Wednesday December 01, 2021

छोटो मिठो मेरो विचार : बिदेशमा नेपाली संस्था

२१ बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 1348


छोटो मिठो मेरो विचार : बिदेशमा नेपाली संस्था

उमेश रेग्मी,

लण्डन ।

विदेशमा नेपाली संस्था:

"विदेश आएको पनि यत्रो बर्ष भइसक्यो, केहि गर्न सकिएन हो देशको लागि। अरु जस्तै एउटा संस्था खोल्नु पर्ला जस्तो छ। के भन्छौ साथी ?"

"देशको त्यस्तो माया भए विदेश किन आएको ? तिमीले संस्था खोलेर के लछारपाटो लाउँछौ र ? देशमा नै छन हजारौको संख्यामा।"

"संस्था मार्फत आफ्नो आवाज पुर्याउन सकिन्छ नि चाहिने ठाउँसम्म। फेरी सिंगो मान्छेलाई भन्दा संस्थालाइ बिश्वाश गर्ने चलन छ।"

"कसैले कसैलाई बिश्वास गर्दैन अहिलेको संसारमा। तिमीले संस्था खोलेर अरुको देखासिकी गर्न मात्रै खोजेको हो।"

"देखासिकी नै गर्नु थियो त मैले संस्था किन खोल्ने भन्थे होला र ! मैले पनि पार्टी खोल्ने भन्थे होला, चुनाब लड्ने भन्थे होला। मन्त्रि बनेर देशको ढुकुटी रित्याउने भन्थे होला नि बरु।"

"सबै कुरा सोचेर मात्रै हुँदैन नि, गर्न सक्ने सामर्थ पनि त हुनु पर्यो।"

"सामर्थ त के के को छ के के को। तर अवस्थाले पो दिएन त।"      

"त्यस्तो सामर्थ भएको र देशको लागि केहि गर्न खोज्ने मान्छे किन बिदेशमा बरालिन आएको त ?"

"के गर्नु त ! देशमा केहि गर्न पाइन्न। आफ्नो रहहरु त पुरा गर्नुपर्यो नि जहाँ भएपनि। एक बारको जिन्दगीमा। हैन र ?"

"ए त्यसो भए संस्था खोल्ने एउटा रहर मात्रै हो तिम्रो, आवस्यकता होइन? अरुको लहै लहैमा संस्था खोलेर तिमीलाई पनि सभापति, अध्यक्ष्य अनि के के हो थरि बन्न मन लाग्यो, अरुले 'तपाइँ' भनोस नभनोस आफै 'मपाइ' भन्ने संख्या बढाउन मन लाग्यो ? धन्यहोस् !"

"हैन मैले कहाँ 'मपाइ' भन्या छु र ! मलाइ नचिन्ने को नै छ र यहाँ। मैले 'मपाइ' हुनै पर्दैन।"

"त्यहि सोच नै 'मपाइ' को शुरुवात हो, बुझ्यौ ? आफुलाई ठुलो ठान्ने, सबै थोकको ज्ञाता ठान्ने। यहि सोचले खायो तिमीलाई पनि। त्यसैले संस्था खोल्ने कुरा गर्दैछौ।"

"त्यस्तो होइन। संस्था मार्फत हामीले हाम्रो अस्तित्व जोगाइ राख्न सक्छौ क्या ! महत्वपूर्ण कुरा त यहि हो नि।"

"के को अस्तित्व ? देश छोडेर आफ्नो अस्तित्व र पहिचान त्याग गरिसके पछि अब के को अस्तित्व ? यस्ता फुस्रा कुरा नगर भो।"

"सबैले खोलेका छन्। मैले खोल्छु भन्दा कसरि फुस्रा कुरा हुन्छ ?"

"ल मानौ खोल्यौ रे एउटा संस्था। त्यसको उद्देश्य चाहि के हुन्छ नि ? कि उही देशमा झैँ पैसा बटुल बाटुल गर्यो सदस्य बनाएर अनि टाप ठोक्यो ?"

"कस्तो कुरा गरया होला ! देशबाट टाप ठोकेर मान्छे यहाँ आउँछन्। यहाँबाट कता टाप ठोक्नु नि।"

"ए त्यसो भए संस्था खोल्नु पछाडी उद्देश्य चाहि पैसा बटुलेर हजम गर्नु नै हो ?"

"संस्था चलाउन पैसा त चाहियो नि। तर पैसा बटुलेर हजम गर्ने कुरा कसले गरेको छ र ?"

"अब पैसा बटुल्दै वनभोज गर्दै हिड्नु भनेको के त ? तिम्रो जस्तो संस्थाले त्यो भन्दा बढि के नै गर्नसक्छ र। कत्रा कत्रा संस्थाले त केहि सिन्को भाँच्न नसक्ने हाम्रो जस्तो देशमा तिमी नाथेले संस्था खोलेर के नै पो गर्ने हो र। उही पैसा उठाउने, पिकनिक मनाउने अनि 'म' फलानो संस्थाको अध्यक्ष्य भनेर 'मपाइ' हाक्ने ........"

"रचनात्मक कामहरु पनि गरिन्छ क्या। खालि पिकनिक गरेर मात्रै पैसा सकाईदैन है।"

"के रचनात्मक काम गर्छौ ? किन र कसका लागि गर्छौ ? बाहुनहरुका लागि पहिले देखिनै 'बाहुन संस्था' छदैछ। त्यसैगरि नेवारका 'नेवार संस्था', क्षेत्रीका लागि 'क्षेत्री संस्था', गुरुङ्गहरुको 'गुरुङ्ग संस्था', मगरको 'मगर संस्था', थारुहरुको 'थारु संस्था' अनि अरु कति कति। हामी नेपाली भन्नलाई एक हौ भन्छौ तर हेरि ल्याउने हो भने एक हुनै सक्दैनौ त्यसैले यस्ता संस्थाहरु खुल्छन। त्यति मात्र कहाँ हो र प्रान्त, जिल्ला अनि ठाउँ पिच्छे संस्थाहरु छन्। जस्तै गोरखाको संस्था, चितवनको संस्था, बिरगंजको संस्था, झापाको संस्था, स्यांग्जाको संस्था आदि आदि।  तिमी नै भन यि सबै संस्थाले अहिले सम्म गरेका कामहरुले त हाम्रो देश संसारको सबैभन्दा राम्रो र विकशित भइसक्नु पर्ने। तर खै त .........."

"नहुनु भन्दा कानो मामा जाति भने जस्तो केहि पनि नभएको ठाउँमा यि संस्थाहरुबाट केहि त भएको छ नि।"

"कतै केहि भएको छैन। सृजनात्मक काम वा विकासका कामभन्दा बरु सिंगो नेपाललाइ दल, जात, वर्ग, अनि प्रान्त प्रान्तमा विभाजित गर्ने काम भएको छ। कम से कम विदेशमा आइसकेपछि त 'नेपाली' मात्र भएर बस्न सिकौ न, किन यहाँ पनि संस्था खोल्दै तछाड मछाड गरिरहनु ?"

तेश्रो व्यक्तिको प्रवेश .......................

"ओहो ! यि दुइ त यहाँ पो रहेछन। संस्थाको कार्यक्रममा आउनु पर्दैन ? कस्तो रमाइलो भएको थियो। अरु केहि गर्न नसके पनि यो संस्थाले बर्षमा गर्ने पिकनिक कार्यक्रम चाहि बडो गज्जबको हुन्छ। अलि बढि पिइएछ कि क्या हो, टाउको घुमाइरहेको छ भन्या .........."

"देख्यौ यहि यो यहाँको वास्तविकता।"
"अँ .......................... खै के भनु अब .................."

  




मतहरू

ArthurDep

play adult sex games body paint sex games video games and sex

DonaldArede

bleach sex games mayuri anime sex rpg games real sex games


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?