Sunday June 20, 2021

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख हटाइए, पाैडेल र यादव नयाँ प्रमुख नियुक्त

२० बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 1352


गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख हटाइए, पाैडेल र यादव नयाँ प्रमुख नियुक्त

काठमाडौं (जीएनएन) : राष्ट्रपति विद्या भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा बहालवाला प्रदेश प्रमुखहरूलाई पदमुक्त गरी नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्त गरेकी हुन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो।

शेरचन र त्रिपाठी यसअघि एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि प्रदेशप्रमुख नियुक्त भएका उनीहरु माओवादी केन्द्रमा आवद्ध थिए ।
माओवादी केन्द्रमै आवद्ध रहेका तिलक परियार प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भइसकेका छन्।

नवनियुक्त यादव राप्रपा नेपालबाट समानुपातिक सांसद बनेर २०७२ सालमा उपसभामुख भएका थिए। उनी २०७४ सालका चुनाव अगाडि राप्रपा छोडेर एमालेमा प्रवेश गरेका थिए।

पौडेल प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार हुन् । उनी एमालेको भ्रातृ संगठन अखिल नेपाल महिलासंघकी अध्यक्ष समेत हुन्। नवनियुक्त प्रदेश प्रमुखको सोमबार नै राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम राखिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?