Sunday June 20, 2021

बेलायतको स्थानीय निर्वाचनमा नेपालीलाई सफलता उत्साजनक: डा. हेम राज शर्मा, महासचिव एनआरएनए

२५ बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 1190


बेलायतको स्थानीय निर्वाचनमा नेपालीलाई सफलता उत्साजनक: डा. हेम राज शर्मा, महासचिव एनआरएनए

शीतलपाटीन्युज डटकम।
लण्डन । बेलायतमा विहीवार सम्पन्न निर्वाचनमा तीन जना गैरआवासीय नेपालीहरुले प्राप्त गरेको सफलतालाई गैरआवासीय नेपाली संघले नेपालीको गर्वको विषय भएको जनाएको छ ।

 


बेलायतमा बिहीवार सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, अल्डरशटका वार्डहरुबाट जीव बेलवासे र नेम थापा काउन्सिलर पदमा निर्वाचित पछि संघका महासचिव डा. हेम राज शर्माले एक शुभकामना व्यक्त गर्दै उक्त कुरा जनाएका हुन् । 

शर्माले शुभकामना दिदैै स्थानिय निर्वाचनमा यहाँ रहनु भएका गैरआवासीय नेपालीहरुले प्राप्त गर्नुभएको सफलता सबै नेपालीको गर्वको विषय हो । उहाँको जितले नेपाली र बेलायती समुदायबीच समर्पित भएर काम गर्न अझ सजिलो हुने विश्वास गरेको जनाएका छन् । 

शर्माले जननिर्वाचित प्रतिनिधीको माध्यमबाट बेलायत र नेपालबीचका सम्बन्धमा समेत थप घनिष्ठता थपिने आशा छ । आगामी दिनमा बेलायत र नेपालबीच  उहाँहरुले पुलको भूमिका  निर्वाह गर्दै  नेपाली समुदायको हितमा काम गर्न सफल हुनुहुने छ भन्ने पूर्ण विश्वास लिएका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?