Sunday June 20, 2021

स्याङजा समाज युकेका संरक्षक कुमार गुरूङ र कोल्मा बाहकोट समाज युकेका महासचिब मनोज गुरूङलाइ मातृशोक

२५ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1728


स्याङजा समाज युकेका संरक्षक कुमार गुरूङ र कोल्मा बाहकोट समाज युकेका महासचिब मनोज गुरूङलाइ मातृशोक

शीतलपाटीन्युज डटकम।
लण्डन। स्याङजा समाज युकेका संरक्षक
रि मेजर कुमार गुरूङ एमभिओ एवम कोल्मा नाम्चे निबासी कोल्मा बाहकोट समाज युकेका महासचिब  मनोज गुरूङको आमा भागी सोभा गुरूङको उपचारको क्रममा निधन भएको छ। उहाको जन्म २५ अगस्ट १९४४ मा भएको र आज ०८ जुन २०२१ को १३.१५ बजे दिउसो उहाको निधन उइन्चेस्टर हस्पिटल युकेमा  भएको नातेेेदार लाल बहादुर गुरुङले जानकारी दिनु भयको छ। 

उहाको ४ छोरा र २ छोरीहरू छन। जस मध्येमा जेठी छोरीको केही बर्ष पहिला उपाचरको  क्रममा  निधन भएको थियो भने बाबाको पनि तिन बर्ष पहिला अस्वस्थ भइ पोखरा मनिपाल शिक्षण अस्पतालमा  निधन भएको थियो। सामाजिक सेवामा उत्प्रेरणा प्रदान गरिरहनु हुने भागी सोभा गुरूङको निधनले युकेमा रहनु हुने सम्पुण आफन्तजन इस्टमित्रहरु मात्र हैन सिङो स्याङ्जा पनि स्तब्द भएको छ। दयालु स्वभाब, सहनशील, ममतामयि स्वभाबकि सबैप्रति भलो चिताउने खाल उहाको ब्यबहारले उहालाइ सम्रझिरहने बनाउने छ। उहाको मृत आत्मप्रति हार्दिक समबेदना ब्यक्त गर्दै शोकाकुल परिवार प्रति भगवानले धैय धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?