Monday August 08, 2022

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -३९

१९ बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 3449


घान्द्रुकमा स्कूल मेरो अनुभव :  संस्मरण -३९

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि,घान्द्रुक,कास्की।


"वालक अँध्यारोसँग डराउँछ, प्रौढ उज्यालोसँग" किन  प्रौढ उज्यालोसँग डराउँछ त? यसको अर्थ उज्यालोले  सत्य कुरा बाहिर ल्याई दिन्छकि भनेर मलाई  उज्यालोसँग डर छैन। मैले सबै भएका कुरामात्र  लेखेको छु। स्कूल भाद्रमा उद्‍घाटन भयो। त्यो भन्दा पहिलेनै स्कूल अगाडिको भित्तोमा झाडि फाडफुड  गरी चिरीका रुखका विरुवाहरू रोपि सकिएको थियो । उद्घाटनको समयमा पनि अतिथिहरूबाट  वृक्षारोपण गरीयो। ती विरुवाहरू हुर्काउन धेरै मिहिनेत गर्नुपर्यो। पर्खाल राम्रो थिएन। पछि त सबै  व्यवस्थित हुदैगयो। त्यो समयमा मैले कति गाईबस्तु  धपाए हुँला। त्यो देखिरहने गुम्बाको वावु ओम, सुक कुमारी, फुपु वहालाई एकएक थाहा थियो। 'वहा अहिले हुनुहुन्न। विस्नु  वहादुर, जागिरे कान्छा, त्यो समयका सवै। त्यही कालखड्मा एक्यापको हेड अफिस पनि स्थापना भैसकेको थियो। स्कूलको  डाडा खालि भयो। कुरा उठ्यो जग्गाको वहाल  सम्वन्धि। एक्यापका प्रतिनिधि टिका र स्कूलको म  भएर दुइ पक्ष वार्ता धेरै समय गर्यौ। अन्तमा ३० वर्षको लागि जग्गा वहालमा दिने सल्लाह भयो। मैले  स्कूल सयितिको मिटिङमा हाम्रा दुई पक्षले वनाएका  सर्तहरु राखे र सवै भएको विवरण समितिमा पेश गरेँ । समितिले समर्थन गरी पास गर्यो।

 



सर्तहरु थिए वर्षको दश हजार एक मुस्ठ दिने। त्यो वर्षको सुरुमै दिनु पर्ने। हरेक वर्षमा १०%पर्सेन्टका  दरले वहाल वढ्ने। एक्यापले छाड्दा उसले वनाएका  संरचनाहरु भत्काएर लैजान नपाइने अर्थात् वनेका सवै घरहरु स्कूललाई छाडिदिने जस्ता वुदाहरु थिए। अव स्कूलको सानो आमदानी  तयार भयो। भवन तयार भयो। खेल मैदान भयो, जग्गा वहाल गयो। स्कूलको कम्पाउन्ड तयार भयो। स्कूलमा झ्याल ढोका वन्द गरी जेनेरेटर वालेर पढाउने व्यवस्था पनि भयो। तर भने जस्तो शैक्षिक प्रगति गर्न सकिएन। अन म फिडर स्कूलहरुलाई पेल्न थाले गाउँ वेसी गरे र। अरुलाई त पेल्न लागे तर आफ्नै पनि भने जस्तो भएन। अनि एउटा मिटिङ् राखेर प्रा वि छुट्याउने निर्णय गराए र स्कूल माथि दुई तले प्रावि भवन  वनाउन सुरु गरेँ। भवन वनाउन सुरु भयो। सुरु त भयो, श्रोत र साथन कमै थियो। गारो लगाउन सुरू भयो। झ्याल ढोकाको काठ र छानोको काठ पुरानो स्कूलकाले पुगेन। गारोको  ढुङ्गा भने पुग्ने देखियो। छाउने ढुङ्गा पुग्दैन, छानाको काठ पनि पुग्दैन। किम्मोँ डाँडामा काठ काट्न लगाइयो। वोक्न् भने स्कूलका आफ्नै केटाकेटीहरू लिएर गएँ। विचरा केटाहरुको  काध त अझै दुःखेको होला। जेस्ठ  महिना सुरु भयो । गार्हो सकियो, छानो छाउन तयार भयो, छाउने ढुङ्गा छैन। एक दिन विहान समितीको मिटिङ् राखेँ। मिटिङ्को एउटै एजेन्डा थियो छानो  छाउने। मिटिङ्ममा चिज वहादुरजीले "अहिले भकारी खरीद गरी छाउने,आउने हिऊदमा ढुङ्गा ल्याएर छाउला" भन्नु भयो। त्यो सवैले स्वीकार्नु भयो र मिटिङ् उठ्यो । म त खान पनि कोठामा जान मन लागेन। भलादमीहरु सँगै पन्चे निक्ले। भलादमीहरु घर तिर लाग्नु भयो। म त चक वहादुरजीको घर भित्र पशेको   भात रहेछ। त्यै रहेको भात भाउजुसँग मागेर खाएँ। त्यो दिनको हतारमा मागेर खाएको भात भाऊजुले  पछि सम्म पनि कति भोकाएको रहेछ, विचरा हेडसर भन्दै हुनुहुन्थ्यो। स्कूल सुरु भयो, छाना छाउने कर्मिहरु काम गर्दै थिए। ९ र १० कक्षा केटाहरु लिएर दुइटा कर्मि सहित ऐलेको एक्याप अगाडि डाँडामा एउटा जमानामा वनाएको पाटि थियो। त्यो पाटिको छानामा म आँफै चढेर ढुङ्गा निकाले। केटाहरुलाई वोक्न  लगाए। हाहा र हु हु भयो। अनि कर्मिलाई छानामा राखे उनीहरूले ढुङ्गा निकाल्दै गए। केटाहरुले तल झार्दै गए। यता छानामा कालाले छाउन सुरु गर्यो। क्यागोको चौतारामा मीनवहादुर,चीज वहादुर, चक वहादुर, सम वहादुर, लेप्टेन साहेव गोकुल वहादुर आदि गरेका भद्रभलाद्मीहरूले देखि रहनु भएको  थियो। वहाहरुले के के सोच्नु भयो। म भने निर्भिक पाटिको छानाको ढुङ्गा निकालि रहे। सायद भन्नुभयो होला  आट गर्यो वाहुनले भनेर। मलाई अलि डर लागेको  थियो अध्यक्ष अमर वहादुरको। वहा आफैँ अध्यक्ष  हुनुहुन्थ्यो। तै पनि मैले अनुमति लिइन। वेलुका  वहासँग धार्मिक पाटि हजुरका वावाले वनाउनु भएको हो। अहिले त्यहा कोही वस्ने छैनन्,चलनमा पनि छैन।

 

हजुरका ढुङ्गाले छाएको छाना मुनी पढ्ने विद्धार्थीहरु  पढ्छन् हजुर,स्वर्गको ढोका त्यही त होनी भनी अनुरोध गरेँ। वहा केही वोल्नु भएन, कुरा गर्दै वहाको घरभित्र पस्यौ हामी। द्योपुरबाट प्रधानपन्च सुन्दरजी पनि आउनु भएको रहेछ। वहा अध्यक्षको वैनी ज्वाई  मान्छे। अलि समय चिया खादै कुरा भयो। त्यो पाटिको काम थिएन। धर्म भयो भन्नेमा सुन्दरजी पनि पुग्नु भयो। दिपकको आमाले पनि धर्मै भयो हेडसर केही भएको छैन भन्नुभयो। मनमुटाव केही भएन। म  वहाकै खाली घरमा दसबर्ष वसेँ। म धेरै खुसी भएर वाहिरिएँ। त्यो काल खड्को हतार शङ्करसर, तिलसर,प्रेमसर,कृष्णसरलाई थाहा छ। वहाहरु अहिले पनि राम्रै अवस्थामा हुनुहुन्छ। झ्याल थिएनन्  नयाँ भवनमा। प्रा वि लाई त्यो नयाँमा सारीयो। प्रा वि  माथि मा वि तल गरी चलाइयो। प्रा वि इन्चार्जलाई  भत्ताको व्यवस्था पनि गरीयो। झ्याल ढोका चैत्र सम्ममा तयार भै सकेका थिए।

चैत महिना आउनु भन्दा पहिला एउटा आर्थिक योजना वनाएँ। त्यो योजनामा वीस हजार डलर  अर्थात् नेपाली त्यो समयको सटाइमा पाच लाख  हुन्थ्यो। त्यो रकम वैकमा राख्ने र त्यसको व्याज  स्कूलका विषय शिक्षकलाई थप तलव दिने भन्ने एउटा योजना वनाएँ। थप तलव पाउने भएपछि शिक्षकहरूले सरुवा खोज्दैनन् भनी लेखेको थिएँ। त्यो पत्र किसोरसरलाई अँगेजीमा लेख्न लगाए।|उसल सरल भाषामा लेखेर मलाई देखायो। त्यो समयमा टाइप थिएन घान्द्रुकमा। हातले लेखेको वुझ्न कठिन हुने हुदा ध्यान दिएर लेखि त्यो चिठी तयार गरीयो।

२१ तारीकका दिन ओजवा आफ्ना विद्धार्थीका साथ  आए। सधा झै पन्चे वाजा सहित फूलमालाले स्वागत सत्कार गरीयो। स्कूलका सरसामान विद्धार्थीलाई कलमहरु एउटा सुस्मदर्सक यन्त्र ल्याएको रहेछ सरले। त्यो सवै सभामा वुझायो सरले। लन्च पछि मैले नयाँ ढुङ्गाले छाएको पाच कोठे भवनको निरीक्षण गराएँ। सरले अहिले किन भवन चाहियो भन्ने प्रस्न गर्नुभयो। मैले यसको लक्ष सवै वताई दिएँ। वहा खुसी हुनु भयो। दुइ दिनको वसाइमा मैले पाँचलाखको माग पत्र वुझाएँ। वहा हाँस्तै मलाई पिट्नु भयो र भन्नुभयो  युनिभर्सिटीले दिँदैन होला। म अरुनै डोनर खोज्छु  भन्नुभयो। वहा वाहेक अर्को भवन तयार भएको देखेर  सर खुसी भयो। ओजवा कामको आधारमा सहयोग गर्ने मानिस हो। त्यसैले मैले हतारमा प्रा वि भवन बनाएर  सकाएको थिए। खुशी मन लिएर ओजोवा सर आफ्ना विद्धार्थीका साथ फर्कनु भयो।
  क्रमस:-
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?