Wednesday September 28, 2022

नेपाली साहित्य विकास परिषदद्वारा शुभकामना तथा स्वागत अभिनन्दन कार्यक्रम सम्पन्न

३० बैशाख, २०७८ शीतलपाटीन्युज डटकम। 2744


नेपाली साहित्य विकास परिषदद्वारा शुभकामना तथा स्वागत अभिनन्दन कार्यक्रम सम्पन्न

- कोमल मल्ल।

 लन्डन,१२ मेइ। बेलायत स्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा भर्चुअलरूपमा विविध साहित्य तथा सङ्गीतको संयोजन गरी नया वर्ष २०७८ शुभकामना कवि गोष्ठी र परिषद्का पदेन संरक्षक महामहिम नेपाली राजदूत लोकदर्शन रेग्मीको स्वागत सम्मान कार्यक्रम भव्यरूपमा सम्पन्न ग-यो।

 

मंगल धुनबाट स्वागत सम्मान गरिएको उक्त भर्चुअल समारोहमा नवआगन्तुक राजदूत परिषद्का पदेन संरक्षक लोक दर्शन रेग्मी लगायत उपनियोग प्रमुख काउन्सलर श्रीमती रोषन खनाल र सैनिक सहचारी कर्णेल रत्न गोदारमा स्वागत अभिनन्दन गरिएको थियो।

 


नेपाल,भारत,अमेरिका र बेलायतका सर्जकहरूको उत्साहवर्धक सहभागिता रहेको उक्त समारोहलाई सम्वोधन गर्नुहँदै परिषद्का पदेन संरक्षक महामहिम राजदूत लोकदर्शन रेग्मीले साहित्यले समाजको समस्टिगत प्रतिबिम्ब गरेको हुन्छ र जीवन र जगतलाई प्रभावित पारेको हुन्छ भन्नु भयो । महामहिम राजदूतले नेपाली साहित्यको समृद्धिका लागि सर्जकहरूमा पु-याउन सकिने सहयोग र सहभागिता आफूले राजदूतावासबाट गर्ने अठोट व्यक्त गर्नु हुँदै स्वदेशको माटोको मायाले सिर्जित रचनाहरूले आफ्नो मन छोएको चर्चा गर्नु भयो ।

 


समारोहमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार यती संस्थाका पूर्व अध्यक्ष बौद्धिक अग्रीणी समाजसेवी व्यक्तित्व डा.राघवप्रसाद धिताल ओबिईले बेलायतमा नेपाली भाषा साहित्यको समृद्धि गर्नमा नेपाली साहित्य विकास परिषद् यूकेको योगदान ऐतिहासिक र महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै नेपाली नागरिकताको निरन्तरताको सम्वन्धमा बन्न लागेको ऐन अपुरो देखिएको छ, त्यसलाई सच्च्याएर जनचाहना अनुकुल बनाउन सरकारको ध्यानाकर्षणमा महामहिम राजदूतबाट पहल गरी दिन आग्रह गर्नु भयो।

यसैगरी समारोहमा उपनियोग प्रमुख रोसन खनालले कुटनीतिक सेवामा राजदूतावासमा आएर यसरी सर्जक साहित्यकारहरूबाट स्वागत अभिनन्दन पाउँदा आफूलाई खुसी लागेको चर्चा गर्नुहुँदै नेपाली साहित्य विकास परिषद् यूकेका साहित्यिक गतिविधिहरू प्रसंशनीय रहेका छन् भन्नु भयो।

स्वागत मन्तव्य राख्नुहुँदै परिषद्का संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र समृद्धिमा परिषद्को स्थापनाकाल सन् १९९५ देखि नै राजदूतावासको सक्रिय सहभागिता र  संरक्षकत्व रहँदै आएको र परिषद्को पदेन संरक्षकको रूपमा समस्त साहित्यकारहरूको तर्फबाट परिषदद्वारा हरेक राजदूतहरूको नव आगमनामा स्वागत अभिनन्दन गर्ने गरेको चर्चा गर्नु भयो।

सभापतिको आसनबाट परिषद्का साहित्यिक गतिविधिहरू वारे चर्चा गर्नुहँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले बेलायत स्थित समस्त साहित्य सर्जकहरूको तर्फबाट नेपाली साहित्य विकास परिषद् यूकेद्वारा अभिनन्दन गरिएको स्वागत सम्मान अभिनन्दन् पत्र र काव्यीक सम्मान पढेर सुनाउनु भई परिषद्का संरक्षक महामहिम राजदूत लोकदर्शन रेग्मीमा समर्ण गर्नु भएको थियो।

समारोहमा परिषद्का प्रमुख वरिष्ठ सल्लाहकार यती संस्थाका पूर्व अध्यक्ष बौद्धिक अग्रीणी समाजसेवी व्यक्तित्व डा.राघवप्रसाद धिताल ओबिईले बेलायतमा नेपाली भाषा साहित्यको समृद्धि गर्नमा नेपाली साहित्य विकास परिषद् यूके को योगदान ऐतिहासिक र महत्वपूर्ण रहेको चर्चा गर्नुहुँदै नेपाली नागरिकताको निरन्तरताको सम्वन्धमा बन्न लागेको ऐन अपुरो देखिएको छ त्यसलाई सच्च्याएर जनचाहना अनुकुल बनाउन सरकारको ध्यानाकर्षणमा महामहिम राजदूतबाट पहल गरी दिन आग्रह गर्नु भयो।

 यस अघि नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराईले नेपाली भाषा साहित्यको समृद्धिका क्रियाकलापहरू यस परिषदले स्वदेशमा र विदेशमा एकरूपताले अगाडि बढाइरहेको चर्चा गर्नुभयो। समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार हरिसिंह थापाले परिषद्को सातौँ संरक्षककोरूपमा वर्तमान राजदूत लोकदर्शन रेग्मीज्यूको सहभागिता परिषदमा प्रेरणादायक हुने विश्वास व्यक्त गर्नु भयो।

समारोहमा परिषद्का उपाध्यक्ष तथा यती नेपाली एसोसिएसन यूकेका वरिष्ठ उपाध्यक्ष तथा शीतलपाटीन्युज डटकमका सम्पादक वाचस्पति रेग्मी,नेपाली साहित्य विकास परिषद् यूकेका महासचिव वीरेन्द्र कुँवर र नेपाल च्याप्टरका महासचिव वरिष्ठ पत्रकार रेडियो नेपालका समाचार वाचक हरिशरण लामिछाने,स्याङ्जाली समाज यूकेका सल्लाहाकार  डेभिड गुरुङ, जानकी माता धार्मीक संघ महिला कल्याणकारी कोष, कोलकोत्ता भारतकी अध्यक्ष रमा शर्मा पौडेल, सम्झना साहित्यिक पत्रिका, कोलकोत्ता भारतका प्रधान सम्पादक गणेशकुमार प्रधान श्रेष्ठ र प्रदेशी साहित्यिक पत्रिकाका सम्पाद विकास कार्की आदि वक्ताहरूले सारगर्भित मन्तव्य राख्नु भएको थियो । समारोहमा परिषद्का नेपाल च्याप्टरका महासचिव वरिष्ठ रेडियो पत्रकार हरिशरण लामिछानेले सर्जकहरूको आपतविपदमा सहयोग पु-याउन एउटा सर्जक कोषको स्थापना गर्न राख्नु भएको प्रस्तावलाई  सहभागीहरूबाट समर्थन गरिएको थियो।

मंगल धुनबाट आरम्भ गरिएको समारोहमा मन्तव्य र कविता वाचनको बीच बीचमा सारङ्गी र हारमोनियमबाट विभिन्न गीतका मीठा धुनहरू प्रस्तुत गरिएका थिए भने श्री जानकी माता धार्मिक संघ कोलकोत्ता भारतकी सांस्कृतिक सचिव कलाकार गायीका सुश्री सन्तोषी सिंह ले विभिन्न नेपाली आधुनिक लोक गीतहरू हार्मोनियम बजाएर गाउनु भएको थियो। परिषद्का कोषाध्यक्ष कवि कलाकार मनोज अन्जान र परिषद्का कार्यकारिणी सदस्य तथा सयपत्री सांस्कृतिक समुह यूके का अध्यक्ष कवि कलाकार डम्बरसिंह 'प्रयास' ले सारङ्गीबाट मङ्गल धुन तथा लोक धुनहरू प्रस्तुत गर्नु भएको थियो ।
समारोहमा नेपाली प्रतिभा प्रतिष्ठन यूके का महासचिव देवेन्द्र खरेस,विश्व नेपाली साहित्य महीसंघ दक्षिण शाखा बेलायतका उपाध्यक्ष थिर थापा , साहित्य चैतारी यूकेका संयोजक वरिष्ठ साहित्यकार वासु शर्माबाट संस्थागत सिर्जनात्मक उपस्थिति रहेको थियो भने कोलकता भारतबाट साहित्य तथा गीत सङ्गीतको संस्थागत संयोजन श्रीश्री जानकीमाता धार्मिक संघ कोलकोत्ता भारतका सभापति गुञ्जदास श्रेष्ठबाट भएको थियो ।

एनआरएन यूकेका सचिव तथा रोयल बरो अफ ग्रीनवीच नेप्लीज सोयाइटीका अध्यक्ष जीत रानाभाटले सञ्चालन गरेको उक्त समारोहको सभापतित्व परिषद्का अध्यक्ष कोमल प्रसाद मल्ल श्रेष्ठले गर्नु भएको थियो भने आरम्भ संचालन महासचिव विरेन्द्र कुँवरले गर्नु भएको थियो।
समारोहमा क्रमश: नेपाल,भारत,अमेरिकाबाट कविता वाचन तर्फ भाग लिने कवि कवयित्रीहरूमा इल्या भट्टराई, ललिता 'दोषी', अ.कृष्णप्रसाद अर्याल, राजेशजङ्ग शाह, हरिशरण लामिछाने,रमा शर्मा पौडेल, सुश्री सन्तोषी सिंह,गणेशकुमार प्रधान श्रेष्ठ, विकास कार्की,सन्जीव गुरुङ,मोहन सिंह,कोमल भट्ट, वासुदेव साप्कोटा, मोहन सिंह,वसन्त रायक्षेत्री, हिन्दमैञा वैद्य, हरिसिंह थापा,डा.सुधा श्रेष्ठ, सङ्गीता श्रेष्ठ 'स्वेच्छा', कल्पाना त्रिपाठी,अहिल्या कुंवर, मोहन आचार्य 'जलद', जीतबहादुर छत्याल, अमित थेवे मिचाहाङ, डम्वर सिंह 'प्रयास', मनोज अन्जान, देवेन्द्र खरेश,थिर थापा,वासु शर्मा,सुरेशजङ्ग शाह र कोमल प्रसाद मल्ल श्रेष्ठ आदि हुनुहन्थ्यो ।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?