Sunday June 20, 2021

एम. ए. जलदका ४ मुक्तकहरु

१८ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1107


एम. ए. जलदका ४ मुक्तकहरु

साहित्यिक विधा _ मुक्तक साहित्य

एम. ए. जलदका ४ मुक्तकहरु

  मुक्तक -१

 जीवन दर्शन भित्र खोजें फूल रहेछ सोच्दैछु
 चुनौती सँघर्ष मित्र रोजे मूल रहेछ सोच्दैछु
आजकल खोज्दैछु जीवन केका लागी रहेछ
साहित्य समाज चित्र कोरे  भूल रहेछ
सोच्दैछु।

मुक्तक-२

 जिउँदो शहीदको कहानी  कस्ले बनाउँछ मित्र?
 साहित्य सङ्गीतको बिहानी कस्ले मनाउँछ मित्र
जो गोली पिटाईको आगोमा जलेर बाचेको थ्यो
मुक्तसंग्राममा चली जवानी कस्ले खनाउँछ मित्र?

मुक्तक-३

प्रेमको बन्धन कसिनेछ बिश्वासकाे दियो बालेर
देशको गौरव सजिनेछ  विश्वासको मियो हालेर
नेतानै  गद्दार र सर्दार  भएपछि के हुन्छ देशमा ?
चुनावी खेलमा सकिनेछ विश्वासको दियो फालेर।

मुक्तक-४

साहित्य भित्र अझैं  सुभक्त खरो हुनुपर्छ  भन्छ्न
जीवन फूल सम्झी  सशक्त  दरो हुनुपर्छ भन्छ्न
चाहना इच्छा परिवेश जीवन्त भएर लेख्नु पर्दछ
मुक्तक भित्र व्यंग्य बिभक्त जरो हुनु पर्छ भन्छन।

माेहन आचार्य  'जलद'
नवलपुर नेपाल
हाल लण्डन।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?