Monday May 29, 2023

ग्रेटर रेडिंग नेपाली समाजको नाम,स्वयंसेवा क्षेत्रमा अनुकरणिय  काम

२ असार, २०७८ शीतलपाटीन्युज डटकम। 5057


ग्रेटर रेडिंग नेपाली समाजको नाम,स्वयंसेवा क्षेत्रमा अनुकरणिय  काम

शीतलपाटीन्युज डटकम ।
लण्डन। बेलायतको रेडिंग स्थीत नेपालीहरुको साझा संगठन रेडिंग नेपाली समाज अर्थात GRNCA (GREATER READING NEPALESE COMMUNITY ASSOCIATION) सन् २००८ मा च्यारिटी कमिसनमा दर्ता भएको एक लोकप्रिय गैर सरकारी संस्था हो। च्यारिटी संगठनहरुमा GRNCA (रेडिंग नेपाली समाज) एऊटा एस्तो नाम हो जो आफ्नो मातृभुमी नेपालको लागी मात्र हैन बेलायत स्थित नेपालीहरुको बिचमा पनी एक परिचित नाम भएको छ। बिगतमा आफ्नो मातृभुमीमा भुकम्प पिडितहरुको लागी यथासक्दो सहयोग गर्ने देखी भत्केको स्कुल पुनर्निमार्ण सम्मका काममा ऊलेख्य सहयोग गरेको छ। धादिंग स्थित अचाने माबीमा यो संस्थाले दुई चरणमा गरेर झण्डै २८ लाख रुपैंयाको सहयोग गरेको थियो। तेस्तै बिगतमा रबी लामिछानेले बनाऊन लागेको अस्पतालमा सहयोग गर्ने देखी लक्ष्मी प्रतिष्ठानसम्मलाई GRNCA ले सहयोग गरेको छ। हालै मात्र कोरोना कहरको दोस्रो लहरको क्रममा नेपालमा भएको अक्सिजन अभाबबाट कोरोनाका बिरामीहरुले अकालमा ज्यान गुमाएको तथ्यलाई मध्यनजर राखी बिभिन्न अस्पतालहरुलाई निशुल्क अक्सिजन सिलिण्डर देखी भेन्टीलेटर सम्म बितरण गर्दै आएको महाबीर पुनको राष्ट्रिय आबिस्कार केन्द्रलाई आर्थीक सहयोग गरेको छ। समाजका अध्यक्ष टेक बहादुर गुरुंगका अनुसार रेडिंग नेपाली समाजले आफ्नो संगठनको पहलमा आब्हान गरेको चन्दा सहयोगबाट ऊक्त रकम संकलन गरी राष्ट्रिय आबिस्कार केन्द्रको बैंक खातामा सिधै जम्मा गरेको थियो भने मध्यबिन्दु जिल्ला अस्पताल, नवलपरासी,सुस्ता पुर्ब लाई ५ वटा अक्सिजन कन्सनट्रेटर पनी प्रदान गर्न सफल भएको छ।

 

रेडिंग नेपाली समाजले आफ्नो मातृभुमीको लागी सहयोगको लागी चन्दा आब्हान गरे लगत्तै गत महिना नै आफ्नो खातामा रहेको मौज्दात रकमबाट पहिलो चरणमा रु तीन लाख राष्ट्रिय आबिस्कार केन्द्रलाई हस्तान्तरण गरेको थियो भने अक्सीजन कन्सनट्रेटर खरिदको लागी पनी £३५०० निकासा गरेको थियो । पांचवटा अक्सिजन कन्सनट्रेटरहरु भने यहि १४ जुन २०२१ मा अस्पतालमा पुगिसकेको अबस्था छ। यसै गरी रेडिॅग नेपाली समाजले बेला बेलामा NRNA UK संग सहकार्य गर्दै नेपालमा सहयोग रकम ऊपलब्ध गराएको छ। बिगतमा पनी संस्थाले भुकम्प पिडितलाई NRNA UK र नेपाली राजदुताबास मार्फत  पनी सहयोग गरेको  थियो। यस पाली पनी GRNCA ले NRNA UK मार्फत £७०० बराबरको सहयोग गरी एऊटा अक्सिजन कन्सनट्रेटरको योगदान गरेको छ। बेलायत बासी बिभिन्न मनकारी महानुभाबहरुको चन्दा रकमबाट प्राप्त थप रकम पनी समाजले दोस्रो चरणमा महाबीर पुनको राष्ट्रिय आबिस्कार केन्द्रलाई नै प्रदान गरिने कुरा समाजले जनाएको छ। हाल नेपालमा सरकारी सहयोग बिना नै राष्ट्रिय आबिस्कार केन्द्रले स्वास्थ्य क्षेत्रमा गरेको महत्वपु्र्ण योगदान नेपालीहरुको लागी  सांच्चीकै बरदान सरह रहेको र यस संस्थालाई  सहयोग गर्नु भनेको संपुर्ण नेपालीहरुलाई सहयोग गर्नु हो। यो हाम्रो लागी एक खुसीको अबसर पनी भएको कुरामा हामी सबैको सहमती रहेको छ। रेडिंग नेपाली समाज सम्पुर्ण चन्दादाता महानुभाबहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छ।

 

मुलुकमा मात्र हैन परदेशमा रहेर पनी स्थानिय स्तरमा रेडिंग नेपाली समाजले ऊल्येख्य कामहरु गरिरहेको छ। बिगतमा कोरोनाको कारण अप्ठ्यारोमा परेका बेलायतमा रहेका बिध्यार्थीहरुलाई आर्थीक सहयोग गर्ने देखी Royal Berkshire Hospital रेडिंगमा बिरामीको ऊपचारमा  दिनरात खटिएका नर्स तथा स्वास्थ्यकर्मीलाई नेपाली खानाका साथ अभिनन्दन वा कृतज्ञता ज्ञापन गर्ने कुरामा यो संस्थाले पहल कदमी लिएको पाईन्छ। यसै गरी हालै मात्र कोरोना खोप लगाऊने क्रममा रेडिंग स्थीत बिभिन्न खोप केन्द्रहरुमा यो संस्थाले आफ्ना स्वयंसेबकहरु खटाएर महत्वपुर्ण भुमिका खेलेको छ। संस्थाका कार्य बाहक महासचिब मनी सुबेदीको संयोजनमा रेडिंग भोलेन्टीएर एक्सन संगको सहकार्यमा रेडिंग नेपाली समाजले रेडिंग स्थीत वालिंटन हाऊस खोप केन्द्रमा आफ्ना स्वयं सेबक मार्फत लगातार १८ हप्तासम्म बयोबृद्द नेपाली नागरिकहरुलाई मात्र हैन खोप लगाऊन आऊने अन्य सबैलाई ऊल्लेख्य सहयोग गरेबापत यो संस्थाले हालै मात्र people’s Medals नामक award प्राप्त गर्न सफल भएको छ। रेडिंग नेपाली समाजको छबी रेडिंग बरो काऊन्सील  (RBC) देखी रेडिंग भोलिन्टिएर एक्सन (RVA) सम्म निकै राम्रो रहेको छ। स्वयंसेबक सेबा प्रदान गर्ने क्रममा यी दुबै संस्थाले नेपाली समाजलाई एक भरपर्दो र बिश्वसनिय संस्थाको रुपमा लिएको हुंदा भबिस्यमा पनी रेडिंग नेपाली समाजले सहयोगका हातहरु यसैगरी फैलाईरहने कुरामा समाजका स्वयॅसेबक सदस्यहरु स्वतर्फुर्त रुपमा तैयारी अबस्थामा रहनुभएको छ । समाजको काम लाई प्रसंसा गर्दै Reading  Borough Council (RBC) ले गर्न लागेको Serge testing को लागि पनी नेपाली समाज संग सहयोग मागिरहेको परिप्रेक्षमा रेडिंग नेपाली समाजको लोकप्रियता सांच्चीकै फराकिलो भएको कुरामा समाजले आफुलाई गौरभान्वीत महसुस गरेको छ।

 



यसैबिच रेडिंग नेपाली समाजले आगामी जुलाई ११ गते  भानु जयन्ती कबिता बाचन कार्यक्रम मनाऊने भएको छ। Zoom meeting मार्फत virtually आयोजना गर्न लागिएको सो कार्यक्रम बिगत बर्षहरुमा झै साहित्य संगम युकेसंगको सहकार्यमा  दिऊसो १२ बजेदेखी २ बजेसम्म हुने जानकारी संस्थाका महासचिब तथा कार्यक्रम संयोजक ओमकार अधिकारीले दिनुभयो।




सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?