Thursday July 29, 2021

प्रमुख निर्वाचन आयुक्त महेन्द्र कंडेल रहेको एनआरएनए यूकेको निर्वाचन ३१ जुलाईमा

१८ बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 1425


प्रमुख निर्वाचन आयुक्त महेन्द्र कंडेल रहेको एनआरएनए यूकेको निर्वाचन ३१ जुलाईमा

शीतलपाटीन्युज डटकम।
लण्डन । गैरआवासीय नेपाली संघ यूकेको नयाँ नेतृत्वको लागि निर्वाचन आगामी ३१ जुलाईमा हुने निर्णय भएको छ ।

गैरआवासीय नेपाली संघ युकेको शुक्रवार साँझ बसेको बैठकले संघको ८ औं महाधिवेशन तथा निर्वाचन ३१ जुलाई, शनिवारको दिन गर्ने निर्णय गरेको हो ।

संघकी अध्यक्ष पुनम गुरुङ्गको अध्यक्षतामा ७ घण्टा चलेको बैठकले निर्वाचन समितिको प्रमुख आयुक्तमा संघका पूर्वअध्यक्ष तथा संरक्षक महेन्द्र कंडेललाई सर्वसम्मतले चयन गरेको छ ।

संघको नयाँ नेतृत्वको लागि वर्तमान कार्यसमितिका उपाध्यक्षहरु रोजिना प्रधान राई, प्रेम गाहामगर, सुनिल खड्का, र इंल्याण्ड राज्यपरिषदका अध्यक्ष दीपक श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

यसअघि एनआरएन यूकेले आईएमएस मार्फत अप्रिल १ तारिख देखी सदस्यता वितरण शुरू गरेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?