Sunday June 20, 2021

आफु जहाँ छौ, जे गर्न सकिन्छ, जन्मथलोको लागि गर्ने बेला यहि हो : शिवजी श्रेष्ठ

२७ जेष्ठ, २०७८ शीतलपाटीन्युज डटकम। 1046


आफु जहाँ छौ, जे गर्न सकिन्छ, जन्मथलोको लागि गर्ने बेला यहि हो : शिवजी श्रेष्ठ

शीतलपाटीन्युज डटकम।
लण्डन। हाम्रो देशमा कोभिड-१९ बिरुद्ध लड्ने कुरामा राम्रो response आइरहेको छ, मैले करिब १ महिना अगाडी बेलायतको पुर्ब मंत्री तथा बहालवाला एम पी Maria Miller संग भेटि हाम्रो देशको अबस्थाको बारेमा खुलाएर आफ्नो कुरा राख्नु साथै लिखित रुपमा पत्र पनि बुझाएको थिए,बेलायतमा नेपाली अभियन्ता शीवजी श्रेष्ठले बताउनु भयको छ।

श्रेष्ठले यस बारेमा मैले सकेको मद्धत गराउने प्रयास गर्छु भनेर बिश्वास दिलाएकी थिइन भन्नु भयको छ। यसै बिचमा पनि बेलायतको साउथ एसिया मामिला हेर्ने मंत्री संग कुरा भैसकेको र लिखित रुपमा मेरो कुरा अगाडी बढाइसकेको जानकारी गराएकी थिइन। अहिले भर्खरै मलाई इमेल मार्फत मन्त्री LORD (TARIQ) AHMAD OF WIMBLEDON Minister of State for South Asia and the Commonwealth को पत्र सहित नेपाललाई बेलायतले गरेको र गर्न लागेको सहयोगको बारेमा यस्तो जानकारी पत्र प्राप्त भो।
आफु जहाँ छौ, जे गर्न सकिन्छ जन्मथलोको लागि गर्ने बेला यहि हो जस्तो लाग्छ, बिदेशमा रहने नेपालीहरूको प्रयास सधै नेपाल प्रति रहनु पर्दछ, शिवजी श्रेष्ठको बिशेष भनाइ छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?