Sunday June 20, 2021

तिमी र म : कविता

१८ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 4794


तिमी र म : कविता

कृष्ण कान्त अधिकारी,
काठमाडौं ।


🙏🌹 तिमी र म  🙏🌹

तिमी र म साथी हौं
तर ;
मिल्ने साथी होइनौं
किनकि तिमी ,
आफ्नो अनुकुलता अनुसार बदलिन्छौ
म ,
परीस्थितिको सामना गर्छु
तिमी ,
प्रतिस्पर्धीको खुट्टा काट्न खोज्छौ
म ,
प्रतिस्पर्धालाई स्वागत गर्छु
हो ,
त्यसैले
साथी भए पनि
तिमि र म मा फराकिलो खाडल छ ।
तिमी ,
धन दौलतलाइ प्रधान भन्छौ
म साधन मात्र हो भन्छु
तिमी  ,
भ्रस्टाचारले रंगीएको महल मन पराउछौ
म ,
स्वाभिमानको झुपडीमा रमाउछु
हो ,
त्यसैले तिमी र म बिचमा फरक छ
तिमी ,
सत्ता र पदलाइ केन्द्रमा राख्छौ
म कर्तव्य र दायित्व लाई केन्द्रमा राख्छु
तिमी ,
आसे पासेहरु सङ्ग रमाउछौ
म यस्ताहरुलाई  धपाउछु ।
तिमी ,
रङ्गहरु फेरीरहन्छौ
चरीत्र परिवर्तन गरीरहन्छौ
आस्था बदलीरहन्छौ
म ,
आफ्नै प्राकृतिक रङ्गमा
देखिन चाहन्छु
एउटै आस्था र चरीत्रमा
बाँच्न र चिनिन खोजीरहन्छु
तिमी ,
जन्म भुमी सङ्ग पनि
सौदाबाजी गर्छौ
म ,
जननी जन्म भुमीस्च
स्वर्गदपी गरीयसी भन्छु
तिमी ,
पुर्वजहरुको
इतिहास बिर्सन्छौ
म ,
पुर्वजहरुको
अदम्य साहस र बिरतामा  रमाउने गर्छु
हो ,
तिमी र म साथी हौ
तर ,
मिल्ने साथी होइनौं ।
तिमी ,
समयलाई स्वार्थमा बाध्न खोज्छौ
म ,
समयलाई
स्वतन्त्रतामा छाडीदिन्छु
हो ,
तिमि र म साथी हौ
तर मिल्ने साथी होइनौं ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?