Sunday June 20, 2021

एनआरएनए युकेको सदस्य भयर समाज रुपान्तरण गर्ने इच्छा छ: उम्मेदवार उपेन्द्र पौडेल

२३ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1380


एनआरएनए युकेको सदस्य भयर समाज रुपान्तरण गर्ने इच्छा छ: उम्मेदवार उपेन्द्र पौडेल

शीतलपाटीन्युज डटकम।
लण्डन। बिदेसमा बस्ने नेपालीहरूको संस्थाको एनआरएनएको निर्वाचन तात्दैमा गर्दा बेलायतको मिडल्याण्ड ग्रान्थाम निवासी युवा सामाजिक अभियन्ता उपेन्द्र पौडेलले एनआरएन युकेको कार्यसमिति सदस्यमा उम्मेदवार हुने घोषणा गर्नु भयको छ। उहाले आफुलाइ सदस्यमा जिताई काम गर्ने मौका दिन बेलायतबासी सम्पूर्ण नेपालीहरुलाइ अनुरोध गर्नु भयकोछ।

नेपाल चितवन निवासी पौडेल २००९ साल देखि आफ्नो परिवार श्रीमती र दुइ छोरी सहित बेलायतलाइ कर्मथलो बनाइ विभिन्न संघ संस्था मार्फत सामाजिक सेवामा आफुलाइ सधै अग्रस्थानमा राख्दै आइ रहनु भयको छ। सानै देखि समाज सेवा प्रति लगाव राख्ने पौडेलले समाज सेवाको श्रेय आफ्नो बाबा आमा र घरको वातावरण लाइ दिन्छन।
बेलायत आएदेखि नै क्याट युके र विभिन्न संघ संस्था मार्फत आफुलाई समाज सेवामा समर्पित पौडेल अहिले क्याट युकेको सचिब, साझा मिडल्याण्डको सदस्यमा सक्रिय छन्।

एनआरएन नै विदेशमा बस्ने नेपालिहरुको साझा संस्था भयकोले यस संस्था मार्फत नै नेपाल सरकार संग सहकार्य गर्न सजिलो हुने हुनाले हामि सबै जना एनआरएनको सदस्य बन्नु पर्दछ भन्ने उपेन्द्र पौडेलको बलियो बुझाई छ। आफु एनआरएन युकेको सदस्यमा निर्बाचित भएपछी मुख्यत: बेलायतको नेपाली बीच एनआरएन किन आबस्यक छ भन्ने बारे बृहत छलफल चलाउने उपेन्द्र को धोको छ। त्यसै गरि युवाहरुलाइ एनआरएन मा आबद्ध गराउदै नेपालसंग जोड्न भूमिका खेल्ने उनको योजना छ। बिदेशमा रहेर पनि एनआरएनए मार्फत नेपालको बिकासमा सहयोग हुने धारणा राख्नु भयको छ।

उर्जाशील युबा समाजसेवी उपेन्द्र पौडेलले सबै बेलायतबासि नेपालिहरुलाइ समयमा नै सदस्य बनि राम्रो उम्मेदवार रोज्न पनि अपिल गरेका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?