Sunday June 20, 2021

बेलायतमा ब्रिटिस नेपाली मूलका बिष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित

२२ बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 1300


बेलायतमा ब्रिटिस नेपाली मूलका बिष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित

शीतलपाटीन्युज डटकम।
५ मे, लन्डन(यूके)। बेलायती राजनीतिमा इतिहास रच्दै बेलायतमा ब्रिटिस नेपाली मूलका  विष्णु बहादुर गुरूङ मेयरमा निर्वाचित भएका छन्। बेलायतमा भइरहेको स्थानीय निर्वाचन अन्तर्गत होन्स्लो बोरो काउन्सिलका मेयरमा गुरूङ निर्वाचित भएका हुन्। यस अघि ब्रिटिस नेपाली मुलका स्वान्लीका पहिलो मेयर शंकर गैरे, दोश्रो कलबर्न टाउन काउन्सील मेयरमा डा जगन्नाथ शर्मा र तेस्रो हड्गस्लो बरोमा बिष्णु बहादुर गुरूङ निर्वाचित हुनु भयको छ।

भूतपूर्व गोर्खा सैनिक रहेका गुरूङ विपक्षी लेबर पार्टीबाट काउन्सिल प्रमुखमा चुनिएको निर्वाचन आयोगले जनाएको छ। उनले सत्तारुढ कन्जर्भेटिभ पार्टीका रञ्जित गिलकालाई पराजित गरेका थिए । गुरूङ सन् २०१४ मा पहिलो पटक काउन्सिलर निर्वाचित भएका थिए । एक सालपछि उनले उपमेयरका रूपमा काम गरेका थिए।

बस चालकका रुपमा समेत काम गरेका गुरूङ होन्स्लो गोरखा नेपाली समाजका संस्थापक अध्यक्ष हुन्। उनी च्यारिटी संस्था साफा,देवाचन बुद्धिस्ट सेन्टर लगायतका सामाजिक संस्थाहरूमा पनि आबद्ध रहेर काम गरिसकेका छन्। उनी सन् २०२१-२०२२ का लागि मेयरका रूपमा निर्वाचित भएका हुन् ।


 




मतहरू


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?