Thursday July 29, 2021

एनआरएनए अमेरिकामा उदाउँदै महासचिवका उम्मेदवार विनोद भट्ट

४ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1389


एनआरएनए अमेरिकामा उदाउँदै महासचिवका उम्मेदवार विनोद भट्ट

सुरेश कोइराला।

न्यूयोर्क। ‘एनआरएनए एनसीसी’ का उज्वल नक्षत्रका रुपमा चिनिएका विनोद भट्टले महासचिवमा उम्मेदवारी दिएका छन् । गोरखा जिल्लामा जन्मिएर अमेरिकालाई  आफ्नो कर्मभूमी बनाएका भट्ट सबैसँग सहकार्य, समन्वय र मिल्न सक्ने व्यक्तिको रुपमा स्थापित हुनुहुन्छ।

विद्यार्थी जीवनदेखि नै नेविसंघमा सक्रिय भट्ट राजनीति, सामाजिक र बौद्धिक व्यक्तित्वका रुपमा चिरपरिचित हुनुहुन्छ। राजनीतिक र सामाजिक अभियन्ताको रुपमा स्थापित उहाँले देशदेखि परदेशसम्म आफूलाई चिनाउन सफल हुनुभएको छ ।
नवीन सोचका धनी भट्ट एक जागरुक र बौद्धिक युवा हुनुहुन्छ। सामाजिक कार्यक्रमहरुमा सहभागी भई सहयोग गर्ने बानी, व्यवहार र लगनशीलताले एक कुशल व्यवस्थापकका रुपमा भट्टलाई स्थापित गराएको छ। 

अमेरिका प्रवेश गरेदेखि उहाँ नेपाली जनसम्पर्क समितिका एक उदयमान युवा नेताको रुपमा परिचित हुनुहुन्छ । अटल विश्वास र लगाव राख्ने भट्टले अमेरिका प्रवेशको सुरुवाती दिनदेखि नै एनआरएन अमेरिकासँग आवद्ध रही महत्वपूर्ण जिम्मेवारीहरू पूरा  गर्दै आउनु भएको छ। 

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूलमन्त्रलाई आत्मसात गरी एनआरएनए अमेरिकालाई उत्कर्षमा पुर्याउन उहाँले सक्दो सहयोग गरिरहनुभएको छ। उहाँको उम्मेदवारी आम अमेरिकाबासी नेपालीहरूमा खुसी र उत्साह छाएको छ। एनआरएनकै अभियन्ता र यसलाई राम्रोसँग जान्नु र बुझ्नुभएका भट्टलाई विजयी गराएमा हामी तमाम एनआरएनहरुको अभियानले मूर्तरुप पाउने र नेपाल सरकारसँग हाम्रो सम्पर्क स्थापित गर्न ‘सेतू’ का रुपमा उहाँले भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?