Thursday July 29, 2021

एनआरएनए युकेको महासचीव पदमा जीत रानाभाट बने उम्मेदवार

१९ बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 1253


एनआरएनए युकेको महासचीव पदमा जीत रानाभाट बने उम्मेदवार

शीतलपाटीन्युज डटकम।
लन्डन, वैशाख १७। गैरआवासीय नेपाली स‌ंघ यूकेको निर्वाचन घोषणा हुदै गर्दा उम्मेदवारहरूले उम्मेदवारी घोषणा क्रम पनि बढेको छ। हालका सचिव जीत रानाभाटले महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

एनआरएनए यूकेको सन् २०१७-२०१९ कार्य समितिमा सदस्य र २०१९-२०२१ कार्यसमितिमा सचिव पदमा निर्वाचित रानाभाट रोयल ग्रीनविच नेपाली सोसाइटीका अध्यक्ष हुन। एनआरएनए अभियान प्रतिको लगाव र केही गरौं भन्ने इच्छाले महासचिवको जिम्मेवारी लिन अग्रसर बनाएको छ’, रानाभाटले भनेका छन। अभियानमा सँगसंगै काम गर्दै आएका सहकर्मी,अग्रज र शुभचिन्तकहरुको शुभेच्छाले थप प्रोत्साहन र हौसला दिलाएको छ भनेका छन। सन् २००८ मा ‘हाईली स्किल्ड् माइग्रेन्ट’ का रुपमा बेलायत आएका रानाभाट बेलायतमा निर्माण व्यवसाय संचालन गर्नुका साथै प्रपर्टी बिजनेसमा समेत संलग्न छन् । एनआरएनए अभियानका साथै अन्य थुप्रै संस्थामा आबद्ध रहेर रानाभाट सामाजिक कार्यहरुमा सक्रिय रहंदै आएका छन् ।

‘नेप्लिज् प्रोफेसनल्स् यूके’, यती नेपाली एशोसिएसन् यूके, क्षेत्री समाज यूके, पशुपतिनाथ मन्दिर प्लमस्टिड लगायतका कयौं संस्थामा कार्यसमितिका महत्वपूर्ण भूमिकामा रहेका उनी आधा दर्जन बढी संघसंस्थामा सल्लाहकारको रुपमा पनि आबद्ध छन् ।
महामारीका बेला समुदायमा पुर्‍याएको सहयोगको कदरस्वरूप उनलाई हालै बीबीसी लन्डन रेडियोले ’मेक अ डिफरेन्स हिरो’ को रुपमा सम्मान गरेको छ।

नेपाली नागरिकताको निरन्तरता,पूर्व गोर्खाका अधिकार स्थापना,सामुहिक लगानी प्रवर्द्धनसहितका एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता राख्दै औपचारिक कार्यक्रम मार्फत् आफ्नो उम्मेद्वारी घोषणा र प्रतिवद्धतापत्र सार्वजनिक गर्ने रानाभाटको कार्यक्रम छ।
 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?