Thursday July 29, 2021

साउथ इष्ट लन्डन रिजनल तमुधिंको अध्यक्षमा ह्यारी गुरुङ निर्विरोध

३ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1170


साउथ इष्ट लन्डन रिजनल तमुधिंको अध्यक्षमा ह्यारी गुरुङ निर्विरोध

शीतलपाटीन्युज डटकम ।
लन्डन। ह्यारी गुरुङ साउथ इष्ट लन्डन रिजनल तमुधिंको अध्यक्षमा निर्विरोध भएका छन्। यसअघि उपाध्यक्ष रहेका ह्यारी गुरुङ यस पटक अध्यक्ष भयका हुन।

आउँदो दुई वर्ष संस्थाको नेतृत्वको नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न निर्धारित समय सीमा भित्र अध्यक्ष पदमा गुरुङको एकल उम्मेदवारी परेको साउथ इष्ट तमुधिं स्रोतले जनाएको छ। ती स्रोतका अनुसार अध्यक्ष सँगै २३ सदस्यीय कार्यसमितिका सबै पद निर्विरोध बनेको हो। नयाँ कार्यसमितिको औपचारिक घोषणा अर्को आइतबार भर्चुअल माध्यमबाट हुने संस्थाको अधिवेशनले गर्नेछ ।

अध्यक्षमा निर्विरोध गुरुङ हङकङ नेपाली मञ्च यूकेको वर्तमान कार्यसमितिमा पनि अध्यक्ष छन् । एनआरएनए यूकेमा समेत उनी कार्यसमिति सदस्यका साथै खेलकुद विभाग प्रमुखको जिम्मेवारीमा छन् । साउथ इष्ट रिजनल तमुधिंमा सन् २००७ देखि नै सक्रिय अभियन्ता हुन् ह्यारी गुरुङ । उनले यसअघि संस्थाको कार्यसमितिमा सह-कोषाध्यक्ष, महासचिव र उपाध्यक्षजस्ता महत्वपूर्ण भूमिका निर्वाह गरिसकेका छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?