Sunday April 11, 2021

चितवन एड ट्रस्ट युकेले "अपांग मैत्री पुस्तकालय"को सहयोगार्थ २४ अप्रिलमा भर्चुयल नवबर्ष शुभकामना तथा च्यारिटी सास्कृतिक सॅाझ गर्दै

२५ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 2380


चितवन एड ट्रस्ट युकेले "अपांग मैत्री पुस्तकालय"को सहयोगार्थ २४ अप्रिलमा भर्चुयल नवबर्ष शुभकामना तथा च्यारिटी सास्कृतिक सॅाझ गर्दै

शीतलपाटीन्युज डटकम।
लण्डन। चितवन एड ट्रस्ट युकेको कार्यसमितीको बैठक संस्थाका अध्यक्ष जीवन सेनको अध्यक्षतामा हालै संपन्न भयको समाचार प्राप्त भयको छ। उक्त बैठकले आगमी ९ औं महाअधिवेशन संस्थाका अध्यक्ष जीवन सेनको संयोजकत्वमा ४ जुलाई २०२१ साउंथईस्ट लण्डनमा गर्ने निर्णय गर्यो।

४ जुलाइ २०२१ मा हुने बार्षिक साधारणसभामा निर्वाचन समेत हुने भयकोले बैठकले निर्वाचन आयुक्तमा संस्थाका पुर्व अध्यक्ष राजेन्द्र खरेललाई चयन गरेको छ। संस्थाका संस्थापक अध्यक्ष कपिल श्रेष्ठ,निवर्तमान अध्यक्ष देवेन्द्र श्रेष्ठ,पुर्व उपाघ्यक्षहरू टिका पौडेल र कृष्ण तिवारी सहितको ५ सदस्यीय निर्वाचन मण्डल गठन गर्यो। निर्वाचन मण्डल गठन भयको जानकारी संस्थाका महासचिव तोयनाथ रिजालले शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भयो।

त्यस्तै बैठकले नेपाली नयॅा बर्ष २०७८ को उपलक्ष्यमा शुभकामना आदन प्रदानको कार्यक्रम भर्चुयल रूपमा मनाउने निर्णय गरेको छ। सो भर्चुअल   शुभकामना सॅाझमा चितवनमा नेपाल जर्नि संस्थाको सहयोगमा भरतपुर महानगरपालिकाद्वारा उपंलब्ध गराएको जग्गामा करिब ३ करोडको लगानिमा शैक्षिक सामाग्री,शारिरिक अभ्यासका सामाग्रीहरू समेतको ब्यबस्था भएको सुबिधा सम्पन्न "अपांग मैत्री पुस्तकालय भबन" निर्माण गर्न लागेको बारेमा पनि प्रचारप्रसार गरिनेछ। बेलायतबाट संस्थाका प्रोजेक्ट कोअर्डिन्टर एबम क्याट युकेका सल्लाहकार यादब श्रेष्ठ लगायत टिममा राजु आचार्य,बिष्णु लामिछाने,खिम गौतमले सो परियोजनाको लागि समन्वय गर्नु भयको  छ।

उक्त निर्माणधीन“अपांग मैत्री पुस्तकालय”को सहयोगार्थ शुभकामना च्यारिटी सॅाझका रूपमा बिबिध सॅास्कृतिक कार्यक्रमका साथ भब्य रूपमा मनाउने भयको छ। उक्त शुभकामना सॅाझमा सकेसम्म बिश्वभरि छरिएर बस्नु भएका चितवनवासीहरूलाई समेटिन संस्थाका अध्यक्ष जीवन सेन आव्हान गर्नु भयको छ। उक्त “अपांग मैत्री पुस्तकालय”को आर्थिक सहयोग संकलनका लागी संयोजकमा क्याट युकेको च्यारिटी अफिसर राजेन्द्र सुवेदीलाई चयन गरिएको छ। उहॅाले आवश्यकता अनुसार कमिटीलाई बिस्तार गर्दै जानु हुनेछ। साथै संयोजक सुवेदीले उक्त परोपकरी कार्यक्रममा आफुले सकेको सहयोग गर्नु हुन आव्हान पनि गर्नु भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?