६ भाद्र, २०७५
नेपाली समुदाय बेलायतमा निकै चर्चित नेपाल मेला विविध साँस्कृतिक कार्यक्रमका साथ मनाउने भएको छ । तुमुधिं युकेको आयोजना, नेपाली राजदूतावास लण्डनको सहकार्य र बेलायतमा बस्ने नेपालीहरुको सक्रिय सहभागितामा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ सन् २००९ सालदेखि नेपाली कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले ‘नेपाली मेला’ को आयोजना गर्दै आएको छ । आगामी अगष्ट २६ तारिक आइतबारका दिन लण्डनस्थित क्याम्पटन पार्क, रेसकोर्षमा आयोजना गर्न लागेको ‘दसौं नेपाली मेला’ लाई सफलतापूर्वक सम्पन्न गर्नका लागि तमूधिं यूकेका उपाध्यक्ष हित काजी गुरुङको संयोजकत्वमा मेला तयारी समितिको गठन भएको छ । करीब ८–१० हजार दर्शकको उपस्थितिमा आयोजना हुन लागेको मेलाको तयारी कसरी हुदैछ भन्ने बारेमा मेला संयोजक गुरुङसंग गरिएकोे छोटो कुराकानी ।
मेलाको बारेमा बताईदिनु होस् ?
नेपाली मेलाको बारे धेरै बेलायतवासी नेपालीहरुलाई थाहा भएकै कुरा हो । यसलाई तमुधिं युकेको आयोजनामा सन् २००९ साल देखि प्रत्येक बर्ष यसको आयोजना गरिदै आएको छ । नेपाली भाषा, कला र संस्कृतिको भनेको हाम्रो पहिचान हो । यसलाई जीवन्त राख्नु भनेको हाम्रो सबैको कर्तव्य पनि हो । यसै कुरालाई हृदयगमन गर्दै हामीले प्रत्येक बर्ष नेपाली संस्कृति झल्काउने खालको कार्यक्रमको आयोजना गर्दै आएका छौं । यसमा बेलायतस्थित नेपाली संघसंस्थाहरुको ठूलो भूमिका र सहभागिता रहदै आएको छ । नेपाली मेला हामी सबै नेपालीहरुको साझा कार्यक्रम हो । सदा झै यसपटक पनि हामीले लण्डनस्थित क्याम्पटन पार्कमा विभिन्न जातिय झा“की, तमूहरुको ट्होटें र नृत्यहरु प्रस्तुत् गरेर मनाउदै छौं ।
मेलाको आयोजना गर्नुको उद्देश्य?
हाम्रो मातृभूमि नेपाल भएपनि कर्म भूमि बेलायत हो । हाम्रा भाषा हराए, संस्कृति हराउँछ, संस्कृति हराए पहिचान हराउन सक्छ । त्यसैले हाम्रो पहिचानलाई जीवन्त राख्न पनि यसको आयोजना गरिएको हो । हाम्रो आफ्नै भाषा, कला र संस्कृति छ । त्यही भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नुपर्दछ भन्ने उद्देश्यका साथ हामीले नेपाली मेलाको आयोजना गरेका हौं । अर्को उद्देश्य भनेको नयाँ परिवेशमा छौं । हाम्रो बालबच्चाहरुलाई आप्mनो परम्परा र संस्कृतिलाई बुझाउनु हो, सिकाउनु हो र हस्तान्तरण गराउनु हो ।
कहाँ र कहिले मेलाको आयोजना हुदैछ?
आगामी २६ अगष्ट आइतबारका दिन क्याम्पटन पार्क रेसकोर्समा दसौं नेपाली मेलाको रुपमा आयोजना गरिदै छ ।
मेलाको तयारी पूरा भएकै हो त?
तमुधिं युकेले मेरो संयोजकत्वमा ६५ जना रहेको मेला आयोजक समिति गठन गरेको छ । मेरो संयोजकत्वमा रहेको समिति,संङ्गो कार्यसमिति, आजीवन सदस्य र नेपाली रादूतवास लण्डन गत ३ महिना देखिनै तयारीमा जुट्दै आएको छ । मेलाको अहिले तयारी पूरा भएको छ ।
मेलाको बिशेष आर्कषण?
सदा झै झाँकी तथा नृत्यमा सहभागी मध्येका उत्कृष्ट भएका संघसंस्थालाई एम्बासेडर र एनआरएनए युके कपद्वारा पुरस्कृत गर्ने छौं । विगतमा झै नेपाली कला र संस्कृति झल्किने झाँकी प्रर्दशन गरिने छ । यसबर्ष दसौं मेला भएको हुँदा हामीले यसलाई बिशेष रुपमा मनाउन लागेका छौं । यसपटक पक्कै पनि विगतको भन्दा केही फरक पाउनु हुने छ ।
तपाईले एम्बासेडर कप र एनआरएनए युके कपको बारे अलिकति जानकारी पाऊ न?
हामीले सन् २००९ साल देखि नेपाली मेलाको आयोजना गर्न थाले पछि नेपाली दूतावास लण्डनले पनि यस मेलालाई साथ दिएको हो । दूतावासले सन् २०१० साल देखि झाँकी तथा नृत्य उत्कृष्ट हुने समूहलाई एम्बासेडर कप प्रदान गर्दै आएको छ । त्यस्तै, एनआरएनए युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङको पाला देखि उत्कृष्ट समूहलाई एनआरएनए युके कप प्रदान पनि गर्दै आएको छ । उहाँहरुको साथ र सहयोगले नेपाली मेलाको अझ गरिमा बढेको छ ।
कति दर्शकहरुको उपस्थिति रहने अपेक्षा गर्नुभएको छ ?
दर्शकको सहभागिता भनेको मौसममा पनि भर पर्दछ । तर, बिगतको रेकर्डलाई हेर्ने हो भने पक्कै पनि ८/१० हजार दर्शकको सहभागीता हुनेछ ।
हेल्थ एण्ड सेप्mटीलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?
क्याम्पटन पार्क एउटा व्यवस्थित भेन्यू हो । यो एउटा घोडा रेस गर्ने ठाउँ हो । हेल्थ एण्ड सेप्mटीलाई त्यहाँको व्यवस्थापनले पूर्ण रुपमा नै जिम्मेवारी लिने गर्दछ । सुरक्षाका लागि सेक्युरिटी, एम्बुलेन्स र अरु सेप्mटीको पनि क्याम्पटन पार्कले नै व्यवस्थापन गर्दछ ।
यसपटक कतिवटा संघसंस्थाले भाग लिदै छ?
नेपाल चार जात छत्तिस बर्णको पूmलवारी भने झैं विभिन्न जातिय र क्षेत्रीय संघसंस्थाहरुले भाग लिने छ । संख्याकै कुरा गर्ने हो भने अहिलेसम्म २६ वटा संघसंस्थाले भाग लिनका लागि दर्ता गरिसकेका छन् ।
कति खर्च हुन्छ त, मेलामा?
खर्चकै कुरा गर्ने भने यो मेला निकै खर्चिलो छ । यसमा हामी तमुधिं युकेका थुप्रै स्वयंसेवकहरु लागी परेका छौं । तै पनि ३०–३५ हजार पाउण्ड नगदै खर्च हुन्छ ।
नेपाली बाहेक अरुको पनि उपस्थिति रहन्छ वा रहदैन?
हाम्रो उद्देश्य भनेको स्थानीय अंग्रेजहरुलाई पनि उपस्थिति गराउनु हो । तर, त्यसमा हामी पूर्ण रुपमा सफल हुन सकेका छैंनौं । तैपनि हामीले स्थानीय मेयर, काउन्सिलर र बिशेष व्यक्तिहरुलाई निमन्त्रणा गरेका छौं । त्यस्तै, हामीले सदाझै यसपटक पनि नेपाली दूतावास लण्डनको पहलमा बेलायतमा रहेका विभिन्न राष्ट्रका राजदूत वा कुटनैतिज्ञ नियोगका प्रतिनिधिहरुको पनि सहभागीता रहनेछ ।
व्यापारीक स्टलहरुको बारेमा जानकारी गराईदिनुहोस् न?
खानाको ६ वटा स्टल रहन्छ । जुन पूरा भैसकेको छ । ३० वटा स्टल आर्ट एण्ड ग्यालरी, व्यापारी र अरु पसलहरुको लागि छुट्ट्याईएको छ । जसको हाम्रा उपाध्यक्ष नन्दजङ्ग गुरुङले संयोजन गर्नुभएको छ । सायद १÷२ वटा स्टल अझै पनि बाँकी हुनु पर्छ । इच्छुक महानुभावहरुले उहाँलाई सम्पर्क गर्नसक्नु हुनेछ ।
प्रवेश शुल्क कति तोक्नु भएको छ?
१२ बर्ष भन्दा माथिको लागि ५ पाउण्ड, १२ बर्ष मुनीका बालबच्चाहरुलाई ३ पाउण्ड, कार पार्किङ्ग ५ पाउण्ड र बस पार्कको १० पाउण्ड तोकिएको छ ।
पुरस्कारको बारेमा बताईदिनुहोस न?
हामीले एम्बासेडर कप र एनआरएनए कप बिजेतालाई ११ सय पाउण्ड, उपबिजेता अर्थात दोस्रोलाई ७ सय पाउण्ड र तेस्रोलाई ५ सय पाउण्ड नगद, मेडल र प्रमाणपत्रको व्यवस्था गरेका छौं । त्यस्तै, नृत्य तर्फको प्रथमलाई ५०० पाउण्ड, दोस्रोलाई ४०० पाउण्ड र तेस्रोलाई ३०० पाउण्डको व्यवस्था गरेका छौं । र, गतबर्षबाट सान्त्वाना स्वरुप झाँकीतर्फ ३ र नृत्यतर्फ २ वटा संघसंस्थालाई २००÷२०० पाउण्ड नगद र प्रमाण पत्रको व्यवस्था गरेका छौं ।
युवाहरुको उपस्थिति के कस्तो रहला?
वास्तवमा यो कार्यक्रम भनेकै युवाहरुको लागि हो । युवाहरुले आप्mनो नेपाली भाषा, कला र संस्कृतिलाई जीवन्त राख्न सकुन् भन्ने हाम्रो मुख्य उद्देश्य हो । कतिपय युवाहरु झाँकीमा समेत सहभागी हुन्छन् । तर, बढी भन्दा बढी उनीहरुको उपस्थिति रहोस् भन्नाका लागि हामीले उनीहरुलाई २ घण्टा समय छुट्टयाएका छौं । जुन समयमा उनीहरुले स्टेजलाई नेपाली संगीतमय बनाउने छन् । बिशेष गरी यसपटक बेलायतमा निकै चर्चित दाजुभाइ व्याण्डको पनि बिशेष प्रस्तुती रहने छ ।
अन्त्यमा केही भन्न चाहनु हुन्छ की?
हामी बेलायतवासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई नेपाली मेलामा स्वागत गर्न आतुर छौं । आगामी २६ अगष्टका दिन क्याम्पटन पार्क रेसकोर्ष जाऔं, नेपाली कला र संस्कृति प्रस्तुत् गरौं । क्याम्पटन पार्कलाई नेपालीमय बनाऔं । सबै मिलेर दसौं नेपाली मेलालाई भव्य रुपमा सफल पारौं । धन्यवाद ।