Sunday June 20, 2021

कोरोना महामारीका कारण अस्पतालमा बेड नपाएर एनआरएनए अध्यक्ष कुमार पंतको घर मै उपचार

२० बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 2073


कोरोना महामारीका कारण अस्पतालमा बेड नपाएर एनआरएनए अध्यक्ष कुमार पंतको घर मै उपचार

शीतलपाटीन्युज डटकम।
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले अस्पतालमा बेड नपाउदा घरमै बसेर उपचार गर्न बाध्य भएका छन्।

एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि आइतवार अस्पतालमा भर्ना गर्न खोजिएको थियो तर काठमाण्डौंका अस्पतालमा बेडको अभाव भए पछि अस्पताल जान पाएनन् । उनी अहिले होम आईसोलेसनमा छन्।
पन्तले स्वास्थ्य अवस्था सामान्य रहे तापनि डाक्टरको सल्लाह बमोजिम सोमवार विहान अस्पताल जाने तयारी गरेको जानकारी नेपालब्रिटेन डट कमलाई दिए।
भाइरस (कोभिड–१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको पन्तले आफ्नो फेसबुक टाइमलाइन मार्फत सार्वजनिक गरेका थिए । पन्त आइसोलेशनमा रहेर आइतवार भएका संघका वैठकहरुमा सहभागी भएका थिए।

‘सावधानी अपनाउँदा अपनाउँदै मलाई पनि कोरोनाले भेटेछ। पीसीआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । अहिले म आइसोलेसनमा छु। केही दिनयता मेरो सम्पर्कमा रहनुभएका सबैलाई सतर्क रहन अनुरो छ । असुविधानका लागि क्षमाप्रार्थी छु’ पन्तले आफ्नो फेसबुक टाइमलाइनमा लेखेका छन्।

पन्त गैरआवासीय नेपाली संघको बिभिन्न बैठक तथा काममा सहभागी हुन नेपाल पुगेका थिए।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?