१८ बैशाख, २०७८
GNNNews-
"आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो, इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो"
अमेरिकाबाट संचालित ईनेप्लिजका प्रधान सम्पादक/सम्पादक द्वय थापालाई पितृ शोक
अमेरिकाको डिसी महानगर क्षेत्रबाट संचालित ईनेप्लिजका प्रधानसम्पादक/सम्पादक विश्वराज थापा तथा सम्पादक विजय थापालाई पितृ शोक परेको छ । बिगत एक दशक देखि अमेरिकाबाट संचालित हुदै आएको लोकप्रिय अङ्किय पत्र(अनलाइन )का संचालक द्वयका पिता हेडम बहादुर थापाको निधन ९० बर्षको उमेरमा भएको छ।
सम्पादक विजय थापाका अनुसार आज बिहान ३ बजे २०७८ साल बैशाख १८ गते निजी निवास काठमाडौमा हृदयघातबाट भएको हो। नेपालको धनकुटा मुगा गाउ पालिका घर भै हाल बालुवाटार निवासी स्व थापाका पाँचै छोराहरु परिवार सहित अमेरिकाको भर्जिनिया राज्यमा बसोबास गर्छन भने विजय थापा/विश्वराज थापा इनेप्लिजका संचालक हुन्।
स्व थापाको जन्म १९८८ कार्तिक १६ गते सोमवार धनकुटा मुगामा भएको हो भने मृत्यु २०७८ शनिबार बैशाख १८ गते भएको छ। स्व थापा लामो समय सम्म शिक्षण पेशामा रहनु भएको थियो भने ग्लोबल भ्वाइस इन्टरनेसनल भन्ने मासिक पत्रिकाको सम्पादक रही केही बर्ष काम गर्नु भएको थियो ।
त्रिभुवन बिश्वबिद्यालयबाट अंग्रेजी भाषामा स्नातकोत्तर गर्नु भएका स्व थापा कलेज (महाबिद्यालय)मा पनि प्राध्यापन गराउनु भएको थियो। स्व थापा अमेरिकामा रहेका काइला छोरा बिनोद बहादुर थापा अमेरिकामा बोलाई पनि २-३ पटक जानु भएको थियो ।
स्व थापाले अमेरिकाको अस्थायी आवासीय पत्र(ग्रीन कार्ड) प्राप्त गरेता पनि पछि अस्थायी आवासीय पत्र(ग्रीन कार्ड) दशकौ सम्म अमेरिका नगए पछि स्वत निष्क्रिय भएको हो। स्व थापाको धर्मपत्नी तीर्थ कुमारी थापा स्व बुवा संगै बालुवाटारमै बसोबास गर्नु हुन्छ भने जेठी छोरी शारदा सिलवाल पनि ताहचलमा हुनु हुन्छ ।
स्व थापा अंग्रेजीमा लेख लेख्ने र बिशेष गरि व्याकरण अंग्रेजी साहित्यमा रुची राख्नु हुन्थ्यो । महामारीको यस्तो अवस्थामा छोराहरु अमेरिकामा रहेकोले केही छोराहरु नेपाल पुगे पछि अन्त्यष्टि कार्य र अन्तिम श्रद्धाञ्जली हुनेछ ।
यस दुखद खबरले बिदेशमा रहेका पाचै छोराहरु मर्माहत भएको कुरा साहिलो छोरा बिजय थापाले जना
(जन्म १९८८ कार्तिक १६- मृत्यु २०७८ बैशाख १८)