Sunday June 20, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -४३

१६ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1350


घान्द्रुकमा स्कूल मेरो अनुभव :  संस्मरण -४३

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि,घान्द्रुक,कास्की।

शिक्षा पुरष्कारले सम्मानित हुदा:


सम्पन्नता र बिपन्नताको परिभाषा छुट्ट्याउन त्यति सजिलो छैन,जति हामी विचार गर्दछौ। यी दुईको दुरी  पनि थाहा छैन हामीलाई। पहिला दुई कोठाको समस्या थियो त्यो पुरा हुदा एउटा आनन्द। फर्निचर  भएन,त्यो पुरा हुदा अर्को आनन्द। गाई र भेडी गोठलाई चरनको लागि खर्क चाहे जस्तै केटा केटिहरुको लागि खर्क चाहिन्छ त्यो पनि तयार भय। केही समय पछि पुरानो स्कूल भवनले काम दिएन, त्यो समस्या पनि नयाँ स्कूल भवनले समस्या समाधान भयो। खेलकूद विज्ञानका सरसामान पनि चाहिने भन्दा वढिनै भए। वत्ती पानीको पनि समस्या रहेन। कम्पाउन्ड,वृक्षारोपण सवै भयो। विद्धार्थीहरु पनि  चाहिने जति भए। शिक्षकलाई अतिरिक्त तलब भत्ताको पनि व्यवस्था भयो। छात्रवृत्तिको लागि कोष पनि खडा भयो। शिक्षक समस्या भने रहेको रहै भयो। विषय शिक्षक अड्याउन भने कठिनै भयो।

 


मेरो मनमा शिक्षक क्वाटर र विद्धार्थी क्वार्टरको  कल्पना आयो। लोकल शिक्षक त्यति तयार भएनन्। भएका पनि विदेशै ताके। त्यही समयमा जापानबाट  एउटा चिठी आयो यमाजीको। चिठीमा 'मिस्टर पौडेल  15 Feb 1989 मा हामी तिम्रो सुन्दर स्कूल र तिम्रा  रसिक विद्धार्थीहरु भेट्न आउँछौ भनि लेखेको रहेछ।  त्यो चिठी पाएपछि समितिको मिटिङ् राखे र यसको  वारेमा चर्चा विचर्चा गर्यौ। 5 May मा हेलिकोप्टर बाट मिस Yamaji Iwasaki र ozawa  एउटा दोभाषे लिएर आए। पाहुनाको भव्य स्वागत भयो। हेलिबाट यमाजीलाई ओलिङ्काठमा वोकेर स्कूल भित्र ल्याइयो। वहाको दुवै खुट्टाले टेक्दैनथ्यो। वहा बैसको हिरोइन हुनु हुन्थ्यो। पछि आएर वहा  cultural  foundation को अध्यक्ष हुनुहुन्थ्यो। यो  Organisation  भनेको  Non  profitable  Organisation थियो। सामाजिक काम मात्र गर्ने। Iwasaki त्यो  सस्थाको  सचिव हुनुहुन्थ्यो। 0zawa  ले तिनीहरुलाई घान्द्रुकको वारेमा  वताएर ४ लाख ९० हजार दुईशय ल्याई दिएका थिए। स्कूल भित्र आए पछि वहाले Very  beautiful स्कुल And beautiful village भन्दै म तिर हेरेर हास्नू भयो। वहाले जापानीजमा भन्नुभयो हामीले वुझ्ने  कुरा भएन। दोभाषेले वहाको कुराको उल्था गर्दै भने, Ozawa बाट यहाँका रसिक विद्धार्थीहरु, सुन्दर स्कूल,यहाका अभिभावक,शिक्षक,मिस्टर पौडेलको   वारेमा धेरै सुनेकि थिए। आज देख्न पाउदा धेरै खुशी लाग्यो। यी विद्धार्थीहरुको अशल भविश्यको कामना गर्दछु र म पुन आऊने प्रयास गर्नेछु भन्नुभयो भनेर राम गर्तौलाले भने। छोटो समयको वसाईबाट वहा केही नखाई खर्कनु भयो। उक्त स्वागत समारोहमा डा  चन्द्र सर पनि हुनु हुन्थ्यो,अभिभावकहरु प्राय हुनुहुथ्यो्।

 


त्यसैको आउदो फागुनमा राष्ट्रिय शिक्षा समितीले  मलाई जिल्लामा राम्रो काम गरे बापत भनी एउटा  राष्ट्रिय पुरस्कार घोषणा गर्यो। उक्त कुरा रेडियो नेपालबाट सुनीयो। म खुसी हुने कुरा स्वभाबिकै  थियो। मेरा बिद्धार्थीहरु पनि वढी नै खुसी भए।
एक  दिन अनायस स्कूल समितिका अध्यक्ष स्कूलमा आउनु भयो,त्यस्तै अन्य गाऊका प्रतिस्ठितहरु पनि। अफिस खचाखच भयो। अलि समयको अन्तरालमा  एक्यापका हाकिम मिग्मा र डा चन्द्र पनि आउनु भयो । मलाई केही थाहा थिएन। डा चन्द्रले चिया त चाहियोनि हेडसर भन्नु भयो। यत्रो मानिसलाई कसरी  खुवाओस बीचरा भनेर सिँगराज र चन्द्र वहादुरजीले  भन्नुभयो। पधेराको होटलमा ठूलो कित्लीमा चिया पकाएर ल्याउने भन्दै आले भनेर मीन वहादुरजीले भन्नुभयो। कृष्ण सरले गैहाल आले दाई भन्नुभयो। पहिला हेडसरलाई वधाई छ भन्दै हात मिलाउन भयो मीग्मा सरले। चन्द्रसरले तिम्रो मिहीनेत र ईमान्दारी  देखेर राष्ट्रिय शिक्षा समितिले सम्मान गर्यो भन्दै हात मिलाउन भयो। डा चन्द्र र म कलेजका सहपाठी  भएको कारण तिमी भन्ने चलन थियो। अनि क्रमैसँग  भलादमीहरुले वधाई ग्यापन गर्नु भयो। चिया आयो, चिया खायौ। अध्यक्ष अमर वहादुजीले ओजवा आउने कहिले हो हेडसर भन्नुभयो। पर्सि आठ गते मैले  सानो स्वरमा भने। घण्टी वज्यो मेरो कक्षा थियो मैले अनु मति लिएर कक्षामा गएँ। वहाहरु गुरुङ् भाषामा  कुरा गर्दै हुनुहुन्थ्यो। कृष्ण,शङ्कर र तिल सरहरुको   कक्षा थिएन त्यही हुनुहुन्थ्यो। म कक्षा सकेर आउदा सवै गै सक्नु भएछ। सिँगराज,चन्द्र वहादुर, खुसीमान  दम वहादुर,भारती थाईला,कटक वहादुर, गुप्ताको आमा भने स्कूलको अफिसको वाहिर गफ गर्दै हुनुहुदो रहेछ।

 

म आएपछि ओजवा आउदाको दिन एकछिन आऊला हेड सर भन्दै वहाहरु पनि जानु भयो। मैले कृष्णलाई सोधेँ, म कक्षा गएपछि के कुरा भयो  भनी। तपाइलाई बधाई दिन आएका हुन। त्यसैको वारेमा  कुरा भयो। त्यो कस्तो सम्मान हो भनी भलादमीहरुले चन्द्र सरलाई  सोध्नुभयो। चन्द्र सरले यसको वारेमा  स्पस्ट तरिकाले वताई दिनु भयो। त्यति हो अरु कुरा केही भएन। वरु ओजवा आउदाको वेलुका सँगसँगै खाना खाने कुरा गुरुङ् भाषा भए जस्तो लाग्यो। कति कुरा त मैले पनि वुझिन भन्नुभयो। भोलिपल्ट ओजवालाई स्वागतको तयारी गरीयो। ८ गते सदा झै ओजवासरको आगमन भयो। स्कूलले स्वागत सम्मान गरीयो। ३ वजे तिर म र ओजवा सर स्कूल अफिसमा  कुरा गर्दै थियौ। डा चन्द्रसर नर्सरी निरीक्षण गरी  स्कूलमा पस्न आऊनु भयो। चन्द्रजीले ओजवासँग   सरल अँग्रेजी भाषामा कुरा गर्नुभयो। कुरा गर्दै  वहाहरु स्कूल अफिसबाट बाहिरीनु भयो। वहाहरुको कुराको बारेमा कृष्ण सरलाई थाहा रहेछ। मलाई केही थाहा भएन। एकै चोटि कृष्णसरले ट्रेकिङ् स्टपमा  बेलुका खानाखाने हामी शिक्षकहरु सवै एकै ठाऊमा  भन्नुभयो। वेलुका म पुग्दा त ओजवा, एक्यापका सवै स्टापहरु स्कूलका सवै शिक्षकहरु स्कूल समिति  वन समिति  पन्चभद्र भलाद्मीहरु सवै जुटेका। एउटा कुर्ची वेग्लै राखेको अगाडि टि टेवूल। मालाहरु  झुन्ड्याईएका,चाँदीको छाप्रीमा राता अक्षता म त दङ्ग परेँ। पहिला मीनवहादुरजीले टिकालाई आशिर्वाद  दिनु भयो अनि ओजवाले माला लगाई दिनु भयो।

सधै तिमीले लगादिन्थ्यौ हेडसर अहिले तिमीलाई ओजवा सरले भन्दै हाँसो गराउन भयो मीग्मा सरले। अनी मीग्मा र चन्द्र सरले। त्यसपछि अध्यक्ष सहित सवै भद्र भलादमीहरु र शिक्षक साथीहरुले वधाई ग्यापन गर्नुभयो। त्यही सभामा ओजवाले तामा गावा युनीभर्शिटी टोकियो जापानको साठीऔं साम्कृतिक  कार्यक्रममा २९ oct १९८९ मा भाग लिनको लागि  एक महिनाको निम्ता दिनुभयो। लगानी भने  यमजी फन्डेसनको रहेछ। ओजवाले यमाजीबाट निम्ताको पत्र लिएर आएका रहेछन्। डिनरको कार्यक़म भने एक्याप र स्कूल समितिको संयुक्त आयोजनामा भएको रहेछ। त्यो मैले पछि थाहा पाएँ। राष्टिय शिक्षा समितीले पुरस्कृत गरेपछि हेडसरलाई सम्मान गर्ने  भन्ने सल्लाह भलादमीहरु र एक्याको वीचमा भएको रहेछ। ओजवा चैत्रमा आउछ त्यही समयमा गरौला भनी राखेका रहेछन्। ओजवा आउनु भन्दा पहिला  Yamaji  cultural foundation  मा  meeting  भएको रहेछ। त्यो  meeting  ले मलाई जपान  वोलाउने  निर्णय गरेछन्,एक महिनाको लागि र चिठी ओजवालाई दिएर पठाएका रहेछन्। त्यो चिठी त्यही Farewell Party मा मलाई ओजवाले दिदा सुन्मा  सुगन्ध भयो। त्यो  Ferewell Party अति  रमाइलो वित्यो। त्यो साँझ अति रमाईलो साँझ भयो।
 
क्रमशः 




मतहरू

GOPAL GURUNG UK

In fact Toya Nath Poudel was lucky having an opportunity to become headmaster of such wonderful touristic place like Ghandruk where he got chances to meet many foreigners. Certainly, he made professor Ozawa and his team happy by demonstrating his hard work, honesty and ability. Consequently, he received travel offer from Yamani foundation to visit Japan. I would like to thank him so much for winning support of Japanese for Ghandruk school and himself.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?