Thursday July 29, 2021

"प्रबासी नेपाली एकता मंच-यु के मिड्ल्याण्ड  क्षेत्रको परिचयात्मक कार्यक्रममा सम्पन्न "

१८ बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 1766



शीतलपाटीन्युज डटकम।
लण्डन। हिजो २६/०४/२०२१ सोमबार  प्रबासी नेपाली एकता मंच-यु.के.मिडल्याण्ड कमिटिको  परिचयात्मक कार्यक्रममा सम्पन्न  भयो|। यस परिचयात्मक कार्यक्रमको प्रबासी नेपाली एकता मंच-यु.के. मिडल्याण्डका अधक्ष्य तारा भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रम सचिब यज्ञ खरेलले संचालन गर्नु भएको थियो। स्वागत मन्तब्य सोहि क्षेत्रीय उपाधक्ष्य पुन्डरी अर्यालले गर्नु भएको थियो।

अतिथिको रूपमा  प्रबासी नेपाली एकता मंच-यु.के.का उपाध्यक्ष्य साथै संघ सस्था समन्नय बिभाग प्रमुख पशुपति पोखरेल साथै सम्पूर्ण सदस्यहरुको उपस्थिततीमा परिचयका गरिएको थियो। साथै यस संघ सस्थामा आबध्य हुनुका कारणहरुको बारेमा छलफल भएको थियो। संघसस्था बिभाग प्रमुख पशुपति पोखरेलले आगामी दिनमा विभिन्न संघसस्थाहरु अनि NRNA को निकट भबिस्यमा हुन गैरहेको चुनाबको लागि कसरि आगाडी बढने, के कसरि धेरै सदस्यता बनाउने, कसरि एक आपसमा समन्वय गरेर जाने भन्ने कुराको बारेमा जानकारी गराउनु भएको थियो।

यस मिटिंगले पारित गरेको बुदाहरू निम्न प्रकार छन्:

१,नन् रजिस्टर च्यारिटी ACCOUNT खोल्नको लागि कोषाध्यक्ष शम्भु अर्याललाई जिम्मा दिने।
२,सदस्यता संख्या बड़ाउन र २ पौण्ड प्रतिमहिना  गर्नको लागि केन्द्रसंग अनुरोध गर्ने।
३,सबै क्षेत्रलाई समेटेर क्षेत्रिया कमिटिका सल्लाहकारहरुको चयन गर्ने।
४,NRNA का सदस्यता नबिकरणमा सहायो गर्ने र प्रत्येक २/२ महिनामा एउटा मिटिंग राख्ने।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?