Thursday July 29, 2021

पोखरेली मंच युकेको नेपाल कप टि ट्वान्टी २०२१ र हाइक फर नेपाल २०२१ इभेन्ट स्थगित

१४ असार, २०७८ शीतलपाटीन्युज डटकम। 1386


पोखरेली मंच युकेको नेपाल कप टि ट्वान्टी २०२१ र हाइक फर नेपाल २०२१ इभेन्ट स्थगित

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा हाल कोरोना संक्रमणमा कमी आउँदै गरेको अवस्थामा ‘इन्डियन कोभिड भेरियन्ट’ले थप त्रास बढाएको हुनाले १७ र १८ जुलाईमा हुने भनिएको नेपाल कप टि ट्वान्टी क्रिकेट २०२१ (Nepal Cup T20 Cricket) यस वर्ष स्थगित भएको समाचार प्राप्त भएको छ। यस निर्णयबाट खेलाडी र खेल प्रेमीहरुमा पर्न गएको असुविधा प्रति आयोजक संस्था पोखरेली मंच युके क्षमाप्रार्थी  छौ भन्दै नेपाल कप टि ट्वान्टीका संयोजक करम गुरुङ्ग तथा पोखरेली मंच युकेका अध्यक्ष मान प्रसाद गुरुङ्गले बिज्ञप्ती प्रकाशित गरि शीतलपाटीन्युज डटकमलाई जानकारी दिनु भयको छ।

 


अहिलेसम्म प्राप्त यहाँहरुको साथ र सहयोगको लागि हार्दिक धन्यवाद अभार व्यक्त गर्दै वर्तमान संकटले निम्ताएको मानवीय क्षति प्रति अतिनै सम्वेदनशिल  रहदै यो मानव विनासकारी संकट  छिटोभन्दा छिटो मुक्त होस भन्ने कामना गर्दै अगामी वर्षहरुमा यहाँहरु माझ उपस्थित हुने प्रतिज्ञा  गर्दछौं।

 


हाईक फर नेपाल २०२१ स्थगित-

बेलायतमा हाल कोरोना संक्रमणमा कमी आउँदै गरेको अवस्थामा ‘इन्डियन कोभिड भेरियन्ट’ ले थप त्रास बढाएको हुनाले अगस्ट १ तारीख  ‘हाइक फर नेपाल’ (Hike4Nepal, July 31st-August 2nd) स्वास्थ्यका कारण यस वर्ष स्थगित भएको सबैलाई जानकारी गराउदछौ। यस निर्णयबाट हाईक फर नेपाल तथा प्रकृति प्रेमीहरुमा पर्न गएको असुविधा प्रति आयोजक संयोजक रि मे खुशीमान गुरुङ्ग एमभिओ,हाईक फर नेपाल तथा अध्यक्ष मान प्रसाद गुरुङ्ग पोखरेली मंच युके क्षमाप्रार्थी  छौ भन्नु भयको छ।

 

अहिलेसम्म प्राप्त यहाँहरुको साथ र सहयोगको लागि हार्दिक धन्यवाद तथा अभार व्यक्त गर्दछौं भन्नु भयको छ। विश्वब्यापी महामारीले निम्ताएको मानवीय क्षति प्रति अतिनै सम्वेदनशिल छौ र हुँदै यो मानव विनासकारी संकट छिटो भन्दा छिटो मुक्त होस भन्ने कामना गर्दै मुक्त हुनासाथ अगामी वर्षमा यहाँहरु माझ उपस्थित हुने प्रतिज्ञा  गर्दछौं भन्नु भयको छ।

Stay Home Save Lives ♥️♥️🙏




मतहरू

Rodrigo

side effects of hydroxychloroquine 200 mg what is hydroxychloroquine prescribed for


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?