Sunday April 11, 2021

शान्ती नेपाली समाज युकेको अध्यछ्यमा भोजराज भण्डारी निर्बिरोध

२५ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1127


शान्ती नेपाली समाज युकेको अध्यछ्यमा भोजराज भण्डारी निर्बिरोध

शीतलपाटीन्युज डटकम।

लण्डन। शान्ति नेपाली समाज बेलायतको चौथो महाधिबेशनबाट भोजराज भण्डारी निर्बिरोध अध्यक्षमा निर्वाचित हुनु भएको छ। सोकार्यक्रम संस्थाका निवर्तमान अध्यक्ष लिला थापाको सभापतित्वमा संचालन भएको थियो। निवर्तमान सचिव प्रविन खरेलले संचालन गर्नु भएको उक्त कार्यक्रममा निवर्तमान उपाध्यक्ष जयन्ति थापाले धन्यबाद मन्तब्य ब्यक्त गर्नु भएको थियो। त्यसैगरि संस्थापक अध्यक्ष काशीनाथ शर्मा र पुर्व अध्यक्ष कृष्ण ढकालले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियो। 

 


नव  निर्वाचित अध्यक्ष भण्डारीले निर्वाचन मण्डलको संयोजकको भूमिका निर्वाह गर्ने रेशम बुढाथोकी,डा राज झा र दिपक गैरे प्रति धन्यबाद प्रकट गर्नु भएको थियो। नवनिर्वाचित पदाधिकारीहरुलाइ संस्थाका भुपेन्द्र पाठक,यज्ञ खरेल,सिता खरेल,सिता पौडेल,पार्वती भण्डारी, टेकमान सिंग्जाली,नर शाहनी,तेज खत्री,कोपिला भुसाल, मुक्त अधिकारी,पूर्णलाल सापकोटा,छबिलाल रेगामी थापा, पुष्प उप्रेती,तारालम्साल,राम प्रसाद न्यौपाने,शंकर भण्डारी र ठाकुर ज्ञवालीले शुभकामना ब्यक्त गर्नु भएको थियो। 

शान्ति नेपाली समाज,बेलायत २०२१-२०२३ को कार्य समितीमा अध्यक्ष भोजराज भण्डारी,उपाध्यक्ष गोकर्ण हुमागाई, उपाध्यक्ष कमला ढकाल,सचिब महेन्द्र काफ्ले,सह सचिब पदम शाही,कोषाध्यक्ष दिनेश कंडेल,सह- कोषाध्यक्ष रामेश्वर अर्याल सदस्यहरु,निशान्त बज्राचार्य,छुमकला (माया) पाण्डे,राजु खत्री,शशांक शर्मा,राजु ( ढल बहादुर) खत्री,बाबुराम भुसाल,डी यन खरेल,यादव बि क,प्रविन खरेल,बिनोद थापा,तेज भण्डारी,कृष्ण खरेल निर्वाचित हुनु भयको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?