Thursday July 29, 2021

डा. कपिल रिजालको निर्देशन रहेको छोटो चलचित्र "कर्मा" सार्वजनिक (भिडियोसहित)

२० बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 1358


डा. कपिल रिजालको निर्देशन रहेको छोटो चलचित्र "कर्मा" सार्वजनिक (भिडियोसहित)

शीतलपाटीन्युज डटकम।
काठमाडौ। विदेशमा बसे पनि चलचित्र निर्माण र निर्देशन गर्ने नेपाली थुप्रै छन्। तीमध्येका एक हुनुहुन्छ डा. कपिल रिजाल। रिजाल पेशाले दन्त चिकित्सक हुनुहुन्छ। तर, चलचित्र निर्देशनमा पनि उहाँ सक्रिय हुनुहुन्छ। त्यो पनि अंग्रेजी चलचित्र । साँढे दुइ दशकदेखि युकेको लण्डनमा बस्दै आउँनु भएका डा.कपिल रिजालले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा चलचित्र तयार पारेर आफ्नो पिताको पथ पछ्याउनुभएको छ।

 


ख्यातिप्राप्त स्त्री रोग विशेषज्ञ तथा चलचित्र निर्माता, गायक एवम् गीतकार डा.भोला रिजालका पुत्र डा. कपिल रिजालले निर्देशन गरेको छोटो चलचित्र कर्माः लाईफ इज ए बुमर्‍याङ, यु गेट ह्वाट यु गिभ हालै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। अंग्रेजी भाषामा तयार पारिएको चलचित्र जस्तो कर्म गर्‍यो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित छ । २६ वर्षदेखि लण्डनमा बसी आफूलाई सफल तथा लोकप्रिय दन्त चिकित्सकका रुपमा उभ्याउन सफल डा.रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो चलचित्र हो ।

डा.रिजालको घरेलु चलचित्र निर्माण कम्पनी केआर प्रडक्सन,लण्डनको व्यानरमा निर्मित चलचित्रमा उहाँले लण्डनवासी नेपालीका साथमा लण्डनका कलाकारहरूलाई अभिनय गराउनुभएको छ। हलिउडका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेको चलचित्रमा लण्डनमा बस्दै आउनुभएका नेपाली कलाकार टंक धमला (लियो टयांक) मूख्य भूमिकामा हुनुहुन्छ भने लण्डनकी डेली एलन नायिका रहनुभएको छ। उहाँहरूका साथमा सपनकुमार राई,जेना मासे, ज्याक मासे, कारलाई बिक र निशान पुनले पनि अभिनय गर्नुभएको छ।

सम्पूूर्ण छायांकन कार्य लण्डनमा गरिएको चलचित्रको पोष्ट प्रोडक्सनको काम भने नेपालमा गरिएको छ। सस्पेन्स थ्रिलर चलचित्रमा कथा डा. कपिल रिजालकै छ भने पटकथा उहाँका साथमा लुक हन्टरले तयार पार्नुभएको छ। स्टोरी बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्ली, भिजुअल इफेक्ट प्लुटस स्टुडियोको रहेको चलचित्रमा सपनकुमार राई, मिनो ओज,डेली एलन र सुमन श्रेष्ठ कार्यकारी निर्माता रहनुभएको छ। फिल्म ११ मिनेट २२ सेकेन्डको छ।

डा.रिजालले यसअघि कोरोना संक्रमणबाट हुने कोभिड-१९ को विषयमा एकल कलाकार लिएर गिल्ट नाम छोटो चलचित्र बनाउनुभएको थिए भने २० वर्षअगाडि भारतमा अध्ययनका क्रममा रहँदा फरक फरक भाषा बोल्ने विभिन्न देशका साथीहरूका साथ साइलेन्स सट चलचित्र बनाउनुभएको थियो।

डा. रिजालले आफ्ना पिता डा. भोला रिजालका कारण रगतमै चिकित्सा क्षेत्र र चलचित्र रहेकाले आफू पनि दुबै क्षेत्रमा सक्रिय भएको बताउनुभयो। ‘ब्लडमै डक्टरी पेशा र फिल्म छ, त्यसैले म यी दुबै क्षेत्रमा रमाईरहेको छु’ काम विशेषले हाल नेपालमा रहनुभएका डा. रिजाल भन्नुहुन्छ। डा.रिजालले नेपाल र लण्डनमा गरी हालसम्म करिब एक दर्जन म्युजिक भिडियोसमेत निर्देशन गरिसक्नुभएको छ।
(श्रोत: मीलापन्युज)




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?