Thursday July 29, 2021

अध्ययन,ज्ञान,सीप र क्षमताको अधिकतम प्रयोग गर्ने प्रतिवद्धता सहित डा.अर्जुन बन्जाडेको एनआरएनए एनसीसीको अध्यक्षमा उम्मेदवारी

४ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1986


अध्ययन,ज्ञान,सीप र क्षमताको अधिकतम प्रयोग गर्ने प्रतिवद्धता सहित डा.अर्जुन बन्जाडेको एनआरएनए एनसीसीको अध्यक्षमा उम्मेदवारी

सुरेश कोइराला।

टेक्सास । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको अध्यक्षमा डा.अर्जुन बन्जाडेले उम्मेदवारी दिनु भएको छ। मास कम्युनिकेशनमा विद्यावारिधि गर्नु भएका भएको बन्जाडे  एनआरएनए एनसीसीका वरिष्ठ उपाध्यक्ष हुुनुहुन्छ।

 


डा.बन्जाडे सन् १९९८ मा अध्यनय गर्ने सिलसिलामा अमेरिका आउनु भएको हो। अमेरिका आएपछि उहाँले एफआई विद्यार्थीको रुपमा ओहायो विश्वविद्यालयमा डिग्री गर्न आइपुगे। उहाँले ओहायो विश्वविद्यालयबाटै माष्टर डिग्री गर्नु भएको हो । अहिले उहाँ टेक्ससको ट्यारेन्ट काउन्टी कलेजमा स्टेट रिपोर्टिङ तथा स्टुडेन्ट सक्सेसको निर्देशकको रुपमा कार्यरत छन्।

अमेरिकाभर छरिएर रहेका नेपालीलाई एउटै संस्थामा आवद्ध गराउनेदेखि रोजगारी तथा नवप्रवद्र्धन कामका लागि अघि बढ्ने अठोट लिएर आफूले अध्यक्षको उम्मेदवारी दिएको उहाँले बताउनु भयो।
‘एनआरएनए एनसीसीलाई अल्पकालीनदेखि दीर्घकालनी रणनीति बनाएर दिगो आर्थिक स्रोत तथा आय निर्माणमा सबैलाई अग्रसर गराउन म प्रतिवद्ध छु,’ उहाँले भन्नु भयो ‘म अध्यक्षमा निर्वाचित भएमा बहुआयामिक परिमाणमुखी काम गरेर देखाउने छु।’ सर्वसुलभ लगानीको वातावरण सिर्जना गर्ने मेरो पहल कदमी हुनेछ।’एनआरएनएलाई पारदर्शी, जवाफदेही तथा उत्तरदायित्व बोध गराउन महत्वपूर्ण भुमिका खेल्दै नयाँ सोच बनाएर एनआरएनलाई उच्च हाईटमा पुर्याउन मैलेले उम्मेदवारी दिएको उहाँले बताउनु भयो।

डा.बन्जाडेले नेपाल सरकारले दिने गरेको एनआरएन कार्डलाई नेपाली ग्रिनकार्ड बनाउन पहल गर्नेदेखि अमेरिकामा सामुहिक इन्स्योरेन्स  नीति, महिला सहभागिता बढाउने, युवा लक्षित आकर्षक गतिविधि गर्ने, अत्याधिक पञ्जीकृत सदस्य बनाउने लगायतका काम  आफ्नो प्राथमिकतामा रहेको उहाँको प्रतिवद्धता छ। अमेरिकामा पाइने अन्य माइनोरिटीका बेनिफिटका लागि समेत आफूले पहल गर्ने उनले बताए। विभिन्न समसामयिक विषयमा लेख रचना समेत लेख्दै आएका डा. बन्जाडे बौद्धिक व्यक्तित्वको रुपमा परिचित मानिन्छन्। विगतमा गरेको अनुभव  भोलिक दिनमा सुधार गरेर अघि बढ्नका लागि यसको कार्य क्षेत्रबारे अध्ययनरत व्यक्ति भएको नाताले म एनआरएनएको एनसीसीको अध्यक्षको नेतृत्व लिन सक्षम छु भन्ने दावी उहाँको छ।
 
विभिन्न जातजाति,धर्म संस्कृति जुन समुदायबाट आएका नेपाली समुदायका लागि सेवामुखी र सकारात्कम गरिमा बोकेको एनआरएन निर्माण गर्ने चाहना उहाँको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?