Sunday June 20, 2021

तमुधि युके पूर्व अध्यक्ष एबम् समाजसेवी ज्ञाम गुरुङद्वारा हस्पिटल र गुम्बालाइ भौतिक सामाग्रीहरु प्रदान

२३ बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 2948


तमुधि युके पूर्व अध्यक्ष एबम् समाजसेवी ज्ञाम गुरुङद्वारा हस्पिटल र गुम्बालाइ भौतिक सामाग्रीहरु प्रदान

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपालमा कोरोनाको कहरका कारण कतिपय कोरोना संक्रमितहरुले उपचारको लागि हस्पिटलमा बेड समेत नपाईरहेको बिकराल अवस्था छ। तर बेलायतका एकजना प्रबुद्ध समाजसेवी एवम तमुधी युकेका पुर्व अध्यक्ष ज्ञाम गुरुङले हालै आफ्नो नेपाल भ्रमणका बेला पोखरास्थित एउटा हस्पिटलको लागि बेड लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको समाचार छ।

तमुधि युकेका पूर्व अध्यक्ष एवम समाजसेवी गुरुङले पोखराको नयाँबस-पार्कस्थित साहारा हस्पिटल र पोखरामै नवनिर्मित शाङदाेक पालरी गुम्बा चाउथेकाे लागि बेड,टेबल,कुर्सी,भाडाहरू,कार्पेट र कम्बलहरू लगायतका आबश्यक भाैतिक सामाग्रीहरू आफ्नो स्वर्गीय पुजनिय माता पिताकाे सम्झनामा हस्तान्तरण गरेका हुन्। स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा साहारा हस्पिटलकाे तर्फबाट अध्यक्ष डा. गिरधारी शर्मा र प्रबन्ध निर्देशक बिष्णु पाैडेल उपस्थित थिए। साथै गुरुङको उक्त पबित्र कार्यको प्रसंशा गर्दै हस्पिटलले सम्मान समेत गरेको छ।

त्यसैगरी, गुम्बाकाे तर्फबाट मुख्य धर्म गुरु पाल्देन लामा गुरु स्वयम्को हस्तान्तरण कार्यक्रममा उपस्थिति रहेको थियो। उत्त गुम्बामा २० जना नयाँ लामा गुरूहरूले पठन पाठन गर्दै आएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?