Wednesday October 20, 2021

सामाजीक अभियन्ता आनन्द धरेल बेक्स्ली नेपाली समाजको अध्यक्षमा  चयन

१३ असार, २०७८ शीतलपाटीन्युज डटकम। 1412


सामाजीक अभियन्ता आनन्द धरेल बेक्स्ली नेपाली समाजको अध्यक्षमा  चयन

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा सक्रिय सामाजीक संस्थाहरू मध्ये बेक्स्ली नेपाली समाजको अध्यक्षमा आनन्द धरेल चयन हुनु भएको समाचार प्राप्त भयको छ। समाजको शनिवार भएको अधिवेशनले धरेलको नेतृत्वमा तेस्रो कार्यकालको नयाँ कार्यसमिति चयन भयको हो।

 


समाजको बरिष्ठ उपाध्यक्षमा हरिशचन्द्र ज्ञवाली,उपाध्यक्षहरुमा बिन्दु गुरुङ,कमल गुरुङ, बिजिता गौतम, महासचिवमा केदार थपलिया, सचिवमा होमनाथ ज्ञवाली,कोषाध्यक्षमा दिपेन्द्र सिटौला, सहकोषाध्यक्षमा बाल मुकुन्द प्रसाई चयन भएका छन्। त्यस्तै सदस्यहरुमा बिमला सापकोटा सेढाई,टेक बहादुर थापा,अहिल्या कुँवर,एलिना श्रेष्ठ, नारायण पन्त,श्रीमति सिलु आचार्य र मधुर मिश्र निर्वाचित हुनुभएको छ।

निवर्तमान अध्यक्ष्य बिजय गुरुङ,निर्वाचन समिति पूर्व संयोजक चयन्द्र जङ्ग गुरुङ,सल्लाहाकार जनक पोखरेल र चन्द्रवीर गुरुङ,संस्थापक डाइरेक्टर माया गुरुङ्ग,बिधान संयोजक सुमल कुमार गुरुङ्ग, पूर्व कार्य समितीका सदस्यहरू,आजीवन सदस्यहरुको उपस्थितीमा सम्पन्न भएको अधिवेशनले तेश्रो कार्यसमीतीको नेतृत्व चयन गरेको हो।

संस्थापक अध्यक्ष केश बहादुर गुरुङको संयोजकत्वमा हेमन्त सेढाई र ज्योती उपाध्याय सदस्य रहेको निर्वाचन मण्डलले तेश्रो कार्यसमीती चयन गरिएको थियो ।

अध्यक्षमा निर्वाचित धरेलले नेपाली समुदायको एकतामा जोड दिदै कला, संस्कृति संरक्षण,संम्बर्धन गर्दै समाजका सदस्यहरूसंग सुखदुःखको सहयोगी बन्ने अठोट गर्नु भयको छ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?