Sunday June 20, 2021

आईसीसी सदस्य दयानिधि सापकोटाको प्रमुख आथित्वमा बेलायत मिडल्याण्डको कोभेन्ट्रीमा अन्तर्क्रिया कार्यक्रम  सम्पन्न

२६ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1288


आईसीसी सदस्य दयानिधि सापकोटाको प्रमुख आथित्वमा बेलायत मिडल्याण्डको कोभेन्ट्रीमा अन्तर्क्रिया कार्यक्रम  सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डनै। गैरआवसीय नेपाली संघ अन्तरास्ट्रीय परिषदका सदस्य दयानिधि सापकोटाले एनआरएनएको बारेमा मिडल्याण्ड युकेको कोभेन्ट्री टाउनमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न  गर्नु भएको छ। यही जुन ७ तारिख कोभेन्ट्री बस्ने करीव ३० जना समाजिक अभियन्ताहरूको उक्त अन्तरकिर्या कार्यक्रममा सहभागिता रहेको थियो।

 


आइसीसी सदस्य  एवं समाजिक अभियन्ता दयानिधि सापकोटाले सहभागीहरूले एनआरएनएको अन्तराष्ट्रीय र बेलायतको आइसीसीबारे राखेका बिभिन्न जिज्ञासाबारे प्रस्ट पार्नु भएको थियो।

 


पोर्चुगलको एनसीसीको उपाध्यक्ष र महासचिव लगायत बिभिन्न सामाजिक संघसंस्थामा वसेर काम गरेका समाजिक अभियन्ताहरूले बेलायतको एनसीसीको देखिएको विवाद,विकृति र आर्थिक अनिमियताबारे असन्तुस्टी राखेका थिए। बेलायत ठुलो नेपाली समाज,यहाको समाजिक संरचना एवं अस्वभाविक गुट उपगुटले यस्तो देखिए पनि एनआरएन अभियानमा सफल बनाउन बेलायतका एनआरएन अभियन्ताहरू ठुलो भुमिका रहेको बताउनु भयो। तपाईहरू हिजो पोर्चुगल एनआरएन सफल संचालन गरी आउनु भएको छ,अब तपाईहरूको एनआरएन युकेमा सक्रियताले पनि यस्ता विकृतिहरूलाई हटाउन मद्दत पुग्ने विश्वास गर्दै सबैले एनआरएनको सदस्य लिई सहयोग गर्न अपिल गर्नु भयो।

 


साझा नेपाली समाजका अध्य़क्ष कृष्ण शर्माको सभापतित्वमा सपन्न सो अन्तक्रिया कार्यक्रममा सामाजिक अभियन्ता केशब भण्डारीले एनआरएन युकोको वर्तमान अवस्था,साझा नेपाली समाजले मिडल्याण्डमा खेल्न सक्ने भूमिकाबारेमा आफ्नो धारणा राख्नु भएको थियो। साझा उपाध्यक्ष प्रेम आले मगर निवर्तमान उपाध्यक्ष विष्णु चालिसे, संस्थापक उपाध्यक्ष डिल्ली राज गौतम र सदस्य भीम खनालले पनि आफ्नो धारणाहरू प्रस्तुत गर्नु भएको थियो।

सामाजीक युवा व्यव्तित्व रमेश कणेलले संचालन गरेको सो अन्तक्रिया कार्यक्रममा कोभेन्ट्रीमा बसोबास गर्ने समाजिक व्यक्तित्वहरू गोबिन्द सापकोटा, सन्तोष पौडेल, प्रेम सापकोट, बाबुराम भुसाल,सन्तोष रेग्मी, नविन गौतम, डिल्ली प्रसाद लामिछाने , मणी राज सापकोटा, कृष्ण कणेल, हेम सापकोटा,बालकृष्ण सापकोटा लगायतले विभिन्न जिज्ञासा सहित आफ्नो बिचार राख्नु भएको थियो ।
वेस्टमिडल्याण्डको कोभेन्ट्री एरियामा अहिले करीव पाचसय नेपालीहरूको बसोबास रहेको छ। पोर्चुगलबाट बेलायतमा माईग्रेन्ट भएर बस्ने नेपाली घरपरिवारको संख्या उल्लेख रहेको छ। साझा नेपाली समाज युकेमा कोभेन्ट्रीबाट पहिलो पटक प्रेम सापकोट र सन्तोष पौडेल कार्यसमितिको सदस्यमा प्रतिनिधित्व गर्नु भएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?