Thursday July 29, 2021

डा मुकुन्द बास्तोला एनआरएनए युकेको महासचीव उम्मेदवार

१९ बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 1167


डा मुकुन्द बास्तोला एनआरएनए युकेको महासचीव उम्मेदवार

शीतलपाटीन्युज डटकम।
लण्डन। गैरआवासीय नेपाली संघ युकेको आगामी निर्वाचनमा महासचिव पदमा डा. मुकुन्द बाँस्तोलाले उम्मेद्वारी दिने घोषणा गरेको समाचार प्राप्त भयको छ। बेलायती विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका बास्तोलाले आज एक विज्ञप्ति मार्फत उक्त जानकारी गराएका हुन्।

“सामाजिक संस्थाहरुलाई जिम्मेवार र विश्वसनीय बनाई गैरआवासीय नेपालीहरुको हितमा लगाउन डायस्पोराका नेपाली समुदायसंग समन्वय गरी अघि बढ्ने बाँस्तोलाको अठोट रहेको छ। नेपाली समुदायसंग औपचारिक कार्यक्रम मार्फत आफ्नो कार्ययोजना सार्वजनिक उनले बताएका छन्।

कार्डिफ युनिभर्सिटिबाट विद्यावारिधि गरेका डा. बास्तोला सुविख्यात बहुराष्ट्रिय कम्पनी जोन्सन ग्रुप युकेका आर्थिक परामर्शदाता, आर्थिक तथा शैक्षिक मामलामा विशेष दखल, बेलायतका विभिन्न विश्वविद्यालयमा निरन्तर खोज तथा अनुसान्धनमा सकृय रहेका छन। गैरआवासीय नेपालीलाई नेपाली नागरिकता निरन्तरताको पहल गरिरहेको र नेपाल सरकारसंग समेत नियमित सम्पर्कमा रही काम गरिरहेका दावी गरीरहेको र बास्तोलाकै पहलमा गत महिना नागरिकता निरन्तरताका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा अरू विशेषज्ञहरुसंग अन्तरक्रिया पनि भयको थियो।

युरोपियन नेपाली अनुसन्धान परिषद्का अध्यक्ष डा. मुकुन्द बाँस्तोला हाल बेलायतको सबैभन्दा पुरानो संस्था यति नेपाली एसोसिएसन युकेका महासचिव, बेलायतस्थित ग्राजुयट इन्टरपेनर्सहरुको संस्था जेन्स युकेका सल्लाहकार एवम  कास्की आदर्श समाज अन्तरराष्ट्रिय परिषदमा पनि आबद्द छन्। नेपालमा सोलार पावर,अर्गानिक फार्म लगायतका क्षेत्रमा लगानी गर्दै आएका डा बास्तोला बेलायतीमा नेप्लिज कोअपरेटिभ ग्रुप (एनसिआईं) को महासचिवको पनि हुन। एनआरएनए युके राज्य समन्वय विभागका संस्थापक सचिव डा बास्तोला एनआरएनए युकेमा महासचीवको पदको योग्य भयको दाबी गरेका छन।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?