Sunday April 11, 2021

घान्द्रुक समाज यूकेको अध्यक्षमा नारायण सिंह गुरुङ चयन

२६ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1161


घान्द्रुक समाज यूकेको अध्यक्षमा नारायण सिंह गुरुङ चयन

शीतलपाटीन्युज डटकम।
लन्डन। घान्द्रुक समाज यूकेको अध्यक्षमा नारायण सिंह गुरुङ चयन हुनु भएको छ। ५ अप्रिल २०२१ सोमबार जुममार्फत भएको अधिवेशनले नारायण सिंह गुरूङको अध्यक्षतामा छैटौं कार्यसमिति चयन भयको हो।
चयन भय अनुसार अध्यक्ष नारायण सिंह गुरुङ,प्रथम उपाध्यक्ष देव बहादुर गुरुङ,दोश्रो उपाध्यक्ष रोशन गुरुङ,तेश्रो उपाध्यक्ष नारायण गुरुङ,महासचिव राज कुमार गुरुङ,सचिव पुनम गुरुङ, कोषाध्यक्ष देव सिंह गुरुङ,सह कोषाध्यक्ष नर काजी गुरुङ,जनसम्पर्क संयोजक १.ई.खेम बहादुर गुरुङ २.गोपी चन्द्र गुरुङ ३.जुम प्रसाद गुरुङ ४.अमर प्रसाद गुरुङ,सांस्कृतिक संयोजक १,विमल गुरुङ (क) २.सनम गुरुङ ३.आरती गुरुङ ४.डमर बहादुर गुरुङ,युवा क्रियाकलाप संयोजकश विमल गुरुङ (ख),स्पोर्ट्स संयोजक १.याम गुरुङ २.राज कुमार गुरुङ ३.स्वर्ग गुरुङ निर्वाचनमा निर्वाचित हुनु भयको छ।

सो दिनको दिउँसोको ठीक १ बजेबाट प्रारम्भ भएको कार्यक्रम पूर्वमहासचिव रोशन गुरुङले सञ्चालन गर्नु भयको थियो । Zoom मै भए पनि विधिवत् रूपमा आसन ग्रहण गराएर दिवङ्गत भएका संस्थाका सदस्य,आफन्तहरूको सम्झनामा एक मिनेट मौनधारण गरेर कार्यक्रम अगाडि बढाइएको थियो।
प्रारम्भमा उपाध्यक्ष सत्रमान गुरुङले छोटो स्वागत मन्तव्य राखेपछि महासचिव रोशन गुरुङले प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो । महासचिवको प्रतिवेदनपछि कोषाध्यक्ष याम गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भयो। त्यसपछि आमा समूहको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कमला गुरुङले प्रस्तुत गर्नु भयको थियो।

दोस्रो चरणको कार्यक्रम अधिवेशनको रहेकोले कार्यक्रम संचालक महासचिवले सो कार्यक्रम सञ्चालन गर्ने जिम्मा निर्वाचन कमिटीको संयोजक ई. खेम बहादुर गुरुङलाई दिनु भयको थियो । ई. खेम बहादुर गुरुङको निर्वाचन कमिटीले गहन छलफलबाट छनौट भयको कार्यसमितिको नामावली घोषणा गर्नु भयको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?