खालको हुनु हुन्थ्यो। २०४२ को कार्तिकमा अङ्ग़ेजी शिक्षक किशोरलाई लिएर  एउटा चिठी लेखे.ओजबालाई जापानमा। चिठी त उसको र मेरो धेरै चल्दथे। तर यो पत्र विशेष खालको  अफिशियल जस्तो लेखेँ र प्रेसिडेन्ट ओहेरालाई  नमस्कार सुनाई दिन हुन समेत भन्ने अनुरोध गरेँ ओजवालाई  पत्रमा। त्यो चिठीले राम्रो काम गर्यो। त्यसको उत्तर छिटै पाएँ मैले। तिमी निर्माण गर्दै गर  तिमीले केही सहयोग पाउछौ भन्ने एउटा चिठी पाए मैले। त्यसैको माघमा अर्को चिठी पाइयो ओजवाबाट। चिठीमा दुई लाखको कुरा थियो।


त्यो कालखड्मा जापनीज दुई लाखको हाम्रो ८० हजार हुन्थ्यो सटहीमा। मैले त्यो चिठी समितीमा देखाए। त्यो मिटिङमा चकवहादुरजी पनि हुनुहुन्थ्यो ।वहाँको घरमा हुलाक थियो। वहाले भन्नुभयो  समितिले मागेको हैन एक जनाको चिठीको भरमा त्यत्रो रकम नआउला भन्ने प्रश्न उठाउन भयो। सम्झेको भए वहा अहिले पनि पन्चेमै हुनु हुन्छ। टेक वहादुरजीले भन्नुभयो, विदेशले एक जनालाई पनि  प्रत्याऊन सक्छन्। हाम्रो हेडको र उसको धेरै नजिक छ, हुन सक्छ। भए राम्रो भयो, नभए पनि स्कूल त सक्नु पर्यो भन्दै हुनुहुन्थ्यो मीन वहादुरजीले अनि थप्नु भयो। हाम्रो हेडसरको र ओजवाको वानी मिल्छ, दुवै पातलो छायाका छन् होलानी भन्नुभयो। अध्यक्ष अमर बहादुरजीले उखान टुक्का हाल्दै सकारात्मक कुरा गर्नु भयो। मिटिङमा अलि धेरैनै भलाद्मीहरू हुनु हुन्थ्यो। मलाई त पूरा विश्वास थियो पैसा आउछ भन्ने  तर दुई लाखै भन्नेमा जापानी दुई हो कि नेपाली भन्ने खुलेको थिएन।

 


त्यो समयमा सन्चारको माध्यम भनेको चिठी मात्र थियो। मिन वहादुरजीले मिटिङ् सकेपछि गफ गर्ने क़ममा तैले मागेर यत्रो पैसादेला र मास्टर भन्नुभयो। त्यो समयमा कृष्णसर पनि साथमै थिए। म ठुक्क छु   दाई भने। कहिलेकाही दाई भन्थे मैले मीन वहादुरजी लाई। त्यो समयको स्कूलको भौतिक र शैक्षिक प्रगति  उठाउन खेलेको मेरो रोल सवै कृष्ण सरलाई थाहा छ। स्कूलको पर्खाल आधा जस्तै भएको थियो, चैत महिना आयो। ओजवाको ग़ुरूप आउने समय भयो। म उसको स्वागतको तयारीमा थिए। पन्चेवाजा  पहिले नै वुकिङ्ग गरेँ। त्यो समयमा  डिलमानजी प्रधानपन्च हुनु हुन्थ्यो। वहाले राजा हैन वादशाहा हैन किन एउटा शैक्षिक भ्रमणमा आउने मान्छेलाई सधैँ वाजा भन्ने प्रश्न गर्नुभयो। कुरो नराम्रो पनि हैन। हाम्रो सानो वाजामा हुने खर्चले रमाइलो पनि हुने, पाहुना पनि खुसी हुने, खुशीको कारण हामीलाई भूगोलका, विज्ञानका र खेलकुदका सरसामान सहित विद्धार्थी हरेकलाई एक वर्षलाई लेख्न पुग्ने कलम पनि  ल्याउथे उनीहरूले। किन प्रधानजी, वाजा नवजाउने? भने पछि  वहा समर्थनमा आउनु भयो। समिति भने मेरो कुनै पनि काममा असहमति जनाउने खालका  थिएनन्। पछि त डिलमानजीको र मेरो कुरा मिल्दै गयो।

 


चैत्र ७ गते झ्याउको गेट वनाए र  स्वागत लेखेर टासेँ  हरेक केटाकेटीहरुलाई एक एक माला लिएर आउ भनी पठाए। मेरा ज्ञानी केटाकेटीहरूले राम्रो राम्रो माला वनाएर ल्याए। ८ गते विहान १२ वजेको  समयमा हाम्रो पाहुनाहरू आइपुग्यो। भोक्यृमा म पन्चे वाजा वजाउदै तलसम्म लिन गए। अभिभावकहरू सवै हुनु हुन्थ्यो। सवै पाहुनाहरू चौतारीमा जुटेपछि वाजाको तालमा लिएर आए स्कूलमा। सरहरु र केटा केटीहरुले लाइनमा बसेर माला लगाउदै स्वागत  अविवादन गर्नुभयो। सवै स्कूल अगाडि जुटे  मानिसहरु अटाएका थिएनन् स्कुलको चौरमा। भलाद्मीहरू सवै स्कूल अगाडिको चौतारीमा थिए। एकछिन नाचगान भयो। हाते माइक लगाएर  सभा शान्त वनाए। ओजवाले झोलाबाट  दुईलाखको  बिटो निकालेर एउटा चिठी सहित मलाई फोटो खिचेर ला तेरो पैसाभनि दिनुभयो। मैले त्यो काल खड्मा तेत्रो पैसा देखेको छोएको पनि थिइन। त्यो पैसा हातमा लिएर भलाद्मी तिर फर्केर सोधेँ कस्लाई दिउँ भनी  मीन वहादुरजीले अध्यक्षलाई देल भन्नुभयो। मैले पनि फोटो लिन लगाए ओजवालाई र  अमर वहादुरजी लाई वुझाई दिए। अनि ओहेराले लेखेको पत्र पढेर सुनाई दिए सवैलाई। पत्रमा लेखेको रहेछ-

'हेडमास्टर  तोयनाथ पौडेल ! तपाईँको स्कूल भवन  निर्माण भइरहेको र तपाइको अवस्था हामीलाई सवै थाहा भयो। हामीले तपाईको सानो सहयोगको लागि रु दुईलाख पठाएका छौ। तपाइको प्यारो माया हाम्रा छात्रहरूले हरेक वर्ष पाएकोमा धन्यवाद भनि लेखेको रहेछ। त्यो पढेर सुनाउदा म त भावुक भए छु आसु झरेछ।

त्यो याद भक्ति कुमारी,डिल प्रशादको फुपुले याद गर्नु  भएको रहेछ,उहा जुरुक्क उठेर मेरो अगाडि आउनु भयो। मेरो नजर फर्क्यो फुपुतिर। वहा ठूलो व्यक्तित्व भएको महिला हुनुहुन्थ्यो। म वहाँसँग डराउँथे। अरु सरसामान पनि थियो। स्कूलमा वुझाई दिएर जापानी मित्रहरू पालतिर लागे लन्चको लागि। अनि हामी मिटिङ् वस्यौ अफिसमा। त्यो पैसा अमरजीसँगै रहने सुन वहादुरजीले निर्माणको क़्रममा आवस्यक रकम लिने भन्ने सल्लाह भयो। ओजवा र कुलपति  ओहेरालाई एकुन्टा घान्द्रुकको चिनो कार्पेट दिने सल्लाह भयो। त्यो ग़्रुप भोलिपल्ट पनि वस्ने भएकोले एउटा खसी दिऊ भन्ने पनि सल्लाह भयो। अन्तमा छोरा मान्छेलाई टोपी र छोरीहरूलाई ढाकाको पछ्योरी दिने निर्णय भयो। त्यो सामान लिन कटुवाललाई चिठी लेखेर पोखरा दौडायौ। अनि  कुलपति ओहेराले मलाई लेखेको चिठी पढेर सुनाए  समितिलाई। त्यो समयको दुईलाख भनेको ठूलो रकम थियो। सवै अविभावक अचम्म माने। हर्षको सिमानै रहेन। भोलिपल्ट स्कूलमा सदाझै पठन पाठन गराए जापानी विद्धार्थीहरुले। वेलुका हामीले नाच देखायौ। हाम्रो नाचमा उनीहरु मस्त रमाए। १० गतेको दिन विहान ८ वजे सवै भलाद्मीहरू जुटे विदाइको लागि। छात्राहरूलाई ढाकाको पछ्यौरी ओढाई दियौ भने औजवालाई टोपी अनि उपहार दुइटा गलैचा घान्द्रुक मै वुनेको दिएर माला लगाई विदा गर्यौ। विदा हुने वेलामा ओजवाले हामीलाई उद्घाटनमा सम्झिनु होला भन्दा भन्दै  मीनवहादुर दाइले झट्ट भन्नुभयो  श्रावण सम्ममा सकिन्छ होला। भाद्रमा उद्‍घाटन गर्ने हो। त्यही मानसीकता वनाएर वस्नु होला भनि दिनुभयो। खुसी मन लिएर जापानी  मित्रहरू विदा भए। ओजवा तेतिखेर खुसी देखिन्थ्यो जतिखेर उसका छात्राहरू रमाएका हुन्थे। त्यो कुरा मैले थाहा पाइएको थिए। त्यस अनुरुप उनीहरूको खुसी आउने गरी मैले काम गर्थे।
क़्रमस-




मतहरू

Kedjoync

https://qqllviagria.com/ - taking viagra for fun https://ssviagriia.com/ - where can i buy viagra over the counter https://canadianpharmnorx.com/ - rays pharmacy https://ggviagll.com/ - do i need a prescription for viagra https://viagerkr.com/ - free viagra samples https://viagriyvik.com/ - viagra interactions

Jamuna kiran paudel

So intreasting story.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?