Monday November 28, 2022

एनसिआई ग्रुप यूके नाफामा : बाँड्यो शेयरधनीहरुलाई लाभांश

३ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 2167


एनसिआई ग्रुप यूके नाफामा : बाँड्यो शेयरधनीहरुलाई लाभांश

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतको पलमस्टेडमा खुलेको नेपाली व्यवसायीहरुको संस्था एनसिआई ग्रुप यूकेले नाफा बाडेको समाचार छ। संस्था नाफामा रहेकोलेआफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको कुरा संस्थाका अध्यक्ष मोहन गुरूङले बताउनु भयको छ। 

शीतलपाटीन्युज डटकमसंगको भेटमा एनसीआईका सदस्य पवन रेग्मीले पनि नाफा पाएकोमा खुसी ब्यक्त गरेका छन। ग्रुपले हरेक वर्ष बांड्दै आएको लाभांशलाई कोरोना कहरका बीच पनि निरन्तरता दिएकोमा सदस्य रेग्मीले ग्रुपलाई धन्यवाद दिएका छन्।

अग्रज व्यवसायी मोहन गुरुङको अगुवाईमा बेलायतवासी नेपालीहरुको सामूहिक लगानीको अवधारणा सहित सन् २०१३ मा एनसिआई ग्रुप यूकेको स्थापना भएको हो।

हालै सन् २०१९ लागि लाभांश वितरण गरिएको कुरा एनसिआई ग्रुप यूकेका कोषाध्यक्ष एवम् वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट एलएन पाण्डे बताउदै अब महिना भित्रै सन् २०२० को पनि लाभांश  बांड्ने योजना रहेको पाण्डेले सुनाउनु भयको छ। पाण्डेका अनुसार ग्रुपमा सहभागी सदस्य  १ सय ५१ शेयर होल्डरहरुलाई लाभांश बांडिएको छ। ग्रुपले आफ्न सबै लगानीकर्ता शेयरहोल्डरहरु बीच वर्षेनी लाभांश बांडदै आएको छ। 

 

दुलेगौंडा तनहु सोलार प्रोजेक्ट:


कोरोना महामारीको चपेटाका बीच पनि लाभांश वितरण गर्न सकिएकोमा ग्रुपका अध्यक्ष मोहन गुरुङले प्रसन्नता व्यक्त गर्दै ग्रुपले अहिलेसम्म नेपालको काभ्रेमा अर्गानिक फार्म संचालन गरि आम्दानी गरिरहेको बताउनु भयको छ भने दुलेगौडा, तनहुँमा सोलार प्रोजेक्ट निर्माण हुदै अन्तिम चरणमा पुगेको बताउनु भयको छ । साथै बेलायतमा प्रपर्टीमा पनि लगानी गरि सदस्यहरु लाभान्वित भयका छन। 
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?