Sunday June 20, 2021

असती कोरोना : गद्य कविता

११ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1098


असती कोरोना : गद्य कविता

साहित्य विधा -गद्य कविता
शीर्षक  - असती कोरोना

मोहन आचार्य "जलद"
लण्डन बेलायत।


सांसारिक यात्रा
निरन्तर चल्दै गर्दा
प्रकृतिको कला
श्रृङ्खला भत्काउने
मानवलाई
बेला बेलामा
दण्डित हुने गर्छ
अनेकौँ रोगका
जीवाणु
कीटाणु
भाइरस
यहींमध्ये
असती कोरोना आयो
दुनियाँलाई हल्लायो
चीनको उद्गम हुदै
कोभिंड १९ काे  नाम
बोकेर
शक्तिसम्पन्न
विज्ञान प्रविधिले
सुसज्जित देशलाई
हायल कायल पार्दै
युरोप अमेरिका हुँदै
भारत पुग्यो
नेपाली जनजीवनको
आर्थिक कठिनाइ
जोहो गर्नेहरू
भारतका शहरमा
धेरैं रामबहादुर छन्
धेरै रामप्रसादहरू छन्
कोभिंडको कहर
भारतीयलाई हुँदा
त्याे भाइरस् सुटुक्क
रामबहादुर
र रामप्रसादलाई
सीतादेवीहरूलाई
सरेर  आएछ
गाउँवस्तीहरूमा
सीमाना जोडिएको
युगौंयुगसम्म
छिमेकीको भरमा
जीविका चलाउन
जाने जिन्दगी
आखिरी
त्यही क्रममा
असती कोरोनाले
आफनो साम्राज्य
विस्तार गरेछ
चीनको कोरोना
रूप 
गति 
र शक्ति
बदल्दै
ज्यानमारा भएछ
यहीं कोरोनाले
मलाई छोयो
मेरो परिवारलाई
पनि छोडेन
आखिरी बार लगाउने
एकजोर खोप
भाइजर लगाइयो
हत्यारा पापीको
रूपमा
अदृश्य बनी
मात्र
मानव जीवनप्रति
लक्षित गरी
दिनु कष्ट पीडा दिँदैछ
असती कोरोना!
तैँले
आखिरी दिनमा
बाँचिरहेका
किन मर्न विवश
बनाउछस् ?
जसरी आइस्
उसरी जा
के तँ प्रकृतिको
हितको लागि
आएको होस् !
तेरो अन्त्य गर्ने
हाम्रो चाहना छ
बाहना बनाएर
अब तेरो
नामोनिसान
मेटाउने
प्रयास जारी छ
अव त
प्रयोगशालामा
मात्र सम्भव हुनेछस्
युगको शक्ति
अब मानवको
हातमा छ
खगोल
भूगोल
भित्रका कुराहरू
निकालेर
तेरो अन्त्य गर्नेछन्
हे असती कोरोना!
तेरा दिन
तेरा कदम
तेरा शक्ति
सबै मानिसको
कब्जामा हुनेछ
सावधानी
सतर्कता
होशियारी
स्वस्थ्य सुरक्षा
आदि इत्यादि
उपाय लिएर
तेरो नाश गरिनेछ
असती कोरोना !
तेरो अन्त्य हुनेछ।
लाखौँ आत्मालाई
 शान्ति मिल्नेछ
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?