Sunday June 20, 2021

नेप्लिज नर्सिङ एसोसियसन यूकेको अध्यक्षमा सुनिता थापा निर्बिरोध

२२ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1098


नेप्लिज नर्सिङ एसोसियसन यूकेको अध्यक्षमा सुनिता थापा निर्बिरोध

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा कार्यरत नेपाली नर्सहरुको छाता संगठन नेप्लिज नर्सिङ एसोसियसन यूके सातौ कार्यसमितीमा अध्यक्षमा श्रीमती सुनिता थापा निर्वाचित भएकी छिन् । सस्थाको छैठो साधारण सभाले एशोसिएसनको सातौं कार्यसमितिको अध्यक्षमा थापालाई चयन गरेको हो। २००९ मा एसोसियसनमा आवद्ध भएकी थापा सदस्य, सचिब,उपाध्यक्ष हुँदै अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित भएकी हुन्। थापा डरेन्ट भ्याली अस्पतालमा सिनियर नर्सको रुपमा कार्यरत छिन्। डाटफर्ड नेप्लिज सोसाइटीको सांस्कृतिक संयोजक समेत रहेकी थापा बेलायतको नेपाली समुदायमा परिचित एक कोरियोग्राफर समेत हुन् ।

 


२००४ मा बेलायत आएसँगै नर्सिङ पेशामा आवद्ध भएकी थापालाई शनिवार सम्पन्न भएको एसोसियशनको भेलाले सर्वसम्मतीले अध्यक्षमा चयन गरेको हो। एशोसिएसनका अध्यक्ष विनोद विकास सिंखडा रहेको छैठौं कार्यसमितिको कार्यकाल नोभेम्बर २०२० मा सकिए पनि कोरोनाको कारणले ६ महिना थप गरिएको थियो ।

पूर्वअध्यक्ष प्रसुना कंडेल संयोजक रहेको निर्वाचन समितिमा संघका पूर्वअध्यक्षहरु अजिता सिम्खडा, बासु लामिछाने, सुशीला कार्की र कार्यसमिती सदस्य टुका क्षेत्री सम्मिलित एक समितिले नया समिती छनौट गरेको थियो।

अध्यक्ष निर्वाचित भएकी थापा लगायत कार्यसमितीका पदाधिकारीज्युहरूलाई एसोसियसनकी पुर्व अध्यक्ष,सल्लाहकार एवम निर्वाचन संयोजक प्रसुना कंडेलले सपथ गराउदै बधाई ज्ञापन गरेकी थिइन।

https://m.facebook.com/story.php?story_fbid=2818390645139631&id=828564990492347




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?