Sunday April 11, 2021

नेपाली नागरिकता निरन्तरता बिषयमा प्रबासी नेपाली एकता मंच युकेले अन्तरक्रिया गर्दै।

२६ चैत्र, २०७७ शीतलपाटीन्युज डटकम। 1608


नेपाली नागरिकता निरन्तरता बिषयमा प्रबासी नेपाली एकता मंच युकेले अन्तरक्रिया गर्दै।

लण्डन। राम्रो अवसर, रोजगारी र पलायनले जे जस्तो अवस्था सृजना गरेपनि नेपालीहरु बिदेसिनु रोजगारी कै लागि हो। देशमा द्वन्द हुनु, सजिलै खाडी राष्ट्रमा काम पाउने,  बिकसीत देश अमेरिका, बेलायत र युरोपेली देशहरुमा नोकरी मिल्ने र रेमिटेन्स भित्रीएर आर्थिक सपोर्ट हुनुले नेपालीहरु बिदेसीयका हुन।

मर्न भन्दा बहुलाउन ठिक भनिने उखानलाई आत्मसाथ गरेर बिदेसीयका नेपालीहरु जहा पुगे जहा जे पाए त्यही गरेर आत्मनिर्भर भए। कहि बैज्ञानिक बने,कहि धनाठ्य ब्यापारी भए, कही बिज्ञ पनि बने। यसरी बिज्ञ बन्ने मौकामा आफु रहेको देशमा काम गर्ने अधिकारका परिचय पत्र लिए। आइएलआर लिए, ग्रीन कार्ड लिए, नागरिकता लिए र आत्मनिर्भर भए। ति बिदेशी राष्ट्रले पनि उनीहरुको अनुभव र ज्ञानका आधारमा नेपालीहरुलाई बसेको देशको काम गर्ने र नागरीक अधिकार प्रयोग गर्न आवस्यक अनुमति दिए, नेपालीले पाए र प्रयोग गर्दै आए।

आज त्यही नेपाली नागरिक उपयुक्त परिभाषाको अभावमा नेपाली नागरीक अनागरिक जस्तो बनेको छ। गैरआवासीय नेपाली नामाकरणमा परेको छ। नेपालीहरुले बिदेसीको पेपर पाएर प्रगति गरेका छन। त्यसैले बिदेसीयका नेपाली नेपालको बिकास र संबृद्दीका लागी बिदेसीयको हो र नेपाल राष्ट्रकै गहना हो। शरिर मात्र बिदेसमा हो। धन, मन, तन नेपाल मै रहेको छ।

आउनुहोस, यीनै बिषयलाई समेटेर नेपाली नागरिकता निरन्तरता र गैर आवासीय नेपाली ऐनका बिषयमा ११ अप्रिल २०२१ मा जुम कार्यक्रम मार्फत प्रवासी नेपाली एकता मंच युकेले अन्तरक्रिया गर्दै रहेको कुरा मंचका अध्यक्ष भक्त गुरुड्ग र उपमहासचिव डा मुकुन्द बास्तोलाले जानकारी गराउनु भयको छ। साथै समाजका अध्यक्ष र अभियन्ताहरुलाई यो जानकारीको र उपस्स्थितीको लागि अनुरोध छ।

सो जुम मार्फतको अन्तरक्रिया कार्यक्रममा माननीय कृष्ण भक्त पोखरेल प्रमुख अतिथी सभापति कानुन, न्याय तचा मानव अधिकार समिती प्रतिनिधी सभा,डा बद्री केसी अतिथी उपाध्यक्ष गैर आवासीय नेपाली संघ अन्तराश्ट्रिय समन्वय परिषद,डा हेमराज शर्मा अतिथी महासचिव गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद, श्रीमती पुनम गरुड्ग अतिथी अध्यक्ष एनआरएन युकेको बिचार उत्तेजक नेपाली नागरीकता निरन्तरताका कारण प्रस्तुत हुनेछ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?