४ जेष्ठ, २०७८
शीतलपाटीन्युज डटकम।
लन्डन । ग्राजुएट इन्टरपेनर्स नेप्लिज सोसाईटी यूके अध्यक्षमा तिलक भट्टराई पुन: निर्वाचित हुनु भएकाको छ । आइतबार जुम मार्फत भर्चुअल रुपमा भएको साधारण सभाले कोरोना भाईरस (कोभिड १९) का कारण उत्पन्न परिस्थितिलाई मध्य नजर गरि पुरानो कार्यसमितिलाई नै सर्वसम्मत रुपमा आगामी कार्यकालको जिम्मेवारी दिइएको हो।
जेन्स यूके कार्यसमितिका सल्लाहकार मोहन गुरुङ , डा. मुकुन्द बास्तोला, एलएन पाण्डे, राजेन कंडेल र ललित न्यौपानेलाई पुन सल्लाहकारमा मनोनयन गरिएको छ। भट्टराईको अध्यक्षतामा निर्वाचित कार्यसमितिमा उपाध्यक्षहरूमा दिपक गैरे, श्याम खत्री र गणेश थापा छन् । महासचिवमा राजेन्द्र भण्डारी,कोषाध्यक्षमा राम थापा र सचिवमा रविन्द्र रानाभाट छन्। सदस्यहरुमा सूर्यविक्रम केसी, सन्तोष कार्की र राजेन्द्र खस छन् । कार्यसमिति सल्लाहकारमा शालिकराम सापकोटा, लेखनाथ गैरे, लक्ष्मण पाण्डे, बिष्णु चोङबाङ र मैना शर्मा घिमिरे रहनु भयको छ।
पुन: निर्वाचित अध्यक्ष भट्टराईले जेन्स यूके नेपाली संघसंस्थासँग हातेमालो गरि अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भयको छ । उनले हालको परिस्थिति परिवर्तन भएपछि कमर्सियल क्षेत्रमा अझ संसक्त ढंगले अघि बढाउने प्रतिवद्धता व्यक्ति गरे। म एकसय भन्दा बढी सदस्य रहेको जेन्स युकेमा २० जना आजीवन सदस्य छन्। जेन्स यूके बेलायतमा रहेका नेपाली इन्टरपेनर्सको साझा संस्था हो। बेलायतभर इबजार तथा प्रविधिको क्षेत्रमा संस्थाले काम गरिरहेको छ। जेन्सले बेलायतमा प्रविधिको क्षेत्रमा सहुलियत दरमा काम गरिरहेको छ र अब छिट्टै प्रोपटी डेभलपमेन्ट तिर लाग्ने जानकारी अध्यक्ष भट्टराईले दिएका छन। कोरोना संक्रमणबाट नेपाली समुदायलाई बचाउन विशेष भुमिका निर्वाह गरेको जेन्स युकेले आगामी दिनमा अझ सामाजिक क्षेत्रको भुमिकालाई बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।