Wednesday October 20, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -४२

९ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1548


घान्द्रुकमा स्कूल मेरो अनुभव :  संस्मरण -४२

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि,घान्द्रुक,कास्की।

Clean up  campaign   1987   ....

           
विद्धार्थीहरुलाई  किताब पढाएर,घोकाएर मात्र  बिद्धार्थी सक्षम हुन सक्तैनन्। यही कुरालाई ध्यानमा राखेर हामीले बिद्धार्थीहरुलाई खेलाउन,घुमाउन, स्कूल निर्माणको समयमा भारी बोकाउन, सरसफाइ  गराउन अगाडि वडाउँथ्यौ। सरसफाई अभियान त स्कूलभित्र, स्कूलबाहिर, गाउँमा समेत चलाउथ्यौ । माइकको  साथमा हामी गाऊँ घुम्थ्यौ सरसफाईको लागि। अर्को शव्दमा हामीले हाम्रा विद्धार्थीहरूलाई  सरसफाईका अभियान्ताहरु पनि भन्दथ्यौ। यस्तो कार्यक्रम हामीले महिनामा एकदुई पटक चलाउथ्यौ।

 


बैशाखको अन्तिम हप्ता थियो। स्कूलमा शैक्षिक भ्रमणको  कुरा चलेको थियो। त्यही समयमा एक्यापका हाकीमले अन्नपूर्ण वेश क्याम्प सफाई अभियान पनि चलाऊ भन्ने कुरा भयो। अनि हामीले  ल्पेकार्ड वनायौ। clean  up  campaign -1987  भन्ने 10/15  वटा र एक्यापका चारजना र स्कूलका  बिद्धार्थी 20/22 जना गरी कृष्णसर सहित। हामी  जेस्ठ महिनाको पहिलो हप्ता एकएक प्लास्टिकको झोला बोकेर अन्नपूर्ण बेशक्याम तिर लाग्यौ। अन्नपूर्ण  आधार शिविर Annapurna bese camp  बिश्वकै  चर्चित प्राकृतिक रुपले स्वर्गको अनुभूति हुने क्षेत्र हो। जस्को कारण त्यहा वर्षेनी हजारौ हजारौको  सँख्यामा पर्यटकहरूको घुईचो लाग्छ। तिनै पर्यटकले  बाटोको वरपर धेरै फोहोरहरु फालेका रहेछन्। त्यो हामीले टिप्तै अगाडि वढ्यौ। डढाउन मिल्ने डडाऊदै नमिल्ने खाल्टो खनेर गाड्दै गयौ। त्यो दिन हामी  खुल्दी घर पुग्यौ वस्न। त्यहा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले एउटा नमुना होटल चलाएको रहेछ। पूर्ण कुमारी मेडम त्यहाँको हाकिम हुनुहुदो रहेछ। हामीलाई वहाले बस्ने ठाउ मिलाई राख्नु भएको रहेछ। हामी त्यही बास वस्यौ। भोलिपल्ट बिहानको खाना पछि हामी अगाडि वढ्यौ। पूर्णजी पनि हामीसँग जानु भयो। बाटोमा हामी फोहोर टिप्तै  अगाडि बढ्यौ। दुई घण्टामा हामी वम्वु हुँदै दोभान्   पुग्यौ। फोहोरले पनि झोला भरियो। एक्यापको नेतृत्व गर्दै होम बहादुर गुरूङ, अखिल र गोपाल माईलाले खाल्टो खन्ने टिनका वट्टा  गाड्ने तिर लागे। कृष्ण सर र पूर्णजीले फोहोर डडाउने व्यवस्था गर्नतिर लाग्नु भयो। काम पछि  हामी पुन अगाडि बढ्यौ। फोहोर टिप्तै दोभान् र हिऊको वीचमा पुग्दा त्यहाँ पोजिनिङ्र वराह देवताको  स्थान रहेछ बाटो भन्दा अलि तल। वराह देवतालाई  धुप धजाले पूजा गरी अगाडि बढ्ने चलन रहेछ। त्यो ठाऊमा छोमोङ्का होटलहरूले वर्षको एक पटक  भेडाको थुमाले पुजा गर्दा रहेछन्। पुजा नगरी अगाडि बढेमा अनिस्ट हुन्छ भन्ने भनाई रहेछ। ऊक्त कुरा  छोमोङ्का एक भेडा गोठालेले भन्नुभयो। वहाले पुन भन्नुभयो, यहा आईपुग्दा आइमाई भन्नहुन्न,यदि आइमाईको नाम लिन परेमा चुल्ठो बाट्ने भन्नुपर्छ। त्यस्तै कुखुरा भन्न परेमा घु कोट्याउने र भैसी भन्न  परेमा ठूलो सिँगे र सुँगुर भन्न परेमा नाकले जोत्ने   भन्ने चलन छ सर भन्नुभयो। त्यसको निश्चित एरीया  छ, त्यसभित्र भन्न हुन्न। त्यो भन्दा बाहिर भन्नुहुन्छ  भन्नुभयो।

त्यहाँ बराह देवतालाई पुजागरी हामी अगाडि बढ्यौ। करीब एक घण्टामा हामी हिउँको गुफा पुग्यौ। त्यहाँ  वसेर हामीले बाटोमा टिपेका फोहोर मैलाको व्यवस्थापन गर्यौ। समय पनि घर्कि सकेको थियो। हामी त्यही गुफामा बस्यौ। जाडो त्यति थिएन,चट्टान भित्र खुला ठाऊमा आँफूसँग भएका कपडा प्रयोग गरी सुत्यौ। खुला आकाश जस्तै ठाउमा पनि हामी सबै मस्त निदायौ। अशल काम गरेर थाकने मन मस्तिष्क स्वस्थ हुने परिस्थितिमा मानिस जस्तोमा पनि सुत्न सक्छ भन्ने गफ गर्दै हामी अगाडि वढ्यौ। हामी अलि अगाडि बढेपछि हाम्रो देबपट्टि माथि भिरमा एउटा अग्लो वुद्धको मूर्ति देखियो। हामी एक छिन अडिएर त्यो दृस्य हेर्यौ। त्यो मूर्ती कस्तो थियो  भने हिऊहिऊले वनेको भएपनि कालिगडले कुँदेर वनाएको जस्तो अति आकर्षक देखिन्थ्यो। विद्धार्थीहरूले यस वारेमा धेरै प्रस्नहरु गरे। त्यसको उत्तर दिदै हामी अगाडि बढ्यौ। द्यौरालीमा पुगेर  फोहोर व्यवस्थापन गरी सकेपछि एकछिन विसायौ।

अनि त्यो सागुरो भज्ज्याङ् कहिले उदाङ्गिएला र अगाडिका रमाइला दृस्य देखिएला भन्ने आशा लिएर  हामी अगाडि बढ्दै गयौ। साँच्चै भनुँ भने त्यहाँको  कस्टदायक पदयात्रामा नयाँ नयाँ परिस्थिति जन्य बिशेषताहरुको अवलोकन गर्दै जादा हामीलाई  अद्भूत जोस पैदा भएको थियो। हिँड्दै गर्दा हामी एक घण्टामा अन्नपूर्ण स्याञ्चुरी भित्र छिर्यौ फोहोरको भारीका साथ। जुन जोस हामीमा थियो। त्यो भित्र  एक किसिमको स्फूर्ति र शक्तिको विकाश भएको हामीमा अनुभूति भयो। हामीले त्यो फोहोरको  व्यवस्थाप नगरी एकछिन वल बिसाएर त्यहा पनि सर सफाई गर्यौ र त्यही वस्यौ। त्यहाँबाट पूर्व तिर अति सुन्दर माछापुच्छे हिमाल उत्तरतिर अन्नपूर्ण हिमाल दक्षिण तिर हिमचुली हिमालको अति सुन्दर दृस्य देखेर हामी रमाउनु रमायौ।

भोलि पल्ट हामी अन्नपूर्ण  वेशक्याम्प गयौ।माछापुच्छेबाटअन्नपूर्ण वेसक्याम्प जान हामीलाई दुई घण्टा लाग्यो। त्यहा फोहोरको डङ्गुर रहेछ। त्यो व्यवस्थापन गर्न हामीलाई हम्मेहम्मे भयो। त्यो सवै व्यवस्थापन गरी सक्दा हाम्रो केटाकेटीहरू थाके। फर्कने समय त थियो सवैले वस्न मन गरे। त्यो अभियानमा साना विद्धार्थीहरु पनि थिए। मेरो छोरी  उषा किरण र छोरा प्रकास पौडेलले पनि भाग लिएका थिए। छोरी उषा मेश्रम वराहमा नै पढ्थिन्। उनी सवै भन्दा सानी कक्षा ६ मा पढ्दै थिईन। भोलिपल्ट हामी फर्क्यौ। फोहोर टिप्न नपर्ने र ओरालोको कारण हामीलाई छिटै भयो। बाटो हिँड्दै गर्दा एकादुई छुटेका फोहोर भने टिप्तै फर्कियो। बानी पनि यस्तो भैसकेको रहे छ कि  फोहोर देख्ने  वित्त्तीकै  टिप्न मन लाग्ने भएको रहेछ। हामी पाच दिनका दिन घर आयौ।

क़्रमस:
 




मतहरू

WilliamDen

milfs dating.com bondage dating

KevinDyerm

gay male dating in alabama dating a religious guy gay gay teen diaper dating

KevinDyerm

john garzon miami gay dating best gay dating website dating as a gay ftm

KevinDyerm

gay dating sites san francisco gay sex dating site gay reality dating show

KevinDyerm

gay phone dating site gay furry dating sim game gay dating black

PatrickVep

singapore gay dating website gay dating toronto gay dating site free pics

MichaelHem

gay internet dating gay dating sims steam gay silver daddy dating

HenryHox

older male gay dating gay dating tips how to find old for old gay men dating

HenryHox

only dating gay gay dating sites ads online dating gay

Gustavomaife

buy assignment essay writer com

Matthewron

thesis editing services write my thesis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?